निर्णय नं. ४४८८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४८८ - कर्तव्य ज्यान भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४९/०२/२८ २४८२ निर्णय नं. ४४८८ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४७ सालको फौ.पु.नं. ३८८ फौ.सा.नं. ८५ फैसला भएको मिति : २०४९।२।२८।४ मा पुनरावेदक/प्रतिवादी: धनकुटा कारागारमा थुनामा रहेको शुरेसबहादुर राई विरुद्ध विपक्षी/वादी: लोकप्रसाद राईको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) मार्ने उद्देश्यले आएका प्रतिवादीहरुको साथ लागी घटनास्थलमा उपस्थित भई वारदातमा संलग्न भएको प्रष्ट देखिएको स्थितिमा मार्ने मनसाय थिएन भन्ने पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन, पुनरावेदक प्रतिवादीलाई जन्मकैदको सजायँ गर्ने गरेको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्ने । (प्रकरण नं. २४) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री मातृकाप्रसाद निरौला फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पू.क्षे.अ. को फैसला उपर पुनरावेदन परी साधकको रोहबाट समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मेरा दाजु प्रेमकुमार राईलाई ०४२।८।८ गते गाउँमै बिहान ४ बजेको समयमा प्रते भन्ने जयबहादुर राई, काजीबहादुर राई, कुलबहादुर राई, शुरेस राई, रामप्रसाद राई समेतले कुटपीट गरी मारेछन् । मादक पदार्थ सेवन गरी उनीहरु हामी दाजु भाइलाई पछ्याउँदै आएका कुटपीट गर्ने निउ खोजी हामी दाजु भाइलाई खुकुरीले प्रहार गर्न थाले म कतै नहेरी भागें, दाजुलाई एकलौटी पारी मारेछन् । दिउँसो जंगलबाट घर आउँदा गाउँमा आज बिहान प्रेमकुमारलाई बासथलामा मारेछन् भनी सुनाए गई हेर्दा ज्यान मारेको कुरा थाहा भयो कारवाई गरिपाउँ भन्ने समेत ०४२।८।१२।४ को लोकप्रसाद राईको जाहेरी दर्खास्त । ३. मृतकको छातीमा दाहिने पट्टी निलडाम देखिएको, घाँटीको भागमा रगतले पोतिएको, बायाँ पट्टी चिउँडोमा अं. ३ इन्च लामो काटिएको चोट देखिएको गर्दन माथि टाउकोमा अं. ३।४ इन्च लामो २१२ इन्च गहिरो ३ वटा चोट घाउ रहेको, दुबै हातको पातामा निलडाम देखिएको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. मृत्युको कारण धेरै रगत बग्नाले भएको हो भन्ने लाश जाँचको रिपोर्ट । ५. ०४२।८।८ गते बिहान अं. ४ बजेको समयमा वांसथला डाँडामा रहेको रोटेपिङ भएको ठाउँमा प्रते भन्ने जयबहादुर राईले थापेको डाइसमा मर्ने प्रेमकुमार राई आई चुप्पी रोपेपछि प्रते र प्रेमकुमारको झगडा शुरु भयो । मर्ने प्रेमकुमार आफ्नो भाइ लोकप्रसादसंग सो ठाउँबाट तल झरी चिम्रेम्पाको आँगनमा आई पुग्दा प्रेमकुमारले काजी भन्ने लोकबहादुर राईलाई भेटी छुरीले काट्न खोज्दा काजीले लौरोले छेकी कराउँदै माथि पिङ तिर पुगेपछि प्रतेलाई भेटी दुबै जना तल झर्न लाग्दा कुलबहादुर, रामप्रसाद र म समेतलाई प्रेमकुमारलाई मार्नु पर्छ, जाउँ भन्दा हामी नजाने भन्दा जाउँ कि जाउँ भनी प्रतेले भनेकोमा हामी पाँचैजना भई तल चिम्रेम्पाको आँगनमा आई प्रते र काजीले लौरोले शरीरको जत्रतत्र हिर्काउन थाल्यो प्रतेले टाउकोमा हिर्कायो र मलाई पनि हान कि हान भनी हिर्काउन लगाएकोले मैले पनि पछाडि लौराले हिर्काए, प्रते र काजीले हिर्काउँदै थियो हामी कुलबहादुर, रामप्रसाद र म भागी हाल्यौं । हामी समेतको चोटपीरबाट प्रेमकुमार मरेको हो भन्ने समेत प्रहरीमा शुरेस राईको बयान । ६. प्रते भन्ने जयबहादुर राईले थापेको डाइसमा प्रेमकुमार राईले चुप्पी रोपेपछि भनाभन शुरु भई प्रेमकुमार आफ्नो भाइ लोकप्रसादका साथ तल झरी च