निर्णय नं. ४४७९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४७९ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०२/०५ २९६८ निर्णय नं. ४४७९ ने.का.प. २०४९ (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रि.नं. १४३२ आदेश भएको मिति : २०४९।२।५।२ मा निवेदक : भेरी दैलेख विन्धवासीनी गा.पं. वडा नं. ३ बस्ने दानबहादुर साही विरुद्ध विपक्षी :श्री ५ को सरकार, अर्थमन्त्रालय, बागदरवारसमेत विषय : उत्प्रेषण (१) आफ्नो कानुनी हकको प्रचलनको लागि कानुनी प्रकृया नअपनाई कानुनी प्रकृया बाहेकको काम कारवाई वा मरमोलाहिजामा लागेको समयलाई न्यायिक रुपले क्रियाशील समय भन्न नमिल्ने । (प्रकरण नं. २०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.केदारनाथ उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. आछाम जिल्लामा निम्न कोटीको मदिरा उत्पादन गर्ने आधुनिक खालको डिस्टीलरी स्थापना गरी वा सीमानामा जोडिएको अन्य जिल्लामा स्थापना भएको डिस्टीलरीबाट मदिरा उत्पादन गरी बिक्री वितरण गर्न चाहनेहरुबाट बोलपत्र (दरखास्त) आव्हान गरी विपक्षी नं. २ बाट मिति ०४३।१।२९ को गोरखापत्रमा प्रकाशित सूचनानुसार निवेदकले म्याद भित्रै दिएको बोलपत्र तथा निवेदन समेतमा कारवाही भई आछाम जिल्लाको लागि वार्षिक न्यूनतम ग्यारेन्टी रु. ८,५०,०००।– सकार गरेमा डिष्टीलरीबाट स्थापनार्थ निवेदकलाई इजाजतपत्र दिने भनी विपक्षी नं. १ बाट मिति ०४३।७।४ मा निर्णय भएकोले सो सम्बन्धमा कबूलियत गरी इजाजतपत्र लिन आउन विपक्षी नं. २ ले मिति २०४३।७।९ मा पठाएको पत्रानुसार विपक्षी नं. २ मा उपस्थित भई मिति २०४३।७।१७ मा कबूलियत गरी अन्तःशुल्क नियमहरु, २०१९ को नियम ३ संग सम्बन्धित अनुसूची (घ) (ङ) बमोजिमको इजाजत मिति २०४३।७।१८ मा प्राप्त गरी लाखौं रुपैयाँ खर्च गरी आधुनिक खालको डिष्टिलरी खडा गरी परीक्षण उत्पादन गरी सो डिष्टिलरीबाट ट्रायल प्रोडक्सन मदिरा परीक्षण भई मिति २०४४।११।२० देखि डिष्टिलरी सञ्चालन गर्ने भन्ने निर्देशन र २०४४।११।२४ को पत्रानुसार सबै काम पूरा गरी डिष्टिलरी संचालनको इजाजत प्राप्त गरी सकेको थिएँ । मिति २०४३।७।१८ मा भएको कबूलियतको शर्तहरुको अधीनमा रही २०४४।७।३० मा विपक्षी नं. २ समक्ष अर्को कबूलियत भई इजाजतपत्र आ.ब. ०४४।४५ को लागि नवीकरण समेत भइसकेको थियो । अगामी आर्थिक वर्षको लागि सम्झौता अनुसार निम्नकोटीको मदिराको काम नगर्ने इच्छा भएमा चालु आर्थिक वर्ष समाप्त हुनु भन्दा घटीमा ३ महिना अगावै श्री ५ को सरकार अन्तःशुल्क विभागमा आई पुग्ने गरी सो व्यहोराको लिखित आवेदन दिने छु, यसरी निवेदन दिएकोमा आगामी आर्थिक वर्षको न्यूनतम ग्यारेन्टी रकम बुझाउने जिम्मेवारी म माथि रहने छैन सो अनुसार समयमा निवेदन नदिएमा आगामी आर्थिक वर्षका लागि मेरो नामको इजाजतपत्र नवीकरण हुन वा गराउन नसकेमा पनि आगामी आर्थिक वर्षको लागि समेत सम्झौतानुसारको न्यूनतम ग्यारेन्टी रकम बुझाउने छु भन्ने भएको र आ.ब. ०४५।४६ का लागि नवीकरण गर्न निवेदन दिइसकेको छु । यस्तैमा कालिकोट जिल्लामा निम्नकोटीको मदिरा उत्पादन गर्ने आधुनिक खालको डिष्टिलरी स्थापना गरी वा सीमाना जोडिएको अन्य जिल्लामा स्थापना भएको डिष्टिलरीबाट उत्पादित मदिरा आपूर्तिद्वारा बिक्री वितरण गर्न चाहनेबाट बोलपत्र आव्हान गरी वि