निर्णय नं. ४४८९ - विदेशी मुद्रा अवैध कारोबार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४८९ - विदेशी मुद्रा अवैध कारोबार भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४९/०३/२४ ३६७२ निर्णय नं. ४४८९ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्द्रबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको फौ.पु.नं. ४२७ फैसला भएको मिति : २०४९।३।२४।४ मा पुनरावेदक/प्रतिवादी: पोखरा न.पं. वा.नं. ६ बस्ने कालीबहादुर अधिकारी विरुद्ध विपक्षी/वादी: श्री को सरकार, राजश्व अनुशन्धान महाशाखा मुद्दा : विदेशी मुद्रा अवैध कारोबार (१) खानतलासी लिंदा कम्तीमा “दुईजना स्थानीय पञ्चहरु साक्षी राखी” भन्ने कानुनको मकसद केवल एक पञ्च साक्षी राख्दैमा पूरा हुने भनी अर्थ गर्नु कानुन अनुकूल नहुने । (प्रकरण नं. २४) (२) कानुनको प्रयोग गर्दा कानुनी व्यवस्थाले लिएको निर्दिष्ट उद्देश्यको परिपूर्ति भएको छ की छैन भनेर न्यायकर्ताले ख्याल राख्नु पर्ने । (प्रकरण नं. २५) (३) कानुनमा उल्लेखित कुनै पनि कार्य विधिगत प्रावधानको प्रयोग गर्दा कानुन बमोजिम नै गरिनु पर्ने । (प्रकरण नं. २५) (४) कानुन अनुकूल नभएको कुनै पनि प्रमाण कागजातले निर्विवाद प्रमाणको भूमिका निर्वाह गर्न नसक्ने । (प्रकरण नं. २६) (५) कानुन अनुकूल नभएको बरामदी मुचुल्काको आधारबाट आरोपित कसूरमा दोषी ठहर गर्नु कानुनसंगत नहुने । (प्रकरण नं. २७) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लोकभक्त राणा वादीतर्फबाट: विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. ०४५।३।२६ गते का.जि.का.न.पं. वडा नं. ३१ बागबजार डेरा गरी बस्ने रमेश अग्रवालको डेरामा रमेश अग्रवाल, शुरेश अग्रवाल र कमल बर्माले नगद यु.एस.डलर ३०,९००।– दिइरहेको गण्डकी अञ्चल कास्की जिल्ला पोखरा न.पं.वा.नं. ६ बस्ने कालीबहादुर अधिकारीले सुन टेल ५४ रमेश अग्रवाललाई दिई सुन र विदेशी मुद्रा लिनु दिनु गरी अवैध कारोवार गरी रहेको अवस्थामा पक्राउ परेको भन्ने समेत बरामदी मुचुल्का । ३. भारत कलकत्तामा बाबुलालले ३ वटा कागज र कण्डमले बेरेको ३ वटा बीटा काठमाडौंमा रमेश अग्रवाललाई दिई उसले दिएको सामान लिई आउनु भनेकोले नाइट बसबाट काठमाडौं आई निज रमेश अग्रवाल बसेको डेरामा गई सो तीनवटा बिटा दिन नपाउँदै पक्राउ गरेको हो । सो बिटा फुकाउँदा यु.एस. डलर रहेछ भन्ने समेत राजश्व अनुसन्धान महाशाखामा शुरेशकुमार अग्रवालले गरेको बयान । ४. ०४५।३।२६ का दिन विहान मलाई झोछे डेरा गरी बस्ने लक्ष्मीनारायणले १२,८००।– यु.एस. डलर दिई सुन ल्याई दिनु भनेकोले रमेश अग्रवालको डेरामा गई सो डलर रमेश अग्रवाललाई दिएको, रमेशले कालीबहादुरसंग सुन लिई मलाई दिनु पर्ने थियो भन्ने समेत राजश्व अनुसन्धान महाशाखामा भएको कमलकुमार बर्माको बयान । ५. कलकत्ताको सन्नु सोनीले मलाई सुन किनेर ल्याई दिन अमेरिकी डलर १२,८००।– दिएको काठमाडौं आई मैले लक्ष्मीनारायणलाई दिएको सुन आउनु भन्दा पहिले नै लक्ष्मीनारायण सहित पक्राउ परेको हुँ । यो भन्दा पहिले पनि उसले मलाई २० टेल सुन खरिद गरेर ल्याई दिएको थियो त्यो सुन सोनीलाई दिएँ भन्ने समेत राजश्व अनुसन्धान महाशाखामा विनोदकुमार सोनीले गरेको बयान । ६. मैले कमलकुमार बर्मालाई यु.एस. डलर १२,८००।– दिई सुन लिन पठाएको हो, निजले डलर लगी कसलाई दिने र सुन को बाट ल्याउने हो मलाई थाहा छैन । मैले कमललाई