निर्णय नं. ६१२९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१२९ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: बैशाख अंक: १ फैसला मिति :२०५२/०१/११ ३१२० निर्णय नं.६१२९ ने.का.प. , २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत् २०४९ सालको रिट नं. .........२८४३ आदेश मितिः- २०५२।१।११।२ विषय: उत्प्रेषण । निवेदकः- जिल्ला सिरहा गा.वि.स. महादेव पोर्तहा वडा नं. २ बस्ने पोसन यादव । विरुद्ध विपक्षीः- मालपोत कार्यालय सिरहाका प्रमुख, मालपोत अधिकृत । श्री ५ को सरकार, भूमि सुधार तथा व्यवस्था मन्त्रालय । मालपोत विभाग काठमाडौं । मालपोत कार्यालय, सिरहा । मुद्दामा भएको प्रत्येक काम कारवाहीको विधिवत लिखित सूचना पाएपछि मात्र जानकारी भएको मान्नु पर्ने कुनै कानूनी व्यवस्था छैन नत त्यस्तो सम्झनु औचित्यपूर्ण नै हुन्छ । (प्र.नं.१२) सामान्य समझ भएको मानिसले मुद्दाको काम कारवाहीको जानकारी पाएको सम्झनु विवेकोचित हुने । (प्र.नं.१२) २०४७।५।२२ को निर्णय बदर गराउन निवेदकले मिति २०४९।९।२२ मा रिट निवेदन दिएकोलाई विलम्ब गरी आएको देखिन्छ । अतः एवं अनुचित विलम्वको आधारमा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं.१२) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री मुकुन्द राज श्रेष्ठ विपक्षी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री नन्द बहादुर सुवेदी । अवलम्वीत नजीरः-× आदेश न्या. त्रिलोक प्रताप राणाः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तरगत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त उतार यस प्रकार छः- २. जिल्ला सिरहा महादेवा पोर्ताहा मौजा अन्तर्गतको श्री ५ को जेठी शाहाज्यादीको दाइजो पेवा विर्ता लगतमा रहेको बाबु बाजेको पाला देखिको ५-१६-१४ नम्वरी जग्गा मध्ये ०-११-१० जग्गामा पोखरी थियो । २००४ सालको सर्भे नापी हुँदा उक्त मौजाको सा.कि.नं. ३० मा ०-११-१० पैनीको डिल कायम भै पोखरी परेको र सा.कि.नं. १, ६, ३२७, ७८४ का अरु जग्गाहरु हाल सर्भे नापी हुँदा सा.कि.नं. १ को २-१-१३ मध्ये ०-११-५ जग्गा, सा.कि.नं. ६ को २-११-११ मध्ये ०-२-० जग्गा, सा.कि.नं. ३२७ को ०-२-९ जग्गा, सा.कि.नं. ७८४ को ०-१-० जग्गा र सा.कि.नं. ३० को पैनीको डिलको ०-११-१० जग्गा समेत गरी जम्मा १-८-४ जग्गा जिल्ला सिरहा महादेवा पोर्ताहा गा.वि.स. वडा नं.२(ख) को कि.नं. २९४ मा कायम भै नाप नक्सा भएको उक्त पोखरीको वरिपरि पर्ने उल्लेखित जग्गाहरु हालसम्म मेरै हक भोगमा कायम छ । पोखरीको पानीले जग्गाहरु सिंचाई गरी कृषि कार्य गर्ने गरेको तथा पोखरीमा माछा पालन समेत गरेको थिए । उक्त जग्गाको सा.कि.नं. को आधारमा २०२६ सालसम्मको मालपोत तिरी आएको छु । उक्त जग्गा दर्ता गरी पाऊँ भनी मेरो मालपोत कार्यालयमा निवेदन परी कारवाही चली रहेको बखत गा.वि.स. महादेवा पोर्ताहाले मेरो नम्वरी हक भोगको उक्त पोखरी सर्वेमा दर्ता नभएको कारणबाट ऐलानी हो भनी ठेक्का लगाई दिएकोमा पोखरी ठेक्का बदर खिचोला चलन वारेको चलेको दे.नं. ६६२ को मुद्दामा सिरहा जिल्ला अदालतबाट छुट जग्गा दर्ता बारेको सिरहा मालपोत कार्यालयले निर्णय गरी नसकेकोले मुद्दाको निर्णयमा असर पर्न सक्ने हुँदा मुलतवी राखिएको छ भनी २०४६।३।१२ मा सिरहा जिल्ला अदालतबाट आदेश भै मुद्दा मुलतवीमा रहेको थियो । मेरो जग्गा दर्ता गर्न इन्कार गरी २०४७।५।२२ मा मालपोत कार्यालयले निर्णय गरेको रहेछ । निर्णयको आधारमा जग्गा दर्ता नभएको कारणले पोखरी जग्गामा हक नपुग्ने भएको भनी उक्त ठेक्का बदर र लुटपिट मुद्दा हराइएको हुँदा सो उपर मेरो पु