निर्णय नं. ४४७१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४७१ - कर्तव्य ज्यान भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०२/०७ २४४८ निर्णय नं. ४४७१ ने.का.प. २०४९ (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४८ सालको फौ.पु.नम्बर ३३१ ” २९४ फौ.सा. नं. ८४ फैसला भएको मिति : २०४९।२।७।४ मा पुनरावेदक/प्रतिवादी: कारागार शाखा गुल्मीमा थुनामा रहेको गोगबहादुर थापा मगर विरुद्ध विपक्ष/वादी: विष्णुबहादुरको जाहेरीले श्री ५ को सरकारसमेत पुनरावेदक/प्रतिवादी: भैरहवा जेलमा थुनामा रहेको धनिराम थापामगर विरुद्ध विपक्ष/वादी: विष्णुबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) लास प्रकृति मुचुल्का, सरजमीन साक्षीहरुको बकपत्र समेतबाट प्रतिवादीको प्रहरीमा भएको साविती बयान तथा सहअभियुक्तको पोल समर्थित हुन आएको हुँदा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्म कैद हुने ठहराएको निर्णय मिलेकै देखिँदा मनासिब ठहर्ने । (प्रकरण नं. २९) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा, विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. प.क्षे.अ. को फैसला उपर पुनरावेदन परी साधकको रोहबाट समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मेरी साइली आमा हिमकुमारी बस्नेत गौतम बुद्ध जयन्तीको दिन गरिने दिपावलीको निमन्त्रणा मान्न अ.आ. पटौरी गा.पं. वा.नं. ५ कुडापानी बस्ने मामा नाता पर्ने हरिलाल थापाको घर ०४४।१।३० गते साँझ आएको, ३१ गते अं. २ बजे आफ्नो घर जान हिंडेकी, घर नगई घरबाट खोजतलाश हुँदा जि.अ.खा. पोखराथोक गा.पं. वा.नं. ८ तुसारेको खोलाको किनारमा निजको लास ०४४।२।४ गते देखिएकोले जाहेर गर्न आएको छु भन्ने समेत विष्णुबहादुर बस्नेतको जाहेरी दर्खास्त । ३. बायाँ कान मुनि किराले खाई प्वाल भएको हड्डी देखिएको, बायाँ कान काटिएको, अनुहार किराले खाई चिन्न नसकिएको, सम्पूर्ण शरीर किराले छोपिएको, हाट खुट्टा सडी गली गएको, बायाँ हातमा १ बिता लामो कालो दाग देखिएको, कान जोर्निमा ढुंगाले थिचिएको घाउ भएको भन्ने समेत २०४४।२।८ को लास प्रकृति मुचुल्का । ४. ०४४।१।३१ गते दिनको १२।१ बजे तिर पटौरी गा.पं. वा.नं. ४ कुपापानी बस्ने जितबहादुरको छोरी अ.बर्ष १० कि एकर बस्ने ऐ.श्यामबहादुरको छोरी अं.वर्ष ११ की २ जना पाल्पा बल्डेड्डगडी गा.पं. खुर्सानी मावल जाँदा घटनास्थल तुसारे खोला नजिक २०।२२ वर्षको नचिनेको ३ जना हतार हतार गरी सालझण्डी जाने बाटो हुँदै गएको र ३ जना मध्ये १ जनाले केटीहरुको घर सोधी कुडापानी दुर्गेको घर देखि कता गई भनी सोधेको दुर्गेलाई बुटवलमा झोला दिएको थिएँ भनी कुरा गरेको निज २ केटीले सुनेको र दुर्गे भन्ने व्यक्ति बुझ्दै जाँदा पटौरी गा.पं. का उप प्र.पं. ओमबहादुर क्षेत्रीको छोरा भएको बुझिएकोले निज दुर्गे क्षेत्री संग बुझ्दा मा.जुठापौवा गा.पं. वा.नं. ३ चहल बस्ने हरीबहादुर खत्रीले घटना भएको ८।१० दिन पहिला झोला दिएको र ५।७ दिन पछि घुम्न आउँछु भनेको (साविक पेज नं. १५१) समेत बुझिएको प्रतिवेदन साथ हाजिर हुन आएका छौं भन्ने समेत प्र.स.नि. मानबहादुर पछाई समेतको २०४४।२।२३ को प्रतिवेदन । ५. मृतक मेरी श्रीमती ०४४।१।३० गते विहान घरबाट हिंडी आफ्नो मावली पर्ने हरीलाल थापा क्षेत्रीको घरमा आएकी, निज मावली आउँदा लगाएको सुन ढुंगरी डेढ तोला, माडवारी फुली, मुन