निर्णय नं. ६१३१ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१३१ - निषेधाज्ञा भाग: ३८ साल: २०५३ महिना: बैशाख अंक: १ फैसला मिति :२०५२/११/०१ ३२०७ निर्णय नं.६१३१ ने.का.प., २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा सम्वत् २०५१ सालको दे.पु.नं. .....२१०८ आदेश मितिः- २०५२।११।१।३ मुद्दा: निषेधाज्ञा । पुनरावेदक/वादीः- जिल्ला नवलपरासी, परासी गा.वि.स. वडा नं. ८ घर भै हाल जिल्ला रुपन्देही बुटवल नगरपालिका वडा नं. ८ बस्ने नारायण बहादुर कार्की । विरुद्ध विपक्षी/प्रतिवादीः- जिल्ला नवलपरासी, परासी आदर्श गा.वि.स. वडा नं. ९ बस्ने कृष्ण बहादुर कार्की । ऐ.ऐ. बस्ने पवित्रा कुमारी कार्की श्री कृषि विकास बैंक, मुख्य कार्यालय ऋण असुली कारवाही विभाग, काठमाडौं । श्री कृषि विकास बैंक, शाखा कार्यालय, नवलपरासी । निवेदक आमा बाबुसंग छुट्टी भिन्न भएको भन्ने अंशवण्डाको कुनै लिखित प्रमाण देखिएन । सँगोलको ऋण सबै अंशियारले व्यहोर्नु पर्ने हुन्छ । साथै बैंकमा धितो रहेको घर जग्गाहरु अंशवण्डा समेत कुनै श्रोतबाट निवेदकको हक दर्तामा आएको देखिंदैन । उक्त धितो घर जग्गाहरु बैंकसंग कर्जा लेनदेन व्यवहार गर्ने कर्ता पवित्रा कुमारीकै नाम दर्तामा रहेको देखिन्छ । यसरी विपक्षीहरु पवित्रा कुमारी र कृष्ण बहादुरले गरेको कर्जा बापत बैंकले कर्जा असुल गर्न पाउने कानूनी अधिकार नै हो । तसर्थ निवेदक अंशवण्डा भई भिन्न भएको भन्ने सबुद प्रमाणको अभावमा साथै जिल्ला अदालतमा दायर भएका मुद्दाहरुबाटै धितो फुकुवा हुने समेतका विवादहरु निराकरण हुने नै हुँदा निवेदकको हकमा आघात पुग्ने आशंका रहेको स्थिति नदेखिएकोले समेतबाट निवेदन खारेज हुने गरेको पुनरावेदन अदालतको निर्णय मुनासिब देखिएकोले सदर हुने । (प्र.नं.११) पुनरावेदक तर्फबाटः- × विपक्षी तर्फबाटः- × अवलम्वीत नजीरः- × आदेश न्या. मोहन प्रसाद शर्माः- पुनरावेदन अदालत बुटवलबाट मिति २०५०।१२।३१ मा भएको निर्णय उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- २. विपक्षी मध्येका कृष्ण बहादुर कार्की म निवेदकका पिता र विपक्षी मध्येकी पवित्रा कुमारी कार्की आमा हुनु हुनेछ । विपक्षी आमा बाबुसंग २०३३ सालमा नै छुट्टि भिन्न भई मेरो अंश भागमा परेको जिल्ला न.प. मझरिया गा.वि.स. अन्तर्गत वडा नं. ५ ग. कि.नं. ६०८ को ज.वि. ०-२-१५ जग्गा र सो जग्गामा बनेको घर समेत विपक्षी मध्येकी आमा पवित्रा कुमारी कार्कीले मलाई थाहै नदिई उक्त जग्गा विपक्षी कृषि विकास बैंक शाखा कार्यालय नवलपरासीमा धितो राखी कर्जा लेनदेन गरेको बदर गरी अंश हक कायम गरी विपक्षी कृषि विकास बैंक, शाखा कार्यालयले गरेको फुकुवा गरी पाऊँ भन्ने समेत व्यहोराको म निवेदकले श्री नवलपरासी जिल्ला अदालतमा फिराद पत्र दायर गरी कारवाही चली रहेछ । विपक्षी मध्येको कृषि विकास बैंक, मुख्य कार्यालयबाट मिति २०४८।१०।९ गतेको गोरखापत्रमा सूचना प्रकाशित गरी म निवेदकको कि.नं. ६०८ को जग्गा र सो जग्गामा भएको घर विपक्षी पवित्रा कुमारीले लिए खाएको कर्जा बापत मिति २०४८।११।२७ गते लिलाम गर्ने भन्ने व्यहोराको सूचना प्रकाशित गरेको हुँदा मेरो मंजुरी वेगर उक्त जग्गा धितो राखी कर्जा लेनदेन गरेको अवस्थामा विपक्षीहरुको सो कार्य स्वतः बदरजन्य भएकोले मैले विपक्षीहरुका उपर श्री नवलपरासी जिला अदालतमा दायर गरेको उक्त मुद्दाबाट इन्साफ हुने नै हुँदा म निवेदकले उल्लेख गरेको कि.नं. ६०८ को जग्गा र त्यसमा भएको घर गैर कानूनी तबरबाट लिलाम गर्ने पूर्ण आशंका श्रृजना भएको