निर्णय नं. ६१३५ - कुटपिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१३५ - कुटपिट भाग: ३८ साल: २०५३ महिना: बैशाख अंक: १ फैसला मिति :२०५२/११/१४ ३०३० निर्णय नं.६१३५ २०५३, ने.का.प. संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५१ सालको फौ.पु.नं. .....८६५ फैसला मितिः- २०५२।११।१४।२ मुद्दा: कुटपिट । पुनरावेदक/वादीः- जिल्ला कपिलवस्तु, तौलिहवा हाल कपिलवस्तु नगरपालिका वडा नं. ५ लुम्बिनी रोड बस्ने विजयकुमार गुप्त । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः- जिल्ला कपिलवस्तु, तौलिहवा हाल कपिलवस्तु नगरपालिका वडा नं. ३ लुम्बिनी रोड बस्ने छेदी भन्ने जुवेर हल्वाई मु.। ऐ.ऐ. बस्ने आलम हल्वाई मु. । ऐ.ऐ. बस्ने मुन्नु भन्ने आजम हल्वाई मु. । घा जांच केश फारामले घा चोट पटक के कति कस्तो प्रकारको लागेको छ भन्ने सम्म देखाउने हुन्छ । सो केश फारामबाट प्रतिवादीहरुले नै कुटपिट गरेको भन्ने पुष्टयाई हुन सक्ने अवस्था नहुने । (प्र.नं.१३) केवल फिराद लेखको आधारमा मात्र प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको ठहराउन न्यायोचित नहुने । (प्र.नं.१४) पुनरावेदक वादी तर्फबाटः- × प्रत्यर्थी प्रतिवादी तर्फबाटः- × अवलम्वीत नजीरः- × फैसला न्या. उदयराज उपाध्यायः- पुनरावेदन अदालत बुटवलको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दपा ९(१)(ग) बमोजिम यस अदालतको अधिकार क्षेत्र भित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः- २. २०४७ साल आषाढ ७ गते वृहस्पति वारको दिन ७.३० बजेको समयमा भन्द्र हलुवाईको दाई विपक्षी प्रतिवादी छेदी हलवाई मु.र. आलम हलुवाई मु.ले मेरो घरको अगाडि आई मसंग गैरकानूनी अपमानित तरिकाले कुटपिट गरेकोले मिति २०४७।३।८ गतेमा घा चोट जांच गरी पाउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवामा दरखास्त दिई प्रहरीद्वारा पृथ्वी विर अस्पताल तौलिहवामा घाउ जाँच भएकोले विपक्षी प्रतिवादीहरुलाई कुटपिटको ६, ७, ८, ११, १९ नं. समेत बमोजिम सजाय गरी घा खर्च समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादीको फिराद दाबी अनुसार कुटपिट समेतको कुने वारदात कसुर भए गरेको हैन वादीको सम्पुर्ण फिराद लेख दावी झुठा हो हाम्रो सुर्तिको पसल रहेको विपक्षी वादीले २०४७ साल वैशाख महिनामा म छेदी भन्ने महमद कुवेरसंग रु.५००।- उधारो लगेको सो रुपैया २०४४ साल जेष्ठ महिनामा विपक्षी संग माग्दा विवाद गरी रिषईवी लिई सोही कारणले विभिन्न झुठा गैर कानूनी मुद्दा दिएका हुन् । मिति २०४७।३।८ गते अन्दाजी ७ बजेको समयमा विपक्षी विजय कुमार दिसा गर्न गएको बखत बर्षातको समय हुँदा चिप्ली लडेको सोही चोटलाई देखाई जाल प्रपंचयुक्त कुराहरु उल्लेख गरी झुठा मुद्दा दिएका हुन्, फिराद दाबीबाट फुर्सद गरी पाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. आदेशानुसार वादीको साक्षीको नाउँमा समाव्हान् जारी गरी पठाउँदा वादीले आफ्नो साक्षी उपस्थित गराउन नसकेको । ५. २०४७।३।८ गते बिहान ७ बजेको समयमा वादी दिसा गर्न जाँदा हिलोमा चिप्ली चोट पटक निजलाई लागेको मैले दखेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी हरि राम गुप्ता समेतको बकपत्र । ६. २०४७।३।८ गतेमा भएको घाउ जांच केश फाराम मिसिल सामेल भएको । ७. घाउँ जांच केश फाराम हेर्दा वादीका शरीरमा घा चोट लागेको देखिन आएकोले कुटपिट गरेको होईन भन्ने प्रतिउत्तर जिकिर सत्य सांचो देखिन नआएको र प्रमाण समेत पेश दाखिल गर्न नसकेको हुँदा वादीलाई घा जाँच केश फाराममा लेखिए बमोजिम घाउ चोट पारी प्रतिवादीहरुले कुटप