निर्णय नं. ४४६५ - हक कायम निखनाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४६५ - हक कायम निखनाई पाउँ भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०१/०२ २७१० निर्णय नं. ४४६५ ने.का.प. २०४९ (क) अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको दे.पु.इ.नं. ८८ फैसला भएको मिति : २०४९।१।२।३ मा निवेदक/वादी: का.न.पं. वा.नं. ११ बस्ने पूर्णबहादुर खड्गी विरुद्ध विपक्षी/वादी: का.न.पा. वा. नं. २२ खिचापोखरी बस्ने न्हुछेंबहादुर खड्गी मुद्दा : हक कायम निखनाई पाउँ (१) भरमग्दुर कोशिस गर्दा हाल फेला परेको भन्ने बोली निवेदनमा नलेखिएको कारणबाट मात्र अ.बं. ७ को देहाय ५ उल्लेख गरी दिएको त्यस्तो महत्वपूर्ण प्रमाणलाई त्यसै तिरस्कार गर्न मिल्दैन, न्यायको लागि त्यस्तो प्रमाणहरु ग्राह्य हुन्छन्, अतः प्रतिउत्तरपत्रसाथ पेश नगरेको उक्त प्रमाण लिन मिल्दैन भन्ने निवेदक वादी तर्फका विद्धान अधिवक्ताको बहससंग सहमत हुन नसकिने । (प्रकरण नं. १९) (२) अदालतबाट भएको फैसला र सो फैसला अनुसार रजिष्ट्रेशन पारीत भई राखेको लिखतहरु आफ्नु जानकारीमा आएपछि असर पर्नेले कानुनी उपचारको बाटो खोज्नु पर्छ । अदालतलाई त्यस्तो फैसला एवं त्यस्तो पारीत लिखतहरु सद्दे कीर्तेमा सुनाई रहनु पर्ने वाध्यता छैन । मौकामा नै अदालत समक्ष पेश भएको प्रमाणहरुको लेखाजोखा भई अदालतबाट फैसला भएको अवस्थामा त्यस्तो प्रमाण हाल मात्र निवेदकको जानकारीमा आएको मानी अ.बं. ७८ नं. बमोजिम सुनाउनु पर्ने अवस्था पर्दैन । (प्रकरण नं. २०) निवेदक/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या. त्रिलोकप्रताप राणा १. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत संयुक्तइजालसको इन्साफ दोहराई पाउँ भनी चढाएको बिन्तिपत्रमा यसमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ, भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४६।७।२१।२ मा तोक लागी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :— २. मेरो पूर्खौली हक भोगको काठमाडौं जिल्ला का.न.पं. वडा नं. २२ खिचापोखरी स्थित पूर्व साविक जीतनारायण खड्गी हाल पूर्णचाको घर, पश्चिम कुलबहादुरको कायम रहेको घर उत्तर सडक दक्षिण साझा चोक यति ४ किल्ला भित्रको उत्तर मोहडा पूर्व पश्चिम १ नाले १ कबले ३ तल्ले पक्की झिंगडीको घर र सो को लगापात समेत बाबु देवबहादुरले भीमबहादुरलाई दृष्टिबन्धक दिएकोमा भीमबहादुरले समेत प्रतिवादी न्हुच्छे बहादुरको बाबु जीतबहादुरलाई लखबन्धक लेखी दिई जीतबहादुरको शेषपछि प्रतिवादी न्हुच्छेबहादुरको भोग कायम हुन आएको उक्त घर निखन्न देउभन्दा प्रतिवादी न्हुच्छे बहादुरले थैली बुझी निखन्न दिन नमानी तेरो मेरोको विवाद सृजना गरी दिएको हुनाले मालपोत कार्यालय, काठमाडौंबाट अदालत जानु भनी पर्चा खडा गरी सुनाएको मिति २०३७।८।१ ले मुलुकी ऐन रजिष्ट्रेशनको ३५(२) अन्तर्गत ३५ दिन भित्रै फिराद गर्न आएको छु । तसर्थ आवश्यक परे नक्सा समेत गराई उल्लेखित घरमा मेरा हक कायम गराई थैली बुझाउन लगाई प्रतिवादीहरुबाट निखनाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. मुलुकी ऐन लेनदेन व्यवहारको १४, १६, २३ नं. बमोजिम वादीलाई भोगबन्धकीमा हाम्रो बाबु भीमबहादुर कसाइलाई द