निर्णय नं. ४४६९ - बकसपत्र बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४६९ - बकसपत्र बदर भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०१/१० ३३०५ निर्णय नं. ४४६९ ने.का.प. २०४९ (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको दे.पु.नं. ५३० फैसला भएको मिति: २०४९।१।१०।४ मा पुनरावेदक/वादी: का.न.पं. वडा नं. १६ बालाजु बस्ने लक्ष्मीकुमार कोजू विरुद्ध विपक्षी/प्रतिवादी : का.प.जि. धुलिखेल गा.पं. वडा नं. ७ बस्ने चैनकादेवी कोजू मुद्दा : बकसपत्र बदर (१) जिउनी पनि एक किसिमको अंश नै हो । (प्रकरण नं. १३) (२) जिउनी पनि अंश जस्तै व्यक्तिको नैसर्गिक अधिकार भएको हुँदा बण्डापत्रमा कुनै शर्त रहेको छ भन्ने आधारमा मात्र उक्त नैसर्गिक अधिकार अन्तर्गत प्र्राप्त गरेको सम्पत्ति आफ्नो खुशीले उपभोग गर्नबाट रोक्न नमिल्ने । (प्रकरण नं. १३) (३) जिउनीको उपयोगका सन्दर्भमा राखेको कुनै पनि किसिमको शर्तले कानुनी मान्यता प्राप्त गर्न नसक्ने तथा जिउनी बापत पाएको जग्गा आफ्नो खुशीले बिक्री वितरण दान बकस गर्न सक्ने । (प्रकरण नं. १३) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या. सुरेन्द्रप्रसाद सिंह १. म.क्षे.अ. को मिति २०४६।६।३ को आदेश उपर न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख)(ग) बमोजिम पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. म फिरादी पिता माता सगोलमा बसी आएकोमा ०२२।५।१७ गते पिता तथा मेरा बीच घरसारमा बण्डापत्र खडा गरी ०२२।५।२७ मा बण्डापत्र पारीत गरेको र बाबु आमाको जिउनी मात्र पर सारी बाँकी फिरादीका भाइ र फिरादीले पिताबाट नै आधा आधा बण्डा गरी पाएका थियौं । सो जिउनी बाबु आमाको शेषपछि फिरादीले एक भाग पाउने बण्डापत्रमा उल्लेख भएकोमा पिता माताले कुनै कुराको हक छाडी बिक्री गर्न नपाउने बन्देज लगाएको उक्त जिउनी मध्ये धुलीखेल गा.पं. वा. नं. ८(क) कि.नं. १९१, २०२ र २०४ समेत ३ कित्ता पिताको पनाती फिरादीको नाती भरतकाजीको छोरा सुदिनलाई ०४१।७।७ मा हालैको बकसपत्र पारीत गरिदिएको र निजको संरक्षक एकाघरको आमा चैनकादेवी भएको कुरा २०४१।१०।२६ मा सारी थाहा पाएँ । कुनै किसिमले हक छाडी दिन नहुने सम्पत्ति दान बकसको १ नं. विपरीत गरी दिएको र विपक्षी सुदिन कोजूले लिनै नहुने सम्पत्ति लिएकोले उक्त पारीत जग्गा मध्ये मैले पाउनु पर्ने मेरो हक जति आधा बदर गरी पाउँ भन्ने समेत फिरादपत्र । ३. ०२२।५।१७ को बण्डा भित्रको जग्गा मणिराजले ०२८।६।३ मा गणेशकुमारलाई रु. ६०००।– मा राजीनामा रजिष्ट्रेशन गराई दिनु भएको छ र जिउनी राखेको जग्गा हामी आमा बाबुको शेषपछि तिमी दुई भाइले बराबर खान पाउने गरी जिउनी राखेको भन्ने कुरा बण्डापत्रमा उल्लेख छ । घरमात्र बन्धकी बिक्री गर्न नपाउने बन्देज बण्डापत्रमा छ । जिउनी बिक्री गर्न नपाउने बन्देज छैन । शेषपछि खान पाउने भन्नाले जीवन अवस्थामा हकदारी खोज्न नसक्ने, र बेचबिखन दान बकस गरी बाँकी रहेका सम्म खान पाउने हो । तसर्थ कि.नं. १९१, २०२, २०४ को जग्गा मेरो छोरा सुदिनलाई गरी दिएको हालैको बकस तथा दर्ता समेत बदर हुनुपर्ने होइन भन्ने समेत प्रतिउत्तरपत्र । ४. यसमा मणिराजले आफ्नो पनाती सुदिनलाई ०४१।७।७ मा बकसपत्र गरिदिएको धुलिखेल गा.पं. वा.नं. ८(क) कि.नं. १९१, २०२ र २०४ को जग्गा बकस गरिदिन दान बकसका १ नं. ले मणिराजलाई हक प्रदान भएकोले त्यस्तो सम्पत्ति