निर्णय नं. ६१३७ - फैसला बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१३७ - फैसला बदर भाग: ३८ साल: २०५३ महिना: बैशाख अंक: १ फैसला मिति :२०५३/०१/२५ ३७५८ निर्णय नं.६१३७ २०५३, ने.का.प. संयुक्त इजलास माननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०५१ सालको दे.पु. नं. .....१९१८ फैसला मितिः- २०५३।१।२५।३ मुद्दा: फैसला बदर । पुनरावेदक/वादीः- काठमाडौं जिल्ला काठमाडौं नगरपालिका वडा नं. २५ ईन्द्रचोक घर भई हाल जिल्ला मकवानपुर गा.वि.स.पालुङ्ग वडा नं. ५ बस्ने राधामोहन प्रसादको छोरा रामाशंकर रौनियार । विरुद्ध विपक्षी/प्रतिवादीः- जिल्ला पर्सा, विरगंज नगरपालिका वडा नं. ८ बस्ने कपिलदेव प्रसाद रौनियार । जुन तामेलीलाई कीर्ते जालसाजी भन्ने दाबी जिकिर गरी यो फैसला बदरको नालेश वादीले गरेका हुन् सो म्याद जालसाजी कीर्ते मुद्दाको फैसला दोहोर्याई पाऊँ भन्ने वादीको निवेदन नै यस अदालतको संयुक्त इजलासबाट मिति २०५२।३।२६ गते तामेलीमा राख्ने आदेश भैसकेकोबाट यो फैसला बदर गर्न दिएको मुल आधार नै अस्तित्व विहिन भै सकेको र लगाउको फौ.पु.नं. ८८७ को कीर्ते जालसाजी मुद्दामा वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ नै सदर ठहरी आजै यसै इजलासबाट फैसला भएको समेतका आधार प्रमाणबाट पुनरावेदकको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्र.नं.११) अ.बं. ८६ नं. का आधारमा लेनदेन मुद्दामा भएको फैसला बदर गरी पाऊँ भन्ने वादीको फिराद दावी देखिन्छ । अ.बं. ८६ नं. को कानूनी व्यवस्था हेर्दा फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा सो फैसला डिसमिस मिलापत्र खारेज भएकोले अर्काको हक समेत जाने भएको रहेछ भने जसको हक जाने छ त्यसले थाहा पाएको पैतिस दिन भित्र यसमा हाम्रो पनि हक लाग्छ यसले मात्र हारी वा डिसमिस खारेज मिलापत्र गराएकोले हाम्रो हक जाने होईन भनी आफ्नो हक जतिमा झगडियाका नाउँमा नालिश दिए इन्साफ गरी दिनु पर्छ भन्ने व्यवस्था भएबाट यी पुनरावेदक वादी स्वयं फैसला बदर गर्न माग गरिएको लेनदेन मुद्दाको प्रतिवादी भएको देखिँदा अ.बं. ८६ नं. को सुविधा निजले पाउन सक्ने भन्न नमिल्ने । (प्र.नं.११) कुनै दुई पक्ष मिलि आपसमा मुद्दा गरी फैसला मिलापत्र ईत्यादि गराई तेश्रो पक्षको हक जाने कृया भएको रहेछ भने त्यस्तो अवस्थामा मात्र अ.बं. ८६ नं. बमोजिम तेश्रो पक्षले उजुर गर्न पाउने । (प्र.नं.११) पुनरावेदक वादी लेनदेन मुद्दामा तेश्रो पक्ष नभै प्रतिवादी अर्थात दोश्रो पक्ष रहेकोले निजलाई फैसला बदरमा नालेश गर्ने हकदैयाको अभाव रहेको देखिने । (प्र.नं.११) पुनरावेदक तर्फबाटः- × विपक्षी तर्फबाटः- × अवलम्वित नजीरः- × फैसला न्या. गोबिन्द बहादुर श्रेष्ठः- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत हेटौडाको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छः- २. विपक्षीहरुलाई मैले जिल्ला पर्सा शंकर सरैया गाऊँ पंचायत अन्तर्गतको जग्गा जमिन रेखदेख गर्न बाली बुझ्न र त्यस सम्बन्धमा मुद्दा मामिला गर्नको लागि वारेसनामाको लागि केही लिफा दिई राखेकोमा विपक्षी समेतले सो वारेसनामाको लिफामा कपाली तमसुक बनाई सो कपाली तमसुकमा मेरो गलत वतन र उमेर समेत लेखी कीर्ते जालसाजी गरी मलाई प्रतिवादी बनाई लेनदेन मुद्दा दिई मेरो नाउँको इतलायनामा सोही गलत वतनमा तामेल गराई मलाई प्रतिवाद गर्न मौकाबाट समेत बंचित गरी कीर्ते जालसाजी काम कारवाही र तामेलीमा समेत कीर्ते जालसाजी गर्नु गराउनु भएकोमा विपक्षी समेत उपर कीर्ते जालसाजी मुद्दामा सम्प