निर्णय नं. ४४७३ - लागू औषध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४७३ - लागू औषध भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०२/२६ २४७८ निर्णय नं. ४४७३ ने.का.प. २०४९ (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत २०४७ सालको फौ.पु.नं. २१९ सम्वत् २०४७ सालको फौ.पु.नं. २२० फैसला भएको मिति : २०४९।२।२६।२ मा पुनरावेदक/प्रतिवादी: सदरखोर डिल्लीबजारमा थुनामा रहेको घनश्याम अधिकारी विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार पुनरावेदक/वादी: प्रहरी प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी: का.न.पं. वार्ड नं. १३ ताहाचल बस्ने घनश्याम अधिकारी मुद्दा : लागू औषध (१) प्रतिवादीको पुनरावेदनमा मात्र सीमित भई क्षे.अ. ले निर्णय गरेको मिलेकै हुँदा प्रतिवेदन माग अनुसार घर जफत हुनु पर्ने भन्ने अनुमति तहमा मात्र जिकिर लिई लगाउको कारणले सम्म अनुमति प्राप्त गरेको देखिँदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिरतर्फ विचार गरी रहन नपर्ने । (प्रकरण नं. २३) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी/वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री वलराम के.सी. फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. म.क्षे.अ. को इन्साफ उपर उभय पक्षलाई पुनरावेदनको अनुमति प्रदान भई आएको मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. मैले लागू औषध चरेशको बन्द व्यापार गरेको ०३९ सालदेखि हो, सो सालमा क्षेत्रपाटी बस्ने गुम्छा आचिङसंग ५०० ग्राम ह्वाइट सुगर भन्ने लागू औषध खरीद गरी प्रतिग्राम रु. २००।– का दरले इटालीमा लगी बिक्री गरे त्यसपछि ताहाचल बस्ने शिव श्रेष्ठ संग २००।– ग्राम चरेश प्रतिग्राम रु. १००।– मा खरिद गरी इटालियन मचेलो मिचेलो भन्ने विदेशीहरुलाई प्रतिग्राम रु. २००।– का दरले बिक्री गरिसकेपछि गत ३ महिना अगाडि का.जि. लाजिम्पाट बस्ने फुन्जा गुरुङबाट ७०० ग्राम ब्राउन सुगर प्रतिग्राम रु. २००।– मा खरीद गरी सितापाइला बस्ने देवेन्द्र कपालीलाई र सानेपा बस्ने अग्नीकुमार भट्चन ३।३ सय ग्राम ब्राउन प्रतिग्राम रु. २५०।– का दरले बिक्री गरिसके र ६० ग्राम ब्राउन सुगर देखे चिन्ने मान्छेलाई उसै बखत सोही रेटमा बिक्री गरिसके बाँकी ४० ग्राम मेरो कोठामा थियो । मिति ०४२।१२।१३ गते प्रहरीले खानतलासी लिई बरामद गरेको हो चरेशको व्यापार गर्दा खेरी नाम थाहा नभएको विदेशीसंग चरेश पेल्ने प्रेस मेसिन खरिद गरेको थिएँ । सो मेसीन झंसीखेल डेरामा राखेको हुँ र पहिला पनि लागू औषध बिक्री गरेमा सजायँ समेत पाएको हुँ भन्ने समेत व्यहोराको पुनरावेदन प्रतिवादी घनश्याम अधिकारीको मिति ०४२।१२।१४ गते प्रहरी समक्ष भएको बयान । ३. घनश्याम अधिकारीको झंसीखेलको डेराबाट चरेश प्रेस गर्ने मेसिन फेला परेको ठीक हो भन्ने समेत व्यहोराको मिति ०४२।१२।१४ को बरामदी मुचुल्का । ४. हाल पक्राउमा परेको घनश्याम अधिकारीले पहिले पनि लागू पदार्थको कारोबार गर्छन भन्ने कुरा मलाई केही थाहा छैन । हाल कारवाही भइरहेको भन्ने कुरा लागू औषध सन्दर्भमा लागू पदार्थ कति बरामद गरेको हो थाहा भएन । लागू पदार्थमा कारवाही भएकोसम्म थाहा पाएको हुँ अरु केही थाहा छैन भन्ने समेत शरण काफ्ले र ब्राउन सुगर कारोवार गर्दछन भन्ने कुरा हामीलाई विश्वास लाग्दैन भन्ने समेत व्यहोराको अन्य व्यक्तिहरुको मिति ०४२।१२।२७ को सरजमीन मुचुल्का । ५. संकलन हुन आएको सबूद प्रमाणको आधारमा छानबीन गर्दा घनश्याम अधिकारीको घर तलासी लिंदा ४० ग्राम ब्राउन सुगर हिरोइन तथा चरेश प्रेस गर