निर्णय नं. ४४६७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४६७ - अंश भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०२/०८ ३८७५ निर्णय नं. ४४६७ ने.का.प. २०४९ (क) अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको दे.पु.नं. १०६, १०७ फैसला भएको मिति : २०४९।२।८।५ मा पुनरावेदक/प्रतिवादी: का.न.पं. वडा नं. ३० असन धालासिको बस्ने तुलसी रत्न तुलाधर मरी मु.स. गर्ने ऐ.ऐ. बस्ने ऐ. को छोरा त्रिरत्न तुलाधरसमेत विरुद्ध विपक्षी/वादी: का.न.प. वा.नं. ३० असन बस्ने लोक्साङ नामग्याल तुलाधर मुद्दा : अंश (१) राहदानीमा वादीलाई आफ्नो बाबुको छोरा भनी सहिछाप गरी प्रकाश गर्दाका अवस्थामा बाबु जीवित रहेको छ यो वादी निजको छोरा नभए उजूर गरी सो तथ्यलाई बदर गराउन सक्नु पर्ने थियो, तर त्यस बखत कुनै उजूर नभएकोले आफू जीवित रहँदैका अवस्थामा सो तथ्यलाई स्वीकार गरी बसी यो वादीलाई आफ्नो छोरा भनी प्रकाशमा ल्याएको भन्नु पर्ने । (प्रकरण नं. २५) (२) कुनै जीवित छोरालाई नदेखाई बाबु र अन्य छोराले मानो छुटाउछन् एवं अंश गर्छन भने त्यस्तो जिउँदो छोरालाई त्यस्तो मानो छुट्टिएको एवं अंशबण्डाको लिखतमा नदेखिएको नाताबाट उस्को अंश हक लोप हुन्छ भन्न नमिल्ने । (प्रकरण न. २८) (३) जन्मको नाताबाट छोराले अंश पाउने कुरा हो, जन्म जीवित छोरालाई लोप गर्दैमा अंश हक लोप हुँदैन । (प्रकरण नं. २८) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंत, विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाड्ड, विद्वान अधिवक्ता श्री बशन्तराम भण्डारी, विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला न्या.त्रिलोकप्रताप राणा १. सर्वोच्च अदालत संयुक्तइजलासका माननीय न्यायाधीशहरु बीच राय मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. बाबु केशरत्नका २ श्रीमतीमा जेठी पूर्णमाया तर्फबाट तुल्सीरत्न, धर्मरत्न र कान्छी मइजुला तर्फबाट म लोक्साङ समेत ३ भाई छोरा भएको र बाबु व्यापार गर्न ल्हासामा बस्नु भई म र बाबु, धर्मरत्न, आमा मइजुला समेत ल्हासामा व्यापार गरी बसी, आएकोमा बाबु र आमा एक पटक आउनु भएको र धर्मरत्न र म एक पटक काठमाडौं आई व्यापारले आफ्नो जीविका गर्दै आइ रहेकोमा बाबु ०१८ सालमा र आमा मइजुला ०२६ सालमा तथा जेठी आमा समेत परलोक हुनु भएको र म पनि व्यापारकै कामले कहिले कहाँ कहिले कहाँ गरी हिड्ने गरेको र जहान केटाकेटी समेत भएको सधै यसरी हिडेर जीविका नहुने र आफ्नो बाबुको श्रीसम्पत्तिमा भोगाधिकार हुनाले धर्मरत्न पनि ०३० सालमा परलोक हुनु भएकाले तुल्सीरत्नसँग अंश दिनु होस भन्दा मलाई मात्र के भन्छस् धर्मरत्नको श्रीमतीलाई भन भन्नु भयो र निजसँग भन्दा जेठो तुल्सीरत्न छँदै मैले अंश दिने होइन भन्नु भएकोले फेरि तुल्सीरत्नसँग भन्दा अहिले म अंश बण्डा गर्न सक्दिन जानेको गर भनी जवाफ दिएकाले अंश बण्डाको २०, २१, २२, २३, २४ नं. बमोजिम फाँट लिई जेठा तुलसीरत्न, माहिला धर्मरत्नको श्रीमती र मेरो समेत ३ भाग गरी १ भाग अंश दिलाई छुट्याई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. ससुरा केशररत्नका २ छोरामा पती धर्मरत्न र जेठाजु तुलसीरत्न भएकोमा चित्त नमिली ३ अंशियार मानु छुट्टि अलग बस्न मन्जूर भई चल धनमाल घरसार मै बण्ड