निर्णय नं. ४४६२ - जग्गा खिचोला चलन समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४६२ - जग्गा खिचोला चलन समेत भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक: १ फैसला मिति :२०४८/०९/०८ २८६२ निर्णय नं. ४४६२ ने.का.प. २०४९ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको फौ.पु.नं. ४४९ फैसला भएको मिति : २०४८।९।८।२ मा पुनरावेदक/वादी: कपिलवस्तु जिल्ला रामघाट गा.वि.स. वा.नं. ९ बस्ने स्वामिनाथ लाल श्रीवास्तव र रामदुलारी श्रीवास्तवको मु.स. गरी आफ्नो हकमा समेत जगदीशप्रसाद श्रीवातवसमेत विरुद्ध प्रत्यर्थी/प्रतिवादी: कपिलवस्तु जिल्ला रामघाट गा.वि.स. वा.नं. ९ बस्ने शिवनाथ श्रीवास्तव मुद्दा : जग्गा खिचोला चलन समेत (१) दुवै पक्षको मिलापत्रबाट नै जति पाएको छ त्यतिमै सीमित रहनु पर्ने । (प्रकरण नं. १४) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस फैसला न्या.कृष्णजंग रायमाझी १. न्याय प्रशासन सुधार ऐन, २०३१ (संशोधन सहित) को दफा १३(५)(ख) को आधारमा यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ । २. हामीहरुको बीचमा चलेको अंश मुद्दामा लुम्बिनी अञ्चल अदालतको २०२९।९।२८ मा भएका मिलापत्र अनुसार तत्कालीन गा.वि.स. मालपारा वा.नं. ९ वीरपुर मध्येको गाउँ ब्लकको पुरानो पूर्व पश्चिम ३० हात, उत्तर दक्षिण ४० हातको पक्की २ नाले चौघेरा घरमध्ये पूर्व तर्फबाट पूर्व पश्चिमको दशरा समेतको घर तथा सहन जग्गा समेत विपक्षीलाई परेको र उक्त पक्की घर जग्गाको उत्तरतर्फको सहन जग्गा मध्ये विपक्षीले पाएको पूर्व पश्चिम ३५ हात उत्तर दक्षिण ७० हातको सहन जग्गा बाहेक धनसार तथा बाँकी पूर्व पश्चिम ४३ हात उत्तर दक्षिण ७० हातको जग्गा हामीहरुले अंश बापत पाएकोमा पुरानो पक्की घर देखि उत्तर विपक्षीहरु र हाम्रो अंशको सहन जग्गाको साँधको ३० हात जग्गा घर बनाउनलाई जग हाली जमीनको सतहसम्म जडाई समेत भइसकेकोमा विपक्षीहरुले घर निर्माण कार्यमा विरोध गरी जि.का. मा निवेदन परी जि.का.बाट घर निर्माण नगर्नु भनी स्वामीनाथ र इश्वरप्रसादका नाममा जि.प्र.का. बाट ०४१।२।२६ मा पत्र प्राप्त भई घर निर्माण कार्यमा बाधा पुग्न गएकोले हाम्रो अंश भागमा परेकोे जग्गा विपक्षीहरुले खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद । ३. वादी दावी बमोजिम खिचोला गरेको छैन । वादीहरुले पुराना पक्की घर उत्तर विपक्षीहरु र हाम्रा अंशको सहन जग्गा भनी फिरादपत्रमा झगडा देखाउनु भएको वादीहरुको अंश मध्येको जग्गा भन्नेको जग्गा भन्ने कुरा फिराद लेखबाटै प्रष्ट नभएको, उसमा पनि वादीहरुको अघिदेखि एकलौटी चलन भएको फिरादपत्रमा अमुक मितिमा चलन कब्जा गरे भन्ने दावी भएको जग्गा मिच्नेको १ नं. र १४ नं. संग मिल्दो भएन । जग बनाए भनेको मिति किटान नभएको अघि देखिको हाम्रो सन्धि सर्पन आवत जावत गर्ने ठाउँमा वादीहरुले घर वा अन्य कुनै स्थायी निर्माण गर्न पाउने प्रश्नै छैन । अ.बं. ७३ नं., ८२ नं. ले फिराद दावी लाग्न नसक्ने हुँदा फिराद दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. शुरु अदालतबाट विवादित घर जग्गा सम्बन्धमा नक्सा मुचुल्का समेत भएको रहेछ । ५. यसमा आएको नक्सा नं. ९, १०, ११ को छज्जा देखि उत्तर १० फिटको आँगन कायम हुन्छ त्यसतर्फ वादी दावी नपुग्ने र अरु बाँकी जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतको फैसला । ६. उक्त फैसलामा च