निर्णय नं. ४४८५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४८५ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/०१/२८ २५९१ निर्णय नं. ४४८५ ने.का.प. २०४९ (क) अङ्क २ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४८ सालको रि.नं. २०५० आदेश भएको मिति : २०४९।१।२८।१ मा निवेदक : जि.सप्तरी औरही गा.वि.स.वार्ड नं.५ बस्ने अनुरवती मण्डल धनुकाइन विरुद्ध विपक्षी : सप्तरी औरही गा.वि.स. वार्ड नं. ६ बस्ने रामकुमार मण्डलसमेत विषय : उत्प्रेषण (१) निवेदिकाको लोग्नेको मृत्यु भइसकेको थियो वा निज जीवित थिए भन्ने तथ्यको जाँचबुझ गरी सबूद प्रमाण बुझ्ने प्रकृया रिट उपचारबाट सम्पन्न गर्न प्राविधिक बाधा पर्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामकृष्ण गौतम आदेश न्या.केदारनाथ उपाध्याय १. नेपाल अधिराज्यको संविधानको धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षी रामकुमार मण्डलले मिति २०४१।१२।२४ गते मात्र दानपत्र पाएको जि.सप्तरी गा.पं. औराही वार्ड नं. ६(ख) को कि.नं. १७७ को ज.वि. १–०–१० जग्गामा निवेदिकाको पति सेवन्त मण्डल मोही भएकोमा निज आफ्नो कालगतिले २०४२।९।२४ गते स्वर्गवास भएको हुँदा मोहीको हक निज मरेपछि विपक्षीले म निवेदिकालाई पत्याई मैले एका सगोलको मेरो परिवार समेतको परिश्रमले जग्गा आवाद गरी बाली लगाई साल साल विपक्षीलाई बाली बुझाउँदै आएकोमा मरिसकेको मेरो पतिले २०४३ सालको बाली लगाएको बाली दिएन बाली दिलाई मोही निस्कासन गरिपाउँ भनी मरी सकेको व्यक्ति उपर विपक्षी रामकुमार मण्डलले तथ्य लुकाई नालेश दिएका रहेछन् म मोही छँदाछँदै मेरो नाममा म्याद तामेल नगरी छोरा मणिलाललाई मरी सकेको व्यक्तिको म्याद बुझाएको रहेछ गुज्रेको म्याद थामी प्रतिवाद गर्न जाँदा तिम्रो नाउँमा मुद्दा दिएको होइन अ.बं. ६२ नं. ले तिमीलाई सकार गराई प्रतिवादी लिन मिल्दैन भन्ने भू.सु.अ. ले जवाफ दिएकोले त्यसै बसें । विपक्षीले २०४४ सालको बाली बुझ्न नआउँदा धरौट राखेकोले बुझी लिएँ २०४६ सालको कुतवाली साविक बमोजिम घरसारमा बुझी लिएकोमा कुत बुझाएन बुझाई पाउँ भनी म निवेदिका उपर छुट्टै नालिश दिएका रहेछन् । कुत बुझेर पनि किन झुठ्ठा नालिश दिएको भन्दा तिमीले धन्दा मान्नु पर्दैन । अब उप्रान्त लिखित भर्पाई गरिदिनेछु । प्रतिवादी दिने खर्च नगर म मिलाई हाल्छु भनेकोले विपक्षीको विश्वासमा परी प्रतिउत्तर गरिन २०४७ सालको बाली बुझाउँदा भूमि सम्बन्धी ऐनको दफा ३४ को उपदफा ३ सँग सम्बन्धित भनी जग्गा धनीमा विपक्षीको मोहीमा म निवेदिकाको नाम भर्पाईमा लेखी विपक्षीको एकासगोलको आमा जग्गावालाको प्रतिनिधि भएकोले कुत बुझी भर्पाई गरिदिएको छ । २०४८ सालको बालीमा समेत मैले नै जग्गा मोही भई आवाद गरी धान बाली लगाएको छु । विपक्षीले अशान्ति गर्ने जस्तो ठानी गा.वि.स. मा उजूर गर्दा हानी नोक्सानी नगर्ने भन्ने कागज गरेको गा.वि.स. बाट थाहा भयो, भू.सु.का. मा गई बुझ्दा विपक्षीले दिएको मुद्दा फैसला भएको थाहा पाई ०४८।८।१६ मा रीतपूर्वक नक्कल लिई हेर्दा फैसला भएको कुरा थाहा भयो । म निवेदिका उपर विपक्षीले मेरो स्वर्गीय पतिको शेषपछि मलाई जग्गा कमाउन दिई मोही रोजेको मोही भएको २०४६ सालको कुत दिलाई पाउँ भन्ने मुद्दामा यो प्रतिवादी दावी बमोजिमको जग्गाबाट २०४३ सालको बाली दिलाई मोही निस्कासन कुत मुद्दाबाट मोही हक निस्कासन भइसकेकोले यस मुद्दाबाट केही कारवाही गरी रहनु परेन तामेलीमा राखी दिने भन्ने २०४८।२।१९ मा निर्णय भएको रहेछ । मरी सकेको व्यक्त