निर्णय नं. ४४६१ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४६१ - अंश भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक: १ फैसला मिति :२०४८/०८/२९ २९३९ निर्णय नं. ४४६१ ने.का.प. २०४९ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको दे.पु.नं. ४३७ फैसला भएको मिति : २०४८।८।२९।५ मा पुनरावेदक/वादी: जि.रौतहट गौर गा.पं. वा.नं. २ बस्ने चन्द्रसिंह राजपुत विरुद्ध प्रत्यर्थी/वादी: ऐ.ऐ.बस्ने शिवदेवी राजपुतनी मुद्दा : अंश (१) तत्काल बहाल रहेको कानुनी व्यवस्था हेर्दा मुलुकी ऐन रजिष्ट्रेशनको ३(क) नं. मा २०००।७।१ पछिको हकमा मानु छुट्टिएको लिखत रजिष्ट्रेशन गर्नु पर्ने कानुनी बाध्यता रहेको पाइने । (प्रकरण नं. १२) (२) कानुनले रजिष्ट्रेशन पारीत हुनु पर्ने प्रतिवादीले पेश गरेको सो मानो छुट्टिएको भन्ने लिखत पारीत नभएकोमा त्यस्तो लिखतलाई अ.बं. ७८ नं. को प्रकृया अपनाई सद्दे कीर्ते छुट्याउनु पर्ने प्रयोजन नै नदेखिने । (प्रकरण नं. १२) (३) वादी र प्रतिवादी बीच अघि नै मानो छुट्टिएको भन्ने प्रमाण योग्य लिखत नरहेकोमा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो मिति देखिको अंशबण्डा गर्नु पर्ने सम्पत्ति तायदाती लिई बण्डा छुट्याउने गरेको शुरु र अञ्चल अदालतको फैसला एवं त्यस उपर पुनरावेदनको अनुमति नदिने गरेको क्षे.अ. को आदेश समेतमा कुनै त्रुटि देखिन नआएकोले त्यसमा कुनै परिवर्तन गरी रहनु नपर्ने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थी/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय अवलम्वित नजीर: गोपाल ब. प्रधान वि. कटक ब.प्रधान, २०२६ सालको दे.पु.नं. ६१ फैसला न्या.केदारनाथ उपाध्याय १. म.क्षे.अ.को आदेश उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. बेनी सिंहको ४ छोरा मध्ये जेठा शिवप्रसाद सिंह, माहिला मंगल सिंह साहिला चद्रसिंह र कान्छा अमरसिंह भएकोमा जेठा शिवप्रसाद सिंहको स्वास्नी म शिवदेवी राजपुतनी र छोरा म नागेन्द्र सिंह भएकोमा सासु ससुरा परलोक भइसकेको र हामीहरु सगोलमा बसी आएकोमा आपसी वादविवादले मिति २०४१।१२।४ का दिन कुटपिट गरी घरबाट निकाला समेत गरी इज्जत आमद अनुसार खान लाउन नदिई अंश माग्दा समेत नदिएकोले २०४१।१२।४ का दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको चल अचल श्री सम्पत्तिको तायदाती दाखिल गराई ४ भाग लगाई सो मध्ये लोग्ने शिवप्रसाद सिंहको १ भागबाट ३ खण्डबाट १।१ खण्ड अंश हामीहरुलाई दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी । ३. हामीहरुले वादीहरुलाई कुटपिट गरी घरबाट निकाला गरेको नभई वादीहरु प्र.शिवप्रसाद सिंह कै संरक्षणमा जीवन यापन गरी राख्नु भए पनि केही व्यक्तिहरुको बहकाउमा झुठ्ठा नालेश गरेका हुन । वादीको लोग्ने बाबु शिवप्रसाद सिंहसंग २०१९ साल जेष्ठमा मानो छुट्टी सकेको हुँदा प्र.शिवप्रसाद सिंहले पाउने अंशबाट वादीहरुले अंश पाउने हुँदा हामीहरु माथि उजुरी गराई गैरकानुनी हो भन्ने समेत व्यहोराको प्रतिवादीहरुको प्रतिउत्तर जिकिर । ४. वादी प्रतिवादीको साक्षीहरुको पृथक पृथक बकपत्र । ५. वादी प्रतिवादीहरु अंशियार भएको कुरामा र अंश दिन बाँकी रहेको कुरामा प्रतिवादीहरु सावितै रहेको र वादी प्रतिवादीहरुको मानु छुटिएको बण्डा भएको सबूत प्रमाण नभएकोले फिराद परेको अघिल्लो दिन २०४१।१२।२८ मा मानो छुटिएको मिति कायम गरी दुवै पक्षबाट अंशबण्डाको २०, २१, २२,