निर्णय नं. ४४७६ - कीर्ते जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४७६ - कीर्ते जालसाजी भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०२/३२ २४०३ निर्णय नं. ४४७६ ने.का.प. २०४९ (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केशबप्रसाद उपाध्याय सम्वत् २०४६ सालको फौ.पु.नं. ६१६ फैसला भएको मिति : २०४९।२।३२।१ मा पुनरावेदक/प्रतिवादी: धनकुटा न.पं. वडा नं. ३ बस्ने भद्रनाथ पोखरेल विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने हर्कबहादुर राईसमेत मुद्दा : कीर्ते जालसाजी (१) राजीनामा प्राप्त भएको दुई नमूनाको लागि प्राप्त भएको राजीनामाको हस्ताक्षर आपसमा भिडाई जाँच गर्दा सही नक्कल गरी गरेको हुँदा नमूनासँग नभिड्ने भनी सोही रायलाई समर्थन गरी बकपत्र समेत गरेको पाइन्छ । अतः पुनरावेदक प्रतिवादीले तात्कालिन न.पं. कार्यालयमा दिएको निवेदनमा विवादित जग्गा भोगबन्धीमा खाएको भन्ने तथ्य एवं मिति २०२५।१।२५ को चलन पूर्जी सम्बन्धमा रेखा तथा लेखा विशेषज्ञको लेखक कारणीको सही असमान रहेको भन्ने समेत आधार प्रमाणबाट २०२५।१।२५ को चलन पूर्जी जालसाज गरी खडा भएको भन्ने देखिने । (प्रकरण नं. ११) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ता श्री कृष्ण सापकोटा विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री वोर्णबहादुर कार्की फैसला न्या.केशवप्रसाद उपाध्याय १. पू.क्षे.अ. बाट मिति २०४५।१०।७ मा भएको आदेश उपर पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. १९९७ साल जाँचमा पगरी मक्कर धोज हैकमसिं संयुक्त जिम्मा दर्ता धनकुटा पासिंक पात्ले तर्फ सि.नं. ९ मा किपटीया तिरो रु. ६।५० भित्र फिरादी सितलमायाको पति म फिरादी हर्कबहादुरका बाबु महाप्रसाद राईका नाउँमा दर्ता भएको जगगाहरु पति तथा पिता मरी हाम्रो हकभोग भई म फिरादी सितलमायाका नाउँमा भू.सु. ७ नं. फाराम भरेको म हर्कबहादुरका नाउँ जि. सुखपालासंग मार्फत तिरो तिर्दै हामीले सगोलबाट भोगी चर्चि आएको जग्गा मध्ये हाल जगतबहादुर श्रेष्ठको बोरी देखि पूर्व ओमबहादुरको बोरी देखि पश्चिम जयबहादुर राईको गैरी वारी देखि दक्षिण ओमबहादुर बस्तेतकै वारीसंग साँध उत्तर यति ४ किल्लाभित्रको बीजन माना ।।३ लाग्ने फिरादी सितलमायाले ७ नं. फाराम क्र.सं. ४ को कुत्यावारी समेतको जग्गा नापीको समयमा दर्ता गर्न कुरा भएको हुँदा कारवाही चलाउन बाँकी नै थियो विपक्षी भद्रनाथले उक्त हाम्रो कुत्यावारी जग्गा रु. ५०००।– मा ०१८ साल देखि भोगबन्धकी खाई ४ नं. जो.अ.नि. पनि भरेको छु, सो जग्गामा खनजोत गर्न दिएन छोरा कुटि दियो भनी ०४२।१०।२३ गते म हर्कबहादुरका नाउँमा ध.न.न.पं. मा उजूर परेकोमा कारवाही चलिरहेको थियो म हर्कबहादुर समेतका नाउँमा लुटपीट मुद्दामा फिराद गरेको कुरा मिति ०४३।५।२२ मा समाव्हान तामेल हुँदा थाहा पाई झुठ्ठा कुरामा किन उजूर गरेको होला भनी हाम्रा साक्षी र गाउँका मानिससंग कुरा गर्दा विपक्षीले हाम्रा हक भोगको कुत्यावारी भन्ने पाखावारी हाम्रा नाउँमा दर्ता गरी धनी पुर्जा लिएको कुरा बताएकोले के रहेछ भनी मा.पो.का. धनकुटामा गई बुझ्दा हाम्रो उक्त कुत्यावारी भन्ने जग्गाको दक्षिण पूर्वतर्फ आधा जति जग्गा साविक धनकुटा बजार गा.पं. वा.नं. ४ को कि.नं. २०२ को रो. १३।१।३ कित्ताकाट भएको जग्गा जिम्मावाला शंखसेर राई जिम्मा भित्रको मिनाहा रु. ३।– दर्ता भएको भन्ने पारी पगरी जि.झुक्कलबहादुर राईबाट मिति ०२५।१।२५।२ मा चलान पूर्जी लिएको जालसाज कीर्ते कागज तया