निर्णय नं. ४४८३ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४८३ - उत्प्रेषण समेत भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०२/३२ २५८२ निर्णय नं. ४४८३ ने.का.प. २०४९ (क) अङ्क २ एक न्यायाधीको इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४९ सालको रि.नं. २४४२ आदेश भएको मिति : २०४९।२।३२।१ मा निवेदक : का.न.पा. वार्ड नं. ३३ डिल्लीबजार बस्ने लक्ष्मीप्रसाद श्रेष्ठ विरुद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत, डिल्लीबजारसमेत विषय : उत्प्रेषण समेत (१) दण्ड सजायँको ४३ नं. को व्यवस्थाबाट पुनरावेदन लाग्ने मुद्दामा पुनरावेदनको म्याद सम्म चलन चलाउने तर्फ पर्खनु पर्ने हो तर निवेदकले उल्लेख गरेको घरबाट उठाई चलन पाउँ भन्ने मुद्दा स.अ. पुनरावेदन तहबाट हेरिने होइन मुद्दा दोहराउने प्रकृया बेग्लै हो, पुनरावेदन होइन स.अ. मा दोहरिने तर्फ निवेदन परेको मुद्दामा स.अ. बाट सो को टुंगो लागेपछि मात्र चलन चलाउने तर्फ कारवाही हुने दण्ड सजायँको ४३ नं. को कानुनी व्यवस्था समेत नदेखिँदा चलन चलाई दिने तर्फ जि.अ. ले दिएको आदेश कानुन विपरीत नहुने । (प्रकरण न. १०) रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल, विद्वान अधिवक्ता श्री इन्द्रमान कर्माचार्य आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. म निवेदक उपर विपक्षी वादी नारायणभक्त श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा घरबाट उठाई चलन चलाई पाउँ भन्ने मुद्दा दायर गरेकोमा मैले आफ्नो प्रतिउत्तर जिकिरमा वादी दावी लिएको घर मैले वादीबाट २०३३ सालमा दान बक्सका नं. १ बमोजिम रजिष्ट्रेशन पारीत गरी पाएको हुँ उक्त घर मैले आफ्नो नाममा नामसारी दर्ता नगरेको कारणले मेरो हक जाने होइन भनी प्रतिउत्तर फिराएकोमा मेरो प्रतिउत्तर जिकिरलाई वास्ता नै नगरी काठमाडौं जिल्ला अदालतले मलाई हराई फैसला गरेकोमा मेरो पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटन ललितपुरबाट पनि शुरु अदालतले गरेको फैसला सदर गरी मलाई हराएको छ । ३. मैले वादीबाट २०३३ सालको लिखतबाट दानबक्सको १ नं. अन्तर्गत पाएको का.जि. का.न.पा. वार्ड नं. ३३ मा रहेको कि.नं. १५१ मा रहेको घर जग्गाको सम्बन्धमा वादीले पेश गरेको कागजातलाई अ.बं. ७८ नं. बमोजिम मलाई नसुनाई एकतर्फी रुपले प्रमाण मूल्यांकन गरी मलाई हराएकोबाट गम्भीर कानुनी त्रुटि भएकोले न्या.प्र.सु. ऐन, २०४८ को दफा १२(१) क. मा व्यवस्था गरिए अनुसार उक्त मुद्दा दोहराई पाउन मैले सम्मानीत सर्वोच्च अदालतमा मिति २०४९।१।२ मा निवेदन प्रस्तुत गरेको थिएँ । यसरी मैले निवेदन दिएको लगतै पछि मिति २०४९।१।७ गतेका दिन वादी नारायणभक्त श्रेष्ठको निवेदनमा मलाई घरबाट उठाई चलन चलाई दिन मेरो घर दैलोमा म्याद टाँस गरिएछ सो म्याद टाँस गरेकोमा मैले काठमाडौं जिल्ला अदालतमा मैले सम्मानीत सर्वोच्च अदालतमा मुद्दा दोहर्याई पाउँ भन्ने निवेदन दिएकोले सो निवेदनमा कारवाही टुंगो नलागेसम्म मलाई घरबाट उठाई चलन चलाई दिने कार्य रोक्का राखी पाउँ भनी निवेदन दिएको थिएँ । जिल्ला न्यायाधीशले मुद्दा दोहर्याई पाउन निवेदन दिएकोलाई पुनरावेदन सरहको निवेदन भन्न कानुनसंगत नहुने हुँदा पछि सर्वोच्च अदालतबाट मुद्दा दोहर्याई पुनरावेदन अदालतको फैसला बदर हुने भएमा सोही बमोजिम उसै बखत हुने नै हुँदा हाल पुनरावेदन अदालतको फैसला कार्यान्वयन स्थगित गर्न मिलेन । अतः पुनरावेदन अदालतको फैसला र कानुन बमोजिम गरी घर जग्गा चलन चलाई दिई उक्त फैसला कार्यान्वयन गर्नु भनी