निर्णय नं. ६१२८ - कर्तव्यज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१२८ - कर्तव्यज्यान । भाग: ३८ साल: २०५३ महिना: बैशाख अंक: १ फैसला मिति :२०५२/०९/०४ २९४६ निर्णय नं.६१२८ ने.का.प. , ०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ सम्वत् २०४९ सालको फौ.पु.नं. .........५९१ फैसला मितिः- २०५२।९।४।३ विषय: कर्तव्य ज्यान । पुनरावेदक/वादीः- रीमा चक्रवर्तीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादीः- जिल्ला सुनसरी रामगंज गा.वि.स. वडा नं. ४ बस्ने रतिलाल यादव । मानिस मरेको हो वा होइन र त्यस्तो मानिस काल वा कर्तव्य केबाट मरेको हो सो एकिन गर्न लाशको ठुलो महत्व हुने । (प्र.नं.१७) परिस्थितिजन्य प्रमाण बलियो र अटुट रुपमा हुनुपर्छ । नेपालबाट भारत तर्फ प्र. रतिलाल यादव र उज्वल कुमार चक्रवर्ती गएको आधार मिसिलमा देखाउदैमा प्र. रतिलाल यादवले उज्वल कुमार चक्रवर्तीलाई मारेको भनी एकिनसाथ भन्न नमिल्ने । (प्र.नं.१७) अनुमानको पुष्टि प्रमाणयुक्त तथ्यहरुबाट पुष्ट्याई हुनुपर्ने । (प्र.नं.१९) पुनरावेदक तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार पाठक विपक्षी तर्फबाटः- विद्वान अधिवक्ता श्री रामकृष्ण विष्ट । अवलम्वीत नजीरः-× फैसला न्या. त्रिलोक प्रताप राणाः- पुनरावेदन अदालत विराटनगरको मिति २०४९।७।१९ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः- २. मिति २०४४।१२।२६ गते मेरो पति उज्वल चक्रवर्ती राजगंज सिनुवारी ४ बस्ने रतिलाल यादवसंग मोटरसाइकल खरिद गर्न रु.१२,०००।- लिई गएकोमा ऐ. २७ गते रतिलाल मात्र फर्कि आई मेरो पतिलाई खोजेको हुँदा तपाईसंगै गएको आएको छैन, भन्दा फर्कि गएपछि चिठ्ठी आएकोले खोली हेर्दा मेरो पतिको हातले लेखेको नहुँदा शंका लागि मिति २०४५।१।४ गते रतिलालको घरमा गई सोधपुछ गर्दा मलाई थाहा छैन भनेका र पुनः भोलीपल्ट जाँदा भागी भारततर्फ गई बसेकोले खोज तलास गरी पाऊँ भन्ने रिमा चक्रवर्तीको जाहेरी दरखास्त । ३. रतिलालले मेरो पति उज्वल चक्रवर्तीलाई भारतीय मोटर साइकल सस्तोमा खरिद गराई दिन्छु भनी मिति २०४४।१२।२६ गते लिई गएको ऐ. २७ गते रतिलाल मात्र फर्कि आएको र ऐ. २८ गते गोपाल निरौलाले मेरो दाजु रामबाबु श्रेष्ठलाई सम्बोधन गरेको पति उज्वलको नामबाट एउटा चिठ्ठी ल्याई दिएकोले सो चिठ्ठी खोली हेर्दा मेरो दाजुको नाम बाबु राम हुनु पर्नेमा रामबाबु भएको र बाहिर पाउनेमा पनि उज्वल चक्रवर्तीकै नाम लेखिएको हुँदा शंका लागि निज गोपाललाई पक्राउ गरी काका ससुरा रविन्द्र चक्रवर्ती कहाँ लगी सोधनी गर्दा सो चिठ्ठी रतिलालले मलाई पुर्‍याई दिनु भनेकोले मैले ल्याई दिएको हुँ भनेकाले रतिलाल भागी भारततर्फ गई बसेको हुँदा पतिको आजसम्म पत्ता कही नलागेको हुँदा निजले नै कर्तव्य गरी मारेको विश्वास हुँदा कारवाही गरी पाऊँ भन्ने रिमा चक्रवर्तीको दोश्रो जाहेरी दरखास्त । ४. उज्वल चक्रवर्तीले सस्तोमा भारतीय मोटरसाइकल खरिद गराई दिनुहोस् भनेकोले निजसंग रुपैया रहेछ भनी सो रुपैया हत्याउने विचार आई म भारत बबुआनमा गई मो पूर्व परिचित नुनूवा मियांलाई भन्दा लिएर आउनु भनेकोले फर्कि आई निज उज्वललाई मोटरसाइकल किनाई दिन्छु भनी २०४४।१२।२८ गते निजलाई साथमा लिई गै नुनूवा मियां कहाँ पुर्‍याई निजको सल्लाह अनुसार नेपाल भारत सिमानाको धुस्की नजिक पुर्‍याई मैले घाटी र अरुले हात खुट्टा समाई लडाई मारी नजिकै भारतको खाल्टो दलदले हिलोमा गाडी निजसंग भएको रु.१३,०००।- मध्ये मेरो हिस्सामा रु.३०००।- लिई