निर्णय नं. ४४८४ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४८४ - बन्दीप्रत्यक्षीकरण भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०१/३० २९१९ निर्णय नं. ४४८४ ने.का.प. २०४९ (क) अङ्क २ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री केशबप्रसाद उपाध्याय सम्वत् २०४९ सालको रि.नं. २३९९ आदेश मिति : २०४९।१।३० मा निवेदक : केन्द्रीय कारागार शाखा सुन्धारा काठमाडौंमा थुनामा रहेको पानकुमारी तामाङनीको हकमा कुमार आचार्य विरुद्ध प्रत्यर्थी : पुनरावेदन अदालत, ललितपुरसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) अ.बं. १८८ नं. को व्यवस्थाले अन्तिम निर्णय गर्ने निकायलाई मात्र अपराध गरेको अवस्थाको विचार गरी घटी सजायँ गर्न स्वविवेकीय अधिकार प्रदान गरेको देखिने । (प्रकरण नं. ८) (२) स्वविवेकीय अधिकार प्रयोग गरी राय ठीक छ छैन सो को जाँचको लागि पुनरावेदन गर्ने अदालतमा प्रस्तुत गरिएको रायलाई अ.बं. १८६ नं. को साधक जाहेरीको व्यवस्था भित्र रहेको भनी समाहित गर्न नमिल्ने । (प्रकरण नं. ८) (३) अ.बं. १८६ नं. को आफ्नो छुट्टै अस्तित्व रहेको छ र यसलाई न्याय प्रशासन ऐन, ०४८ को दफा १०.(१) तथा २ ले आफ्नो क्षेत्राधिकारको सीमांकन गरेको छ तर उक्त अ.बं. १८८ नं. मा अन्तिम निर्णय गर्ने न्यायिक निकायलाई मात्र अपराधको अवस्था विचार गरी सजायँमा कम गर्न सक्ने अधिकार दिएको देखिने । (प्रकरण नं. ८) (४) अ.बं. १८८ नं. बमोजिम लगाइएको रायलाई साधकको रुपमा जाहेर गर्नुपर्ने भन्ने छैन अ.बं. १८८ नं. ले ऐनले गर्नुपर्ने सजायँ ठहर्याएर मात्र घटी सजायँको लागि राय जाहेर गर्ने व्यवस्था भएको घटी सजायँ गर्ने राय ऐनले गर्नुपर्ने सजायँ होइन सजायँको अन्तिम निकासा दिने न्यायिक निकायले गरेको राय समर्थन वा रायबाट कायम हुन आएको सजायँ नै त्यस्ता व्यक्ति जसको हकमा राय लगाई सजायँ कम गरिएको छ, भुक्तान गर्नु पर्ने । (प्रकरण नं. ८) (५) साधक जाहेर गर्ने कुरा र राय जाहेर गर्ने कुरा अलग अलग विषय हो भन्ने उक्त अ.बं. १८६ तथा १८८ बाट प्रष्ट देखिने । (प्रकरण नं. ८) (६) बन्दीप्रत्यक्षीकरणको रिटबाट कानुन बमोजिम थुनामा राखेको छ छैन भन्ने नै मुख्य हेर्नुपर्ने विषय हुँदा उपरोक्त बमोजिम जन्मकैदको सजायँ गरी २ वर्ष राय लगाएकै कारणबाट र उक्त २ वर्ष अवधि भुक्तान भइसकेको कारणबाट रिट निवेदिकालाई बढी कैदमा राखेको देखिन नआई कानुन अनुरुप नै थुनामा रहेको देखिएकोले प्रस्तुत रिटनिवेदनमा प्रत्यर्थीहरुबाट लिखितजवाफ मगाई रहनु नपर्ने । (प्रकरण नं. ९) रिट निवेदिकातर्फबाट: विद्वान अधिवक्ता श्री परशुराम आचार्य आदेश न्या.केशवप्रसाद उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. वादी श्री ५ को सरकार प्रतिवादी म निवेदिका भएको फौ. ५८।५१२, ०४८।४९ को कर्तव्य ज्यान मुद्दामा शुरु का.जि.अ. का जि.न्या.श्री बलरामप्रसाद अधिकारी ज्यूको इजलासले मिति २०४८।५।६।४ मा वादी दावी बमोजिम ज्या.सं. को १३(३) अनुसारको कसूर ठहर गरी मलाई हराई सजायँको हकमा अ.बं. १८८ नं. प्रयोग गरी २ वर्षको सजायँको राय ठहर गरी साधक फैसला गर्नु भएकोमा उक्त साधक फैसला साधक सदरका लागि तत्कालीन बा.अं.अ. मा मिसिल शुरुले पठाएकोमा उक्त अदालत विघटन भई नवगठित विपक्षी पुनरावेदन अदालतमा सरी गई उक्त साधक विचारधीन मिसिल मिति २०४८।९।१८ गते संयुक्तइजलास समक्ष पेश हुँदा शुरु राय सदर भई फैसला भई उक्त फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) ले अन्तिम हुनु पर्नेमा विपक्षी अदालतका इन्साफकर्ताबाट भूल