निर्णय नं. ४४५८ - कीर्ते जालसाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४५८ - कीर्ते जालसाज भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक: १ फैसला मिति :२०४८/१२/२३ २४४८ निर्णय नं. ४४५८ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननी न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४७ सालको फौ.पु.नं. ४०९ फैसला भएको मिति : २०४८।१२।२३।१ मा निवेदक/वादी: जि.सिरहा वस्तीपुर गा.पं. वा.नं. ९ बस्ने मुसहरु साहु तेली विरुद्ध विपक्षी : जि.सिरहा वेल्हा गा.पं. वा.नं. ८ बस्ने जमुनीलाल कर्णसमेत मुद्दा : कीर्ते जालसाज (१) आफैंले आफ्नो सहिछाप लेखात्मक रेखात्मक आफ्नो भन्छ भने त्यस्तो लेखात्मक सहिछाप विशेषज्ञबाट जँचाई रहनु पर्ने स्थिति नहुने । (प्रकरण नं. १३) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेव यादव विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश राउत फैसला न्या.त्रिलोकप्रताप राणा १. पू.क्षे.अ. को मिति २०४६।९।१६ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि वादी मुसहरु साहु तेलीको यस अदालतमा पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. जिल्ला सिरहा गा.पं. वस्तीपुर वा.नं. ८(क) कि.नं. ४१ को १–०–०, ऐ. वा.नं. ८(ख) कि.नं. १६३ को ०–४–१५, ऐ. वा.नं. ९(ख) कि.नं. ८७ को १–५–३, वार्ड नं. ९(ख) कि.नं. १०९ को १–१–५ समेत जम्मा ३–११–४ जग्गा म मुसहरुको नाममा दर्ता भई भोगी आएकोमा विपक्षी जमुनीलाल कर्णका नाउँमा बकसपत्र लिखत खडा गरी ०३८।५।१ गते पास गराएछन । उक्त लिखतमा मेरो सहिछाप दस्तखत मैले नगरेकोमा विपक्षीहरु मिली बकसपत्र लिखत खडा गरी रजिष्ट्रेशन पास गराएको हुँदा केही व्यहोरा विपक्षी कुञ्जविहारीले र केही व्यहोरा राजकुमार लालले लेखी तयार पारेछन् । मेरो हक मेट्नलाई नभए नगरेको व्यहोरालाई भएको गरेको भनी जालसाज गरेकोले सबै विपक्षीहरुलाई कीर्ते कागजका १० नं. बमोजिम सजायँ समेत गरी पाउँ भन्ने व्यहोराको २०४१।२।३।४ को फिरादपत्र । ३. वादी दावीको विभिन्न जग्गा विभिन्न कि.नं. हरुको जम्मा जग्गा ३–११–४ मुसहरु साहूले प्रतिवादी मध्येको म जमुनीलाल कर्णलाई मिति ०३८।५।१ मा बकसपत्र पास गरी दिएपछि मैले आफ्नो नाउँमा दर्ता गराई ज.ध.प्र.पुर्जा लिई भोगी आएको छु । वादी दावी अनुसार हामीहरुले कुनै व्यवहारबाट जालसाजी कीर्ते गरेको छैन, वादी दावी खारेज गरिपाउँ भन्ने राज कुमार कर्ण समेत जना ४ को २०४०।५।४।२ को प्रतिउत्तरपत्र । ४. मुक्ति यादव र महाशंकरलाल २ जनाले प्रतिउत्तर नफिराई गुजारी बसेछन् । यस्मा लिखत हेर्दा रीतपूर्वकको देखिँदा वादी दावी पुग्न सक्दैन भन्ने शुरु सिराहा जिल्ला अदालतको मिति ०४२।११।२० को फैसला शुरु सि.जि.अ. ले मलाई अन्याय पूर्वक हराई गरेको फैसलामा चित्त बुझेन । उक्त इन्साफ बदर गरी पाउँ भन्ने स.अं.अ. राजविराज बेञ्चमा परेको पुनरावेदनपत्र । शुरु सि.जि.अ. को इन्साफ मनासिब छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको स.अं.अ. राजविराजबेञ्चको मिति २०४५।१।१४।३ को फैसला । ५. स.अं.अ. राजविराज बेञ्चले मलाई हराई गरेको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी पु.क्षे.अ. धनकुटामा परेको निवेदनपत्र । ६. स.अं.अ. राजविराजबेञ्चको फैसलामा न्यायप्रशासन सुधार ऐन, २०३१ को (संशोधन सहित) को दफा १३(४) को देहाय खण्ड (ग) र (घ) को अवस्था विद्यमान हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत पू.क्षे.अ. को एक न्यायाधीशको इजलासको मिति ०४५।११।६।६ को आदेश । ७. वादी आफैले निश्चि