निर्णय नं. ४४५१ - लुटपिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४५१ - लुटपिट भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक: १ फैसला मिति :२०४८/१२/१८ २४६९ निर्णय नं. ४४५१ ने.का.प. २०४९ (क) अङ्क १ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको फौ.पु.इ.नं. २५ फैसला भएको मिति : २०४८।१२।१८।३ मा निवेदक/वादी: झापा जिल्ला बुधवारे गा.वि.स. वा.नं.९ बस्ने लक्ष्मीप्रसाद कोइरालाको मु.स. गर्ने प्रजापति कोइराला विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने भागिरथा न्यौपाने मुद्दा : लुटपिट (१) तत्कालीन कब्जा वादीको रहेको धितो राखिएको सामानको सम्बन्धमा अ.बं. ८२ नं. अनुसार यी वादीलाई नालेश उजूर गर्ने हकदैया छैन भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) प्रतिवादीले वादीले गोदाम गरी राखेको कोठाबाट चामल वादीको मन्जूरी बिना झिकी लगेमा स्वीकार गरेको, वादीका साक्षीहरुले लुटी लगेको भनी प्रष्ट रुपमा किटानी बकपत्र गरी दिएको र गोदाम रक्षकले पनि गोदाम सार्न लाग्दा जबरजस्ती चामल लुटी लगेको भनी किटान बयान गरी दिएको समेत आधार प्रमाणबाट प्रतिवादीले लुटपीट गरेको देखिँदा वादी दावी बमोजिम प्रतिवादी समेतले लुटपीट गरेको ठहर्याएको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १५) निवेदक/वादी तर्फबाट: विद्वारा वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या.कृष्णजंग रायमाझी १. सर्वोच्च अदालत पूर्णइजलासबाट भएको मिति २०४२।६।२५ को निर्णय दोहर्याई हेरिदिनु भन्ने हु.प्र. बक्स पाउँ भनी वादीले दिएको विन्तिपत्रमा उक्त लुटपिट मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहोर्याई हेरी कानुन बमोजम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्से बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षी भागीरथाको गोदाम मैले भाडामा लिई नेपाल बैंकसंग कारोवार गरेको नं. २३ को गोदामबाट २५ नं. गोदाममा चामल सार्दा विपक्षी भागिरथाले अरु मानिस समेतलाई गोदामको चामल बोरा १९२ र ११ बोरा कोदो समेत लुटपिट गरी लगे, मेरो भागमा पर्ने चामल बोरा ९५ को बिगो रु. १७,००५।– दिलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोरा भएको फिराद रहेछ । ३. रामकुमार शर्मासंग अघि देखि कारोवार गरी आएकोमा सो कर्जा वापतको चामल बोरा ८८ निकाली दिएकाले लिएको मात्र हुँ लुटपिट गरेको छैन भन्ने प्र.भागिरथा न्यौपाने र ०३०।१।४ गतेका दिन छोरा हरिप्रसादलाई घ्यू पुर्याउन गएको छु लुटपिट गरेको होइन भन्ने देवीप्रसाद समेतको एउटै प्रतिउत्तरपत्र । ४. प्रतिवादी जिकिर बमोजिम सबूद गुज्रन नसकेकोले र लुटपिटको चामल मध्ये ८८ बोरा चामल लगेकोमा प्र.भागिरथा सावितै देखिँदा वादी दावी बमोजिम प्र.भागिरथा समेतले लुटपिट गरेको ठहर्छ भन्ने समेत व्यहोरा भएको ०३३।१।२९।३ को इलाम जिल्ला अदालतको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन शुरु इन्साफ उल्टाई मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी झुठ्ठा लुटपिटका दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोरा भएको प्र.भागिरथाको पुनरावेदन । ६. वादीको साक्षीहरुको बकाई एक अर्कासंग परस्पर बाझिएकोले शुरु इन्साफ मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम र क्षेत्रीय अदालत नियमावली अनुसार झगडिया झिकाई पेश गर्नु भन्ने पू.क्षे.अ. को डिभिजनबेञ्चको ०३५।९।६।३ गतेको आदेश रहेछ । ७. इलाम जिल्ला अ