निर्णय नं. ४४५६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४५६ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक: १ फैसला मिति :२०४८/११/१५ २२९८ निर्णय नं. ४४५६ ने.का.प. २०४९ (क) अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको रि.पू.इ. नम्बर ४२ आदेश भएको मिति : २०४८।११।१५।५ मा निवेदक/विपक्षी : बाँके जिल्ला साइगाउँ गा.वि.स. वडा नं. ४ बस्ने मोहम्मद मुस्तफा कवडीयसमेत विरुद्ध विपक्षी/रिटनिवेदक: बाँके जिल्ला नेपालगञ्ज न.पा. वडा नं. १ बस्ने बालकुमारी क्षेत्रीनी विषय : उत्प्रेषण (१) विवादित जग्गाहरुमा तेस्रो व्यक्तिहरुको हक समेत आंशिक रुपमा सृजित भइसकेको एकातर्फ देखिएको छ भने अर्कोतर्फ प्रस्तुत रिटनिवेदन विवादित जग्गाहरुको लिलाम भएको मितिबाट करिब १९ वर्षपछि अनुचित विलम्ब गरी पर्न आएको देखिएकोले रिट जारी गर्ने गरेको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. १०) निवेदक/विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का विपक्षी/भू.सु.का. तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी अवलम्वित नजीर: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी आदेश न्या.लक्ष्मणप्रसाद अर्याल १. श्री ५ महाराजाधिराजका हजूरमा यस सर्वोच्च अदालत संयुक्तइजलासबाट मिति २०४५।८।२३।५ मा भएको निर्णय दोहर्‍याई हेरी दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी निवेदक विपक्षी मोहम्मद मुस्तफा कबडीया समेतले विशेष जाहेरी विभाग मार्फत चढाएको विन्तिपत्रमा उक्त निर्णय दोहर्‍याई हेरी दिन भन्ने हुकुम प्रमांगी बक्स भई आए बमोजिम पूर्ण इजलास लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. जिल्ला बर्दिया देउडाकला गा.पं. वडा ८(ख) को कि.नं. १००, १०१, १०२, १०३, १०५, १०६, १०७, ११०, १११, ११२, ११३, ११४, ११५, ११६, ११८, १२०, १२२, १२३, १२५, १२९, १३०, १३६, १४२, १४३, १४५, १४६, १४७, १४९, १५२, १५३, १५४, १६०, १६१, १६२, १६४ ऐ. वडा नं. ८(क) को कि.नं. २०९, २११, २१२ को जम्मा जग्गा विगहा २४–४–९ साविक देखि नै म निवेदकका नाममा दर्ता भई नाप जाँच ऐन, २०१९ बमोजिम मेरो नाममा दर्ता भएको जग्गा हो । विपक्षी मध्येका महमद मुस्तफा कबडिया मेरो काम गर्ने मानिस भएकाले निजलाई मोहीसंग कूत उठाउने तिरो तिर्ने र बाँकी रहेको आयस्ता मलाई बुझाई खेतको रेखदेख गर्ने काम गर्न लगाई आएकोमा २०४२ सालका बाली उठाई मलाई दिने समय सम्म पनि निजले मलाई बाली नदिएकोले बोलाई सोधनी गर्दा तपाईका नाममा जग्गा छैन अब म आयस्ता बुझाउन सक्दैन । सबै जग्गा अड्डाले मेरो नाममा गरी दिएको छ भनी भनेकाले आश्चर्य लागी विपक्षी मालपोत कार्यालयमा गई उल्लेखित जग्गाको मोठ धनी पूर्जा सारी हेर्दा मेरो नामसारी सोही ठाउँमा विपक्षी मोहम्मद मुस्तफा कवडियाको नाम लेखिएको र मेरो धनी पूर्जाको पाना नं. १ मा मिति २०२५।११।२।५ मा यस कार्यालयका मिति २०२५।१०।२९ गतेको टिप्पणी सदर अनुसार यो मोठमा लेखिएको जग्गा विगहा २४–५–९ को जग्गा धनी बालकुमारीको नाम खारेज भई महमद मुस्तफा कबडियाका नाममा कायम हुन गएको भन्ने उल्लेख गरिएको रहेछ सो के कुन व्यहोराको टिप्पणी रहेछ भनी विपक्षी भू.सु.का. बर्दियामा सो को नक्कल पाउँ भनी निवेदन गरी बारम्बार जाँदा कागज खोज्दै छौं केही ढिला हुन्छ भन्दै आजसम्म विपक्षी कार्यालयले सोको नक्कल नदिएकाले बाध्य भई निवेदन गर्न आएको छु । मेरो नाम दर्ताको जग्गा विपक्षी भू.प्र.का. ले विपक्षी महमद मुस्तफाका नाममा का