निर्णय नं. ४४५५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४५५ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक: १ फैसला मिति :२०४९/०१/३१ ३०७४ निर्णय नं. ४४५५ ने.का.प. २०४९ (क) अङ्क १ विशेष इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल २०४८ सालको रिट नं. १९८९ आदेश भएको मिति २०४९।१।३१।४ मा निवेदक : का.जि. वालकुमारी गा.वि.स. पांगा वा.नं. ३ बस्ने प्रशान्त महर्जन विरुद्ध विपक्षी : निर्वाचन आयोग का.जि. बहादुर भवनसमेत विषय : उत्प्रेषण (१) प्रतिनिधिसभाको निर्वाचनमा ३% मत हासिल गर्न नसकेको दलको निर्वाचित प्रतिनिधि प्रतिनिधिसभामा स्वतन्त्र रुपमा रहेको मानिने कुरा कानुनी मान्यता सम्म हो यथार्थता होइन, जुन अवस्था र स्थितिमा स्वतन्त्र सदस्यको रुपमा रहेको मानिने कुरा संविधानले किटान गरेको छ सोही अवस्थामासम्म सीमित रहनु पर्ने हुन्छ निर्वाचन पूर्व उम्मेदवारी दाखिल गर्दा पनि स्वतन्त्र रहने भन्ने कुरा संविधानमा वा ऐन नियममा प्रष्ट रुपमा किटान नगरेसम्म त्यस्तो अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १८) (२) निर्वाचनमा भाग लिन चाहनेलाई स्पष्ट कानुनी आधार बेगर रोक लगाउन नमिल्ने । (प्रकरण नं. १९) (३) निर्वाचन सम्बन्धी हक स्वेच्छामा निर्भर गर्ने प्रकृतिको हक हो । (प्रकरण नं. १९) (४) संविधानको कुनै धारा उपधारा वा खण्डको व्याख्या गर्दा कुनै धारा वा खण्ड निरर्थक हुने परिणामको व्याख्या गर्नु हुँदैन ३ प्रतिशत मत प्राप्त गर्ने र नगर्ने राजनैतिक दलहरुको बीचमा कुनै अन्तर नहुने परिणामको व्याख्या पनि युक्तिसंगत हुन आउँदैन । तसर्थ संविधानको ३ प्रतिशत मत ल्याउनु पर्ने दर्ता गर्दा पालन गर्नु पर्ने शर्तको व्याख्या गर्दा उपरोक्त अनुसार संविधानको मूल भावना विपरीत नहुने र सो धारा ११३(२) को खण्ड (घ) निरर्थक नहुने भई समीचीन हुन जाने । (प्रकरण नं. २०) रिट निवेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकूरेल, विद्वान वरिष्ठ अधिवक्ता श्री कुशुम श्रेष्ठ, विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने प्रत्यर्थीतर्फबाट : विद्वान महान्यायाधिवक्ता श्री मोतिकाजि स्थापित, विद्वान सहन्यायाधिवक्ता श्री वलराम के.सी. आदेश न्या.लक्ष्मणप्रसाद अर्याल १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. नेपाल मजदूर किसान पार्टीले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११२ र ११३ अन्तर्गत विधिवत पार्टी दर्ता गराएको र संसदको पहिलो निर्वाचनमा अधिराज्यको ३० ठाउँमा उम्मेदवारी दिएकोमा २ जना निर्वाचित भएका थिए । यस पार्टीले सबै निर्वाचन क्षेत्रबाट ९१,३३५ मत प्राप्त गरेको थियो । अधिराज्यभरमा जम्मा ७२,९१०८४ मत खसेको र त्यसमध्ये ३,२२०२३ मत बदर भई बाँकी ६९,६९,०६१ मत मात्र सदर भएको थियो । तत्पश्चात निवेदकलाई पार्टीको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा उपनिर्वाचनको लागि उम्मेदवार चयन गरी पठाएकोमा म निवेदकले निर्वाचन अधिकृत समक्ष प्रतिनिधिसभा सदस्य ऐन, २०४७ को दफा ३३(३) बमोजिम विधिपूर्वक दर्खास्त दिएको थिएँ । निर्वाचन अधिकृतले रीत नपुगेको व्यहोरा अन्तर्गत यस्मा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११३ को २(घ) र स्पष्टीकरण समेतमा उल्लेख भएको प्रावधान बमोजिम निर्वाचन आयोगबाट प्राप्त निर्देशन तथा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०४८ को निर्वाचन परिणाम पुस्तिकाबाट नेपाल मजदूर किसान पार्टीले प्रतिनिधिसभा सदस्यको पहिलो निर्व