निर्णय नं. ४४५३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४५३ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक: १ फैसला मिति :२०४८/१०/२८ २२८२ निर्णय नं. ४४५३ ने.का.प. २०४९ (क) अङ्क १ पूर्ण इजलास सम्मानीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४७ सालको रि.पु.इ.नं. ४७ आदेश भएको मिति : २०४८।१०।२८।३ मा रिटनिवेदक: न्यू ट्रेड सेन्टर काठमाडौंको प्रोप्राइटर का.न.पं. वा.नं. ३१ बागबजार बस्ने पुनमचन्द अग्रवाल विरुद्ध विपक्षी : वीरगञ्ज भन्सार कार्यालय, वीरगञ्जसमेत विषय : उत्प्रेषण (१) निवेदकद्वारा आयातित गाडीको भन्सार प्रयोजनको लागि श्री ५ को सरकारद्वारा मूल्य निर्धारण नभएको स्थितिमा भन्सार विभागको महानिर्देशकले राजपत्रमा प्रकाशित सूचनाद्वारा प्राप्त अधिकारको प्रयोग गरी बील मूल्यमा १० प्रतिशत थप गरी भन्सार मूल्य कायम गरेको कार्यलाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. १०) (२) रिकण्डिशन गाडीहरुलाई उपयोग भइसकेको गाडी सम्झन मिल्ने वा नमिल्ने भन्ने कुराको हकमा पुरानो गाडीलाई रिकण्डिशन गर्दा अधिकांश भाग नयाँ जडान गरेर पनि रिकण्डिशन हुन सक्ने हुनाले यस्तो तथ्यलाई निरुपण गर्नु पर्ने कुरा रिट अधिकार क्षेत्रबाट गर्न नमिल्ने । (प्रकरण नं. ११) रिट निवेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शुशीलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश प्र.न्या.विश्वनाथ उपाध्याय १. यस सर्वोच्च अदालतको संयुक्तइजलासका समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी यो पूर्णइजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. यस फर्मले जापानबाट पुरानो व्यवहार गरी सकेको गाडी थान –१ आयात गरी वीरगञ्ज भन्सारमा तथा प्र.द.नं. ९२०४ को प्रज्ञापनपत्र भरी पेश गरेकोमा सो भन्सार कार्यालयले कानुन विपरीत भन्सार विभागको आदेशानुसार मूल्यमा थप गरी बढी भन्सार निर्धारण गर्‍यो । बिक्री कर ऐन, २०२३ को दफा २७(१)(ङ) बमोजिम बिक्री कर लाग्नु नपर्नेमा रु. २१,१६०।६० लगाई असूल गरियो । सो उपर राजश्व न्यायाधीकरण काठमाडौंमा पुनरावेदन गर्दा त्रुटितर्फ ध्यान नदिई वीरगंज भन्सार कार्यालयको निर्णयलाई सदर गरेको र सो उपर म.क्षे.अ. मा पुनरावेदनको अनुमति पाएकोमा म.क्षे.अ. बाट पनि रा.न्या. काठमाडौंको निर्णयलाई सदर गरी फैसला भयो । बिक्री कर ऐनको दफा २७(१)(ङ) मा उपयोग भइसकेको माल सामानमा बिक्रीकर लाग्ने छैन भनी उल्लेख भएको छ । इनभ्वाइस मूल्यमा बिना आधार बढी मूल्य कायम गरी बढी भन्सार समेत लिइएको छ । सो बमोजिम मेरो हक हनन गर्ने गरी भएको भन्सार कार्यालय वीरगंजको मिति ०४०।३।१ को प्रज्ञापनपत्र निर्धारण आदेश र सो आदेशलाई मनासिब ठहर्‍याएको रा.न्या. को मिति ०४४।२।२८ को र म.क्षे.अ. को मिति ०४५।१०।२७ को फैसला त्रुटिपूर्ण हुँदा उपरोक्त निर्णयहरु बदर गरी बील मूल्यमा भन्सार महसूल लिई बिक्रीकर लिएको रुपैयाँ समेत निवेदकलाई फिर्ता दिनु भनी उत्प्रेषणको रिट वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जी जुन उपयुक्त छ वीरगंज भन्सार कार्यालयको नाममा जारी गरी हक संरक्षण गरी पाउँ भन्ने समेत व्यहोराको निवेदनपत्र । ३. यसमा विपक्षीहरुबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४६।५।२०।३ को आदेश । ४. आयात गरिएको गाडी निर्यात गर्ने सम्बन्धित जापान अटो एप्राइजल इन्ष्टिच्यूटबाट लेखी आएको पत्रमा एक्सपोर्टेवल स्टाण्डर्