निर्णय नं. ८५६३ - धर्मलाप

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५६३ - धर्मलाप भाग: ५३ साल: २०६८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/१२/१० ३२२४ निर्णय नं. ८५६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की २०६४ सालको दे.पु.नं. ३५६ फैसला मितिः २०६६।१२।१०।३ मुद्दा :– धर्मलोप । पुनरावेदक वादीः काठमाडौ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २७ बस्ने ज्ञानेन्द्ररत्न तुलाधर विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २७ असन न्हैकन्तला बिहारटोल बस्ने रेशमान तुलाधर समेत शुरु फैसला गर्नेः मा.न्या. श्री विनोदमोहन आचार्य पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री दुर्गाप्रसाद उप्रेती मा.न्या. श्री जगदीश शर्मा पौडेल § गुठीका गुठियारहरूको प्रमुख उद्देश्य अघिदेखि चली आएको पूजाआजा चलाई सामूहिक रुपले थिति बन्देजअनुसार भोग चलन गर्न पाउनेसम्म हुन्छ । गुठीको सम्पत्ति नासी, मासी वा खण्डीकरण गरी गुठीको सनातनदेखिको अस्तित्वलाई लोप गर्नु गुठीको उद्देश्य एवं मान्यताविपरीत हुने । § गुठीको एउटै जग्गा एकाको नाउँमा हक कायम हुँदा गुठी कायम हुने र अर्काको नाउँमा हक कायम हुँदा गुठी नहुने भनी अर्थ गर्न समेत मिल्दैन । अतः उक्त जग्गाको साविकको हकको स्रोत एवं २०५४ सालमा भएको मिलापत्र समेतबाट वादी प्रतिवादीहरू दुवै पक्षको हक कायम भएको जग्गाको साविकको स्रोत र स्रेस्ता नै परिवर्तन हुने आधार नदेखिँदा सो जग्गा गुठी नै कायम हुने गरी जग्गाको आयस्ताबाट सनातनदेखि चली आएको पर्व पूजालाई निरन्तरता दिनुपर्ने । (प्रकरण नं.५) § गुठीको मूल उद्देश्यलाई प्रतिकूल असर नपर्ने गरी गुठियारले गुठीको सम्पत्तिउपर आफ्नो दायित्व बोध गर्नसम्म मिल्ने देखिए तापनि गुठीलाई नै मास्ने वा गुठीको मान्यता र प्रयोजनविपरीत हुने कुनै कामकारवाही गर्न गुठियार स्वतन्त्र हुन्छन् भन्न गुठीको जग्गाको प्रकृतिबाट समेत नमिल्ने । (प्रकरण नं.६) § गुठियारहरू मध्ये कसैको भाग बाँकी राखी बाँकीले तजवीज गर्दै जाने गर्दा कालान्तरमा गुठीको एकत्व जोगाउन नसक्ने गरी खण्डित र विलय हुने अवस्था सिर्जना हुन जान्छ । गुठीको सम्पत्तिको संरक्षण र गुठियारहरूको हितको संयुक्तता नै गुठीको मुख्य मर्म हुन्छ । गुठीको सम्पत्ति क्षयीकरण गुठीको उद्देश्यभित्र पर्न सक्दैन । आफूखुशी गुठीको जग्गा विक्री गर्ने कार्यले गुठीको आधारभूत प्रयोजन समाप्त हुन जाने । § कुनै एक पक्षले मात्र अर्को पक्षको सहमतिबेगर गुठी जग्गामध्ये केही भागको हकमा गुठी जग्गा रैकरमा परिणत गरी अक्षयकोष खडा गर्ने र केही भागको हकमा गुठी जग्गा नै यथावत् राखी गुठी जग्गा खण्डिकरण गरी रुपान्तरण गर्न मिल्ने देखिएन । यस्तो विषयमा प्रचलित कानूनबमोजिम गुठीको उद्देश्यविपरीत नहुने गरी गुठियारहरूबाट उपयुक्त निर्णय गर्न सकिने भएतापनि गुठियारहरू नै विभाजित भई गुठीको सम्पत्ति नै खण्डित गरी विभिन्न रुप दिन नमिल्ने । (प्रकरण नं.८) § गुठी सञ्चालन गर्ने उद्देश्य र प्रयोजनको निमित्त आफ्ना पूर्खाहरूद्वारा राखिएको जग्गा मिलापत्रबाट नै हक छुट्टी सकेको अवस्थामा सोही जग्गाउपर नामसारी दा.खा. समेतको दावी लिई पुनः विवाद सिर्जना गर्नु गुठीको उद्देश्यविपरीत हुन जाने । (प्रकरण नं.११) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री विश्वप्रकाश भण्डारी र श्री मुक्ति प्रधान प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री बद्रीप्रसाद शर्मा र श्री सुशीलकुमार पन्त अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या