निर्णय नं. ८५६५ - उत्प्रेषण परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५६५ - उत्प्रेषण परमादेश भाग: ५३ साल: २०६८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६७/१२/१० २७१२ निर्णय नं. ८५६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६६ सालको WO––०१७८ फैसला मितिः २०६७।१२।१०।५ मुद्दाः उत्प्रेषण, परमादेश । निवेदक पक्षः बाँके जिल्ला नेपालगञ्ज नगरपालकिा. वडा नं. ८ घर भई ऐ. रझेना गा.वि.स. वडा नं. ७ बस्ने ओपेन्द्रबहादुर बुढाथोकी विरुद्ध विपक्षी प्रत्यर्थीः रुकुम जिल्ला, आठवीसकोट गा.वि.स. वडा नं. ९ बस्ने नरेन्द्रजंग शाह समेत § फैसला कार्यान्वयन गर्ने कार्यलाई आपसी सहमतिको लिखतले बदर वातिल गर्न नसक्ने गरी कानूनी संरक्षण दिएको र कानूनबमोजिम स्थापित अदालतले कानूनले तोकेको प्रक्रियाअनुसार गरेको निर्णयलाई गैरकानूनी भन्न समेत मिल्ने देखिन आउँदैन । यस्तो अवस्थामा अदालतको अन्तिम फैसला कार्यान्वयन नगर्नु भनी आदेश गर्ने अधिकार कानूनतः यस अदालत समेतलाई नहुने । (प्रकरण नं.३) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री यदुनाथ वराल विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री कुलदीपराज शाही अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन अ.वं. १७ नं. § दण्ड सजायको ५२ आदेश न्या.प्रेम शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः– म निवेदक ओपेन्द्रबहादुर बुढाथोकी र विपक्षी नरेन्द्रजंग शाहका बीचमा मिति २०६१।२।२६ गते गाडी सट्टापट्टा गर्ने सम्झौता गरी आएकोमा सो सम्झौताबमोजिम कार्य हुने नदेखेपछि मैले बाँके जिल्ला अदालतमा करार बदर गरिपाऊँ भन्ने फिराद र विपक्षी नरेन्द्रजंगले करार भंग गरी रकम दिलाई पाऊँ भनी रुकुम जिल्ला अदालतमा फिराद गरेका थियौं । पछि हामीबीच मुद्दा मामिला फिर्ता लिई मिलेर बस्ने सहमति भएअनुसार लिनुदिनु घरसारमा गरी दुबैको मञ्जूरीले मिति २०६४।४।२७ मा छुट्टै करारनामा कागज गरेका थियौं । उक्त पछिल्लो करारनामाको भावनाअनुसार मैले बाँके जिल्ला अदालतको मुद्दा पुर्पक्ष नगरी बसेको र विपक्षी नरेन्द्रजंगले पछिल्लो सहमतिको भावना विपरीत रुकुम जिल्ला अदालतमा चलेको मुद्दाको पुर्पक्ष गराएछन् । पुनरावेदन अदालत तुल्सीपुरको निषेधाज्ञा मुद्दामा भएको मिति २०६५।६।१ को आदेशबमोजिम रुकुम जिल्ला अदालतबाट वातील भैसकेको करारबाट कुनै दायित्व वाँकी नरहने सो बमोजिम मुद्दा नै लाग्ने अवस्था नभएकोमा अदालतलाई वास्तविक कुरा जानकारी नदिई दूषित मनसायबाट बिगोतर्फको कारवाही अघि बढाएको हुँदा विगो असूल उपर गर्न नपर्ने भनी मिति २०६५।९।२५ मा आदेश भएपछि सोही दिन निवेदन तामेलीमा राख्ने आदेश भएको हो । रुकुम जिल्ला अदालतको आदेशउपर परेको निवेदनमा पुनरावेदन अदालत तुल्सीपुरले पक्षहरू बीच भएको लिखित सहमति सम्झौतालाई कानूनी मान्यता नदिई मुलुकी ऐन, दण्ड सजायको ५२ नं. को गलत व्याख्या गरी रुकुम जिल्ला अदालतको आदेश मिति २०६६।३।४ मा बदर गरी दिएपछि बुझाइसकेको रकम मैले पुनः तिर्नुपर्ने स्थिति भई नेपालको अन्तरिम संविधान २०६३ को धारा १३(१) र १९(१) द्वारा प्रदत्त सम्पत्ति सम्बन्धी मौलिक हक आघात भएको हुँदा प्रस्तुत निवेदन लिई उपस्थित भएको छु । पुनरावेदन अदालत तुल्सीपुरको मिति २०६६।३।४ को कानूनी त्रुटिपूर्ण आदेश र सोका आधारमा भएका सम्पूर्ण कामकारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिपाऊँ । साथै प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म विगो भरी भराउको कार्य नगर्नु भनी विपक