निर्णय नं. ४४६४ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४६४ - अंश नामसारी भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०२/०८ २४९७ निर्णय नं. ४४६४ ने.का.प. २०४९ (क) अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको दे.पू.इ.नं. ६६ फैसला भएको मिति : २०४९।२।८।५ मा निवेदक/वादी: रुपन्देही जिल्ला, फरैना गा.वि.स. वा.नं. २ बस्ने गायत्रीदेवी पाठक विरुद्ध विपक्षी/प्रतिवादी: रुपन्देही जिल्ला, फरैना गा.वि.स. वा.नं. २ बस्ने कृपानाथ पाठक मुद्दा : अंश नामसारी (१) ठोस सबूद प्रमाणको अभावमा यी वादी प्रतिवादीका भाइकी श्रीमती हुन भनी भन्न सक्ने अवस्था नदेखिने । (प्रकरण नं. १४) निवेदक/वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लोकभक्त राणा फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. श्री ५ महाराजाधिराजका हजुरमा यस स.अ.संयुक्तइजलासबाट मिति २०४३।११।५।३ मा भएको फैसला दोहोर्याई दिन भनी हुकुम प्रमांगी बक्स पाउँ भनी वादी गायत्रीदेवी पाठकको हकमा मिश्रीलाल यादवले विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा उक्त मुद्दा दोहर्याई हेरिदिनु भनी हुकुम प्रमांगी बक्स भई आए अनुसार पूर्णइजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. जयनाथ २ छोरा राम चरित्र पाठक र इश्वरदत्त पाठक मध्ये राम चरित्रका २ श्रीमती जेठी इनरपतिका २ छोरा प्रतिवादी कृपानाथ र सिताराम, कान्छी श्रीमती नरमदा तर्फकी १ मात्र छोरी रुन्धतीको पनि विवाह भैसकेको छ, नरमदा हुनुहुन्छ । रामचरित्रकी जेठी श्रीमतीबाट जन्मेको सितारामकी श्रीमती म वादी हुँ । २०१६ सालमा पतिको मृत्यु भएको र घरको व्यवहार जेठाजु कृपानाथबाटै भएकोले र मलाई इज्जत आमद अनुसार खान लाउन दिई राख्नु भएकोमा गत ०३६ साल मार्ग देखि जेठाजु कृपानाथ वहाँका परिवार समेतले हेला गरी खान लाउन दुःख दिन थालेकाले ०३७।१।१० मा प्रमाणका मानिसलाई भेला जम्मा गराई अंश माग्दा जायजन्म नभएकी बुहारीलाई अंश गरी दिन्न भने मेरा श्रीमान परलोक भएपछि वहाँका नाममा दर्ता रहेको बन्दूक, जग्गा समेत जेठाजु कृपानाथले नामसारी गराउनु भएको छ । घरको मुख्य कृपानाथबाट तायदाती लिई २ अंश लगाई मेरो श्रीमानको आधी अंश मात्र छुट्याई नामसारी गरी कृपानाथलाई द.सं. का १२ नं. बमोजिम सजाय गरी कोर्टफी समेत भराई पाउँ भन्ने समेत व्यहोराको २०३७।२।२४ को गायत्रीदेवीको फिरादपत्र । ३. ईनरपतिको छोरा म कृपानाथ र सीताराम होइन, तथा सीतारामकी श्रीमती मेरो भाइ बुहारी यो वादी होइनन् । इनरपतिको जायजन्म भएको थिएन । वादी मेरा अंशियार नहुँदा अंश दिन पर्ने होइन, वादी मेरो भाइ बुहारी भए मेरो अंशमा कुन कुन अंशियार छन् ? को को परलोक भए ? उल्लेख गर्न सकेकी छैनन् । जयनाथ पाठकको छोरा राम चरीत्र, इश्वरदत्त र नरमदा जीवित परलोक के भए उल्लेख गर्न सकेकी छैनन् । वास्तवमा मूल पुरुष जयनाथ पाठकको राम चरित्र, ईश्वरदत्त दुई भाइ छोरा मध्ये इश्वरदत्त अघि नै अलग भएका, राम चरीत्रकी जेठी श्रीमती ईनरपतिको जायजन्म नभई परलोक भएपछि नरमदासंग विवाह भएको निजबाट जेठो म कृपानाथ, माहिलो सीताराम, साहिलो प्रताप, काहिलो पण्डित र कान्छो गुरुप्रसाद ५ भाइ मध्ये प्रताप, पण्डित र गुरुप्रसाद ३ भाइ विवाह नहुँदै परलोक भएको, सितारामको विवाह चम्पादेवीसंग २००१ सालमा भएका, जायजन्म नभई निज ०१५ सालमा र ०१६ सालमा सिताराम पर