निर्णय नं. ४४८० - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४८० - उत्प्रेषणयुक्त परमादेश भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०१/०४ २७९७ निर्णय नं. ४४८० ने.का.प. २०४९ (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी २०४६ सालको रिट नं. ६०३ आदेश भएको मिति : २०४९।१।४।५ मा निवेदक : जि. मोरङ टाँडी गा.पं. वडा नं. ८ बस्ने अशोककुमार लिम्बू विरुद्ध विपक्षी : विजयप्रसाद रेग्मी, मा.पो.अ., मा.पो.का.मोरङसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) झोरा क्षेत्रको जग्गा सम्बन्धी ऐन, २०२८ को दफा ३(१) हेर्दा यो ऐन प्रारम्भ भएको झोरा क्षेत्रको जग्गामा जग्गावालाको आफै खेती गरिआएको नभई रैतीले कमाई आएको जग्गाको सम्बन्धमा त्यस्तो जग्गावालाको सबै किसिमको हक र अधिकार समाप्त हुने छ भन्ने कानुनी प्रावधान रहेको पाइन्छ तर प्रस्तुत विषयमा सो अवस्था विद्यमान नभई ऐन प्रारम्भ भई झोरा ऐन अनुसार दावीको जग्गा निवेदकका नाउँमा नापी नक्सा भएको देखिएकोले ऐ. ऐनको दफा ४(१) बमोजिम बसोबास नगरेको भन्ने समेतका आधारमा निवेदकका नाउँमा दर्ता नहुने गरेको मा.पो.का. को निर्णय मिलेको देखिएन, अतः मालपोत कार्यालयले गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकूरेल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री केशवप्रसाद भट्टराई, विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.कृष्णजंग रायमाझी १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. जि.मोरङ मधुमल्ला गा.पं. वडा नं. ७(झ) कि.नं. ६३, ६४ र ६५ जग्गा म निवेदकले जोत भोग गरी आएको छु । उक्त जग्गा झोरा क्षेत्रको हो । झोरा क्षेत्रको जग्गा सम्बन्धी ऐन, २०२८ को दफा ४ बमोजिम उक्त जग्गा हामीलाई बिक्री गर्नु पर्ने प्रष्ट छ । २०२८ सालमा शाही आयोगबाट नापी हुँदा कि.नं. ६४, ६५ निवेदक मोहीको नाममा नाप नक्सा भई क्षेत्रीय किताबमा जनिई श्रेस्ता तयार भयो कि.नं. ६३ को पनि निवेदकले नै खनजोत गरी आएको छु । यसरी ६३, ६४ कि.नं. को जग्गाहरु जसको क्षेत्रफल विगहा ४–१७–१, ०–१४–६, ०–१९–१० क्रमशः कायम भएको छ । म अशोककुमारको जोतभोग बसोबासको हो र यो तथ्यलाई शाही आयोगबाट नाप नक्सा भई मिति २०२८।९।२७ मा खडा भएको क्षेत्रीय किताबमा मैले ल्याप्चे दस्तखत गरी जनाएको किसानको व्यहोराबाट सप्रमाण पुष्टी हुन्छ । जग्गा मैले नकमाएको भए त्यस्तो व्यहोरा जनाउन पाउने अधिकार र अवस्था हुने थिएन । सो जग्गाबाट मलाई विस्तापित गर्ने उद्देश्यले विपक्षीहरुले कुटपिट गरे उपर मैले उक्त कि.नं. का जग्गा म निवेदकका नाममा दर्ता गरी दिनु भन्ने हु.प्र. बक्स पाउन मिति २०४०।१०।२२ मा विन्तिपत्र चढाउँदा हु.प्र. बक्स भई आएपछि कारवाही हुँदा विपक्षी रत्नमाया मगर र मेरो मुख नमिलेको कुरामा निर्णय दिनु पर्नेमा सो नगरी मेरो दावी खारेज हुने ठहराइएको मा.पो.का. को निर्णय अ.बं. १८४क र १८४ तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिकुल हुँदा बदरभागी छ । मा.पो.का. ले गरेको २०४२।१।३ को आदेश पत्रमा विद्यमान कानुनी त्रुटिलाई औल्याई म समेतले उत्प्रेषणयुक्त परमादेशको रिटनिवेदन गरेकोमा मा.पो.का. मोरंगको २०४२।१।३० को निर्णय बदर गर्दा । मा.पो.का. मोरंगबाट निवेदकहरुका तथा प्रत्यर्थीहरुको बेग्लाबेग्लै निवेदन परेकोमा एउटै मिसिल खडा गरी कारवाही गरी मिति २०४२।१।२० मा गरेको त्रुटिपूर्ण निर्णय उत्प्रेषणको