निर्णय नं. ४४६६ - अबण्डा अंश छुट्याई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४६६ - अबण्डा अंश छुट्याई पाउँ भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०२/२२ ३८५६ निर्णय नं. ४४६६ ने.का.प. २०४९ (क) अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको दे.पु.इ.नं. ८७ फैसला भएको मिति: २०४९।२।२२।५ मा पुनरावेदक/वादी: का.न.पं. वा.नं. २ लाजिम्पाट बस्ने गुणकेशरी राजभण्डारी विरुद्ध विपक्षी/प्रतिवादी: का.न.पं. वा.नं. २ बस्ने गिरिजाभक्त राजभण्डारी मरी मु.स. गर्ने ऐ. के श्रीमती दुर्गादेवी राजभण्डारीसमेत मुद्दा : अबण्डा अंश छुट्याई पाउँ (१) भाग शान्ति भोग पनि अंश बण्डाको ३५ नं. प्रयोजनार्थ भोग गरेको प्रमाणित हुनु पर्ने । (प्रकरण नं. २०) (२) दावी बेग्लै र अंशियारहरुको भनाई बेग्लै देखिँदा बुझिएको अंशियारहरुको कुरालाई भर गर्ने स्थिति छैन । (प्रकरण नं. २०) (३) घर जग्गा वादी समेतको हक लाग्ने भए प्रतिवादीका नाममा नक्सा पास गर्दा र घर बनाउँदाको अवस्था उजूर गर्न सक्नु पर्ने । (प्रकरण नं. २०) (४) विवादको घरमा बसेको नाताबाट भाग शान्ति भोग गरेको भनी पाँच भागको एक भाग अंश पाउँ भन्ने वादीले गरेको दावी न्यायको दृष्टिमा कानुनसंगत नदेखिने । (प्रकरण नं. २०) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री राजेन्द्र अधिकारी विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल फैसला न्या. त्रिलोकप्रताप राणा १. प्रस्तुत मुद्दा सर्वोच्च अदालत संयुक्तइजलास समक्ष पेश भएकोमा माननीय न्यायाधीश बीच राय मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. मेरा ससुरा हरिचरणको अंश भाग खाने मेरा पति अध्याचरण राजभण्डारी एक, रामभक्त राजभण्डारी एक, लक्ष्मणभक्त राजभण्डारी एक, गिरीजाभक्त राज भण्डारी एक समेत चार छोरा र मेरा पतिको विधुवा भाउजु रामकुमारी राजभण्डारी एक समेत पाँच जना अंशियार हुनु भई सासू ससुरा अघि नै परलोक भई सक्नु भयो । हामी सबै अंशियार सगोलमा बसी सगोलकै धनबाट का.जि. लाजिम्पाट बस्ने आशामरु डंगोलसंग गुठी संस्थान गुठी अधीनस्थ गुठी तहसिलमा सालको धान मुरी १–८–४ नगदी रु. ।१।२। बुझाउनु पर्ने गुठी जग्गा रोपनी १–४–० मिति २०१४।९।२२ मा र का.जि. लैन लाजिम्पाट बस्ने बुद्धमाया डंगोलसंग रु. ३१००।– मा मोहियानी हकको जग्गा रोपनी १–८–० जग्गा मिति २०१४।१०।११।३ मा गिरीजाभक्त राजभण्डारीको नाममा पास गराई लिई सो गुठी जग्गा १–४–० मा घर बनाउनलाई सबै अंशियारको सल्लाहले विपक्षी गिरीजाभक्तको नामबाट नक्सापास दर्खास्त पेश गरी २०१४ सालमा नै मेरा पति अध्याचरण र विपक्षी गिरीजाभक्त समेत भई सगोलको धनबाट घर बनाई सकेपछि परस्पर चित्त नबुझी सगोलमा बस्न नसक्दा सबै अंशियारहरुका बीच विपक्षीको नाममा किनेको जग्गा र मेरो पति अध्याचरण र विपक्षी समेतले सगोलमा बनाएको घर बाहेक गरी अरु गैर चल अचल श्री सम्पत्तिको ५ भाग लगाई अंश बण्डा गरी मिति २०१५।१२।७ मा रजिष्ट्रेशन पास गरी सबै अंशियारहरु छुट्टिए पछि म र विपक्षी माथि उल्लेखित घरमा बसी आएकोमा २०२१ सालमा पति अध्याचरण परलोक हुनु भएपछि मलाई विपक्षीले अपहेलना गर्दै आएकोले भूमि सुधार नापी हुँदा का.जि.का.न.पं. वडा नं. २ को ३ कित्ता जग्गा रोपनी १–५–०–३ को पाँच खण्डको एक खण्ड मोल रु. ६८०।२० ज.रो. ०–४–१–० र कि.नं. २ जग्गा रोपनी ०–१२–३–३ मा बनेको मोल रु. ४५००।