निर्णय नं. ४४८६ - खिचोला मेटाई दर्ता बदर समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४८६ - खिचोला मेटाई दर्ता बदर समेत भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४९/०३/२५ २७५६ निर्णय नं. ४४८६ ने.का.प. २०४९ (क) अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४५ सालको दे.पु.इ.नं. ८३ फैसला भएको मिति : २०४९।३।२५।५ मा निवेदक/प्रतिवादी: का.न.पा. वार्ड नं. ११ त्रिपुरेश्वर बस्ने कृष्णशरण श्रेष्ठ विरुद्ध विपक्षी/वादी: ल.पु.न.पा. वार्ड नं. ४ जावलाखेल बस्ने सीतादेवी के.सी. मुद्दा : खिचोला मेटाई दर्ता बदर समेत (१) वादीको लिखत भन्दा बढी प्रतिवादीले खरिद गरेको जग्गा समेत पर्ने गरी वादीको हो भन्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुंगाना तथा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी/वादीतर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री शम्भु थापा तथा विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. सर्वोच्च अदालत संयुक्तइजलासबाट भएको मिति २०४२।१२।२२ को निर्णय दोहर्याई पाउँ भनी प्रतिवादीले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा चढाई पठाएको निवेदन र न्यायिक समितिबाट भएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आएअनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. चन्द्रबहादुरबाट ०२७।२।१८ मा पारीत गरी लिएको पू. चन्दबहादुरको घर जग्गा प. बाटो उ. महादेवस्थानको मन्दिर द. पाइखाना यति ४ किल्लाभित्रको घर जग्गा र सो ले चर्चेको लगापात समेत मैले भोगी आएको विपक्षीका बाबुको दाता गोकुलमानले म भन्दा अघि चन्द्रबहादुरबाट घर जग्गा पारीत गरिलिएको सो दुवै अघि कि.नं. १११ मा थियो, हाल नापीमा विपक्षीले मेरो कि.नं. ६५६ घटी गराई आफ्नो कि.नं. ६५७ मा लिखत भन्दा बढी जग्गा नपाई लिएकोमा मेरो उजूर पर्दा विपक्षको नाममा अस्थाई दर्ता गर्ने र मलाई अदालतमा नालेश गर्न जानु भन्ने सुनाएकोले कि.नं. ६५६ को साँध देखि सोझै भइरहेको आली साँध दारिमको बोट भई गई कि.नं. ६५८ को साँधसम्मको सम्पूर्ण जग्गा मेरो कि.नं. ६५६ मा दर्ता गरिदिनु पर्नेमा घटी हुन आएको ०–४–० जग्गा कि.नं. ६५६ मा कायम गरी सो बढी कि.नं. ६५७ को दर्ता बदर गरी खिचोला मेटाई दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. विपक्षीको लिखतमा किल्ला फरक छ, विपक्षीको जग्गा कि.नं. ६५७ मा घुसाएको छैन कि.नं. ६५६ को विपक्षीको घर मात्र हो । ०२६ सालमा मेरा परदाता गोकुलमानले फार्छे पारीत गरी लिंदा बाँकी घर बाहेक जग्गा नभएको २०३०।५।१३ मा गोकुलमानबाट मेरा पिताजीले लिई मलाई घर बनाउन मन्जूर दिई अंश फार्छे गरी दिनु भएबाट नक्सा पास दर्खास्त दिंदा आफ्नो साँध देखाएकोमा विपक्षको कुनै उजूर नपरी नक्सा पास भई घर बनाई बसोबास गरेको छु वादीले आफ्नो जग्गा आफूले नाप नक्सा गराएपछि झुठ्ठा उजूर गरेको हुन झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने शुरु का.जि.अ. को ०३८।३।३० को फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन मेरो जिकिर बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको प्र.कृष्णशरणको वा.अं.अ. मा परेक