निर्णय नं. ४४६८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४६८ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०२/०६ ३२९० निर्णय नं. ४४६८ ने.का.प. २०४९ (क) अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रि.पू.इ.नं. ४६, ४७, ४८ आदेश भएको मिति : २०४९।२।६।३ मा निवेदक/प्रत्यर्थी: श्री ५ को सरकार अन्तःशुल्क विभाग लाजिम्पाटसमेत विरुद्ध विपक्षी/रिटनिवेदक: का.न.पं. वडा नं. २५ इन्द्रचोक बस्ने रविभक्त श्रेष्ठ विषय : उत्प्रेषण (१) उद्योगको प्रारम्भिक स्थापना कालमा सर्वसाधारण जनताको सुविधा र आर्थिक हितको लागि औद्योगिक व्यवसायलाई सुविधा दिई उद्योगमा निजी पूँजीको लगानीलाई खास तवरले बढ्ता प्रोत्साहन दिने औद्योगिक नीतिको उद्देश्य रहेको हुन्छ, अन्तःशुल्कको सुविधा सहुलियत तथा संरक्षणको तात्पर्यको निम्ति सर्वप्रथम उत्पादन शुरु भएको मिति नै ग्राह्य हुने । (प्रकरण नं. १५) (२) औद्योगिक व्यसाय ऐन, २०१८ बमोजिम दर्ता भई सोही ऐनको दफा २ को खण्ड (क) अनुसार अवछिन्न उत्तराधिकारवाला कानुनी व्यक्ति भएको कम्पनी हुँदा सो कम्पनीको व्यवस्थापन तथा स्वामित्व परिवर्तन हुँदैमा कम्पनीको अस्तित्व नयाँ कायम हुन सक्ने हुँदैन । प्रचलित कानुनमा अन्तःशुल्कमा छुट सुविधा दिने व्यवस्था नभई अन्तःशुल्क छुट सुविधा पाउने भन्ने सिफारिशले मान्यता नपाउने । (प्रकरण नं. १६) (३) प्रस्तुत उद्योग औद्योगिक व्यवसाय ऐन, २०३० वा २०३८ अन्तर्गत स्थापित उद्योग नभई औद्योगिक व्यवसाय ऐन, २०१८ ले अन्तःशुल्कको छूट विषय व्यवस्था नै नगरेको अवस्था सोही ऐन अन्तर्गत दर्ता भएको उद्योगले मिति २०२५।११।१६ गते देखि उत्पादन शुरु गरेको देखिएपछि सो उद्योगलाई रिटनिवेदन जिकिर अनुसार औद्योगिक व्यवसाय ऐन, २०२८ को दफा १० को खण्ड (ग) को देहाय (२) बमोजिम नयाँ उद्योग सरह मानी अन्तःशुल्क छूट सुविधा प्रदान गर्न कानुनतः नमिल्ने । (प्रकरण नं. १८) निवेदक/प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ विपक्षी/रिट निवेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया, विद्वान अधिवक्ता श्री हरिशंकर निरौला आदेश न्या.ओमभक्त श्रेष्ठ १. श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत संयुत्तइजलासबाट २०४४।७।१९ मा भएको आदेश दोहोराई पाउँ भनी न्यायिक समिति मार्फत चढाई पठाउनु भएको बिन्तिपत्र र न्यायिक समितिको संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त आदेश दोहर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालबाट मिति २०४६।६।३ मा लेखी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. औद्योगिक व्यवसाय ऐन, २०१८ अन्तर्गत उद्योग विभागमा मिति २०२४।९।१६ गतेमा दर्ता भई आ.ब. ०२७।२८ सम्म उत्पादन चालू राखी त्यसपछि पूर्ण रुपले बन्द भएको र औद्योगिक नीति २०३७ र औद्योगिक व्यवसाय ऐन, २०३८ को शुरुवात भएपछि उक्त जीर्ण सीर्ण रहेको उक्त उद्योगको स्वामित्व बृजलाल अग्रवाल र रविभक्त श्रेष्ठले खरिद गरी पुरानो मेशिनको मर्मत संभार तथा स्थापना समेत गरी मिति २०३९।१०।९ गतेदेखि ट्रायल उत्पादन शुरु गरी आएको उद्योग हुँदा औ.व्य. ऐन, २०३८ को दफा १०(ग)(२) अन्तर्गत पाउने अन्तशुल्क छूटको लागि मिति २०३९।११।२७ गते देखि नै निवेदन दिएपछि उ.वि. बाट आवश्यक जाँचबुझ गरी ३ वर्षको लागि उक्त ऐनको द