निर्णय नं. ४४७८ - लागू औषध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४७८ - लागू औषध भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४०/०१/१० २६४९ निर्णय नं. ४४७८ ने.का.प. २०४९ (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको फौ.पु.नं. ३८४ फैसला भएको मिति : २०४९।१।१०।४ मा पुनरावेदक/प्रतिवादी: का.न.पं. वडा नं. ओमबहाल डेरा गरी बस्ने दिपक अरोरा विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार मुद्दा : लागू औषध (१) आफ्नो पेन्टको पकेटमा राखेको २५ ग्राम सेतो हेरोइन बरामद भएको ठीक हो भनी लेखाई सही समेत गरी दिएबाट बरामद गरेको होइन भन्न नमिल्ने । (प्रकरण नं. २०) विपक्षी/वादीतर्फबाट: विद्वान न्यायाधिवक्ता श्री मोहन थपलिया फैसला न्या.लक्ष्मणप्रसाद अर्याल १. म.क्षे.अ. को इन्साफमा चित्त नबुझी दायर हुन आएको पुनरावेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. दिपक अरोराले अवैध लागू औषध हेरोइनको व्यापार गर्ने गरेको छ, भन्ने बुझिन आएकोले कानुन बमोजिम होस् भन्ने समेतको ०४३।६।२० को प्र.ह. चोकबहादुरको प्रतिवेदन । ३. बसन्तपुर डवलीमा दिपक अरोराको जिउ तलासी लिँदा निजले लगाएको पेन्टको दाहिने पट्टिको पाकेटमा प्लाष्टिकको कागजभित्र पोको पारी राखेको हेरोइन सेतो २५ ग्राम लागू औषध फेला परी बरामद भएको ठीक छ भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । ४. दिपक अरोरालाई खोजी गर्दा फेला परी निजको जिउ तलासी लिँदा २५ ग्राम हेरोइन लागू औषध बरामद भएकोले बरामदी मुचुल्का र सामान समेत कारवाहीका लागि पेश गरेको छु भन्ने समेत व्यहोराको प्र.नि.भरतबहादुर जि.सी. समेतको प्रतिवेदन । ५. ०४३।७।२ गते म बसन्तपुरमा घुमी रहेको बखत मलाई प्रहरीले पक्राउ गरेको हो, र मेरो पेन्टको गोजीबाट २५ ग्राम हेरोइन बरामद भएको होइन, बरामदी मुचुल्का खडा भएको रहेछ सो बारे मलाई केही थाहा छैन । अहिलेसम्म मैले कुनै लागू औषधको कारोवार गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक अरोराले प्रहरीमा गरेको बयान । ६. २५ ग्राम हेरोइन दिपक अरोराबाट बरामद भएको विश्वास लाग्दैन निज रेडिमेड व्यापार गर्ने मानिस हुन् त्यस्तो लागू औषधको कारोबार गर्ने खालको मानिस होइन भन्ने समेत सरजमीन मुचुल्का । ७. उपरोक्त सबूद प्रमाणको आधारमा छानबीन गर्दा ०४३।७।२ गते प्रतिवादी दिपक अरोरालाई प्र.नि. भरतबहादुर जि.सी. समेतले पक्राउ गरी निजको शरीर तलासी लिँदा निजले लगाएको पेन्टको खल्तीबाट २५ ग्राम हेरोइन फेला परी बरामद भएको मौकाको मुचुल्काबाट देखिन आएकोले प्रतिवेदन मौका मुचुल्का समेतको आधारबाट प्रतिवादीले कसूर गरेमा इन्कार रहेको भए पनि दिपक अरोराले लागू औषध हेरोइन २५ ग्राम खल्तीमा राखी बिक्री गर्न लिई हिँडेको भन्ने देखिन आयो । सो देखिँदा दिपक अरोराले लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ४(घ)(च) को कसूर गरेको प्रष्ट देखिन आएकोले निज उपर उक्त ऐनको दफा १४(ख)(ग) अनुसार कारवाही सजायँ हुन बरामदका लागू औषध र दिपक अरोरालाई यसै प्रहरी प्रतिवेदन साथ प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । ८. प्रहरी समक्ष भएको बयानमा भएको हस्ताक्षर सही मेरो हो । बयान व्यहोराको हकमा ०४३।७।२ गते बसन्तपुरमा घुमिरहेको बखत पक्राउ गरेको भन्ने भनाई झुठ्ठा हो । ०४३।७।२ गतेको बरामदी मुचुल्का झुठ्ठा हो । सो मुचुल्कामा मलाई पहिलो पटक म्याद थप गर्नु भन्दा २।३ दिन अघि प्रहरीले पढी वाची नसुनाई कुटपिट गरी जबरजस्ती सहिछाप गरिएका हुन । सहिछाप मेरो हो । प्रहरी प्रतिवेदन साथ दाखिल हुन आएक