निर्णय नं. ४४८१ - ट्याक्टर दुर्घटनाबाट मरेको ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४८१ - ट्याक्टर दुर्घटनाबाट मरेको ज्यान भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०२/०७ ३३१७ निर्णय नं. ४४८१ ने.का.प. २०४९ (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४७ सालको साधक नं. ३१५ फैसला भएको मिति : २०४९।२।७।४ मा पुनरावेदक/वादी: खडकबहादुर कवरको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी: दाङ जिल्ला मानपुर गा.वि.स. वडा नं. १ बस्ने रामकिशन गुप्ता मुद्दा : ट्याक्टर दुर्घटनाबाट मरेको ज्यान (१) सवारी ऐन, २०२० दफा २ को खण्ड (छ) र (क) को उपखण्ड (झ) मा गरिएको परिभाषाले “मोटर” भन्नाले ट्याक्टर भन्ने पनि देखिने । (प्रकरण नं. १५) (२) अभियोग पत्रबाट प्रतिवादी उपर सवारी ऐन, २०२० को दफा ५१(१) को प्रष्ट किटान अभियोग नलगाई ज्या.सं.को १३(३) को अभियोग लगाइएको देखिन्छ दफा ५२(१)(क) को सजायँको माग लिंदैमा दफा ५१(१) को माग दावी रहेको भनी भन्ने ऐनको बनोटले नमिल्ने । (प्रकरण नं. १५) (३) सवारी ऐन, २०२० को दफा ५१ (१) क सवारी ऐनको अन्य दफाले हुने सजायँमा सजाय थप गर्ने व्यवस्था गरेकोसम्म देखिने । (प्रकरण नं. १५) (४) सवारी ऐन, २०२० को दफा ५१ (१) ले सवारी चलाई मानिस मर्दैमा ज्या.सं. १३(३) को अपराध भएको भनी मानिहाल्ने अवस्था नहुने । (प्रकरण नं. १५) (५) सवारी ऐन, २०२० को दफा ५१(१) ले मारौं भन्ने नियत लिई ट्याक्टर चलाएको र मानिस मरेको भन्न नसकिएको र प्रमाणबाट नदेखिएको अवस्थामा ज्या.सं. १३(३) को कसूर गरेको भन्न नमिल्ने । (प्रकरण नं. १५) (६) प्रतिवादीले प्रहरीको बयान बमोजिम ट्याक्टर चलाई लगेको भए पनि आफूले गरेको कामले मानिस मर्ला भन्ने जस्तो नदेखिई लग्दा ढेबलीमा ठोकी ठक्कर लागी गाडीको अगाडि भागको दाहिने चक्काले मृतकलाई लाग्न गई मर्न गएको भवितव्य परी मर्न गएको देखिने । (प्रकरण नं. १५) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.कृष्णजंग रायमाझी १. म.प.क्षे.अ. को फैसला उपर श्री ५ को सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मिति ०४५।३।२२ गते दिनको अं. ११.०० बजेको समयमा तुलसीपुर (छ) लाइन तर्फबाट आएको लुम्बिनी अञ्चल (थ) ८०२ नं. को ट्याक्टर चालक रामकिशन गुप्ताले चलाएको ट्याक्टरले मेरो ६ वर्षको छोरा प्रवीन कवरलाई ठक्कर दिई घटनास्थलमा नै मृत्यु भएकोले जाहेरी गर्न आएको छु भन्ने समेत खडकबहादुर कवरको मिति २०४५।३।२२ को जाहेरी दर्खास्त । ३. ट्याक्टर चालक रामजिवन हलवाई घर गएका र ट्याक्टर बनाउन हामिद गुप्ता कहाँ दिएकोमा बनाई ठिक भएको देखेकोले उक्त ट्याक्टर मेरो ज्वाई गंगाराम गुप्ताको भएको हुँदा आफू खुसी ट्याक्टरलाई ज्वाईको घर तर्फ लैजान लाग्दा गणेश होटलको देबलीमा ठोकी ठक्कर लागी अगाडिको भागको दाहिने चक्काले जाहेरवालाको छोरा प्रवीन कवरलाई किची मारेको भन्ने समेत प्र.रामकिशन गुप्ताले प्रहरीमा गरेको बयान । ४. ट्याक्टर चलाउन नजान्ने र अनुमति बिनाको हँकाइबाट प्रवीनको मृत्यु हुन गएकोले निज प्रतिवादीलाई कानुन बमोजिम सजायँ हुनु पर्छ भन्ने समेत गाउँ सरजमीन मुचुल्का । ५. मिति २०४५।३।२२ गतेका दिन प्रतिवादी रामकिसन गुप्ताले दाङ तुल्सीपुर गा.पं. वडा नं. ५ तुल्सीपुर बजारमा सवारी चलाउने अनुमति पत्र नलिई लु.अ.थ. ८०२ नं. को टेक्टर चलाई प्रवीन कवर योगीलाई ठक्कर दिई किची मारेकोले प्रतिवादीले सवारी ऐन, २०२० को दफा ३(१), दफा २८(१