निर्णय नं. ४४९० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४९० - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४९/०२/०४ २४३४ निर्णय नं. ४४९० ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४६ सालको रिट नं. ८२७ आदेश भएको मिति : २०४९।२।४।१ मा निवेदक : का.न.पं. वडा नं. २८ बस्ने ओममान राजभण्डारीसमेत विरुद्ध विपक्ष: म.क्षे.अ. समेत विषय : उत्प्रेषण (१) भोगबन्धकीमा प्राप्त गरी आएको पसल कवल तोकिएको समयसम्म मात्र भोग गर्न पाउने प्रकृतिको सम्पत्ति देखिएको । (प्रकरण नं. ११) (२) भोगबन्धकीमा प्राप्त गरेको सम्पत्तिलाई कानुन बमोजिम आफ्नो हक कायम गराई नलिउन्जेलसम्म भोगबन्धक प्राप्त गर्ने व्यक्तिको निर्विवाद हकको सम्पत्ति भन्न मान्न कानुनतः नमिल्ने । (प्रकरण नं. ११) (३) दाताको हकाधिकार कानुनतः समाप्त भई नसकेको अवस्थामा बन्धकीवालाले बन्धकी लिखतको नाताले निर्दिष्ट समय भुक्तान भइसकेपछि पनि सो सम्पत्ति माथि अधिकारको दावी गरी भोग गरी राख्नु कानुन अनुकूल नहुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षी गौरी श्रेष्ठ र नानी छोरी चित्रकारले हामीहरुका विरुद्ध विपक्षी मध्येको मालपोत कार्यालय काठमाडौंमा रु. १२,०००।– भोगबन्धकी थैली बुझाई पसल निखनाई पाउँ भन्ने दावी गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतको मिति २०३८।११।१३ को फैसलाबाट वादी निवेदकहरु प्रतिवादी गौरी श्रेष्ठ, नानी छोरी चित्रकार, कान्छी श्रेष्ठ र तुलसी माया श्रेष्ठ समेत उपर दायर गरेको लिखत बदर मुद्दामा सो हकसम्म रु. ७०,०००।– को कान्छी श्रेष्ठसंग गौरी श्रेष्ठ समेतले खरिद गरेको मुद्दाबाट रु. १२,०००।– को हकसम्म पसल कबल दुईको लिखत बदर हुने र थैली रु. १२,०००।– को अंक बराबर जरिवाना समेत गरी फैसला भए उपर म.क्षे.अ. मा पुनरावेदन परेकोमा समेत लेनदेन व्यवहारको २६ नं. बमोजिम दावी भएको यो मुद्दा नहुनाले काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भनी फैसला भएको अन्तिम रुपमा छ । वादीहरुको दावी गर्न पाउने हकदैया नभएको समेत कारणबाट थैली बुझी भोगबन्धकी पसल निखनाई दिन पर्ने होइन भन्ने समेत हामीहरुको प्रतिवाद परेकोमा विपक्षी मालपोत कार्यालय काठमाडौंबाट २०४३।४।१२ गते वादी दावी पुग्न सक्दैन भनी निर्णय पर्चा भयो । सो पर्चा उपर विपक्षी गौरी श्रेष्ठ र नानी छोरी चित्रकारको विपक्षी जिल्ला कार्यालय काठमाडौंमा पुनरावेदन परेकोमा २०४५।४।३ गते लेनदेन व्यवहारको २६ नं. मा दोहोरो लिखत भएकोमा बन्धकीवाला साहूले हक छाडी लिने चाहींको थैली तिर्न पाउँदैन अघि लेखाई दिनेले बन्धकी र पछिल्लाले हक छुटाई लिएको रहेछ भने अघिल्लाको थैली तिरी आफ्ना लिखत बमोजिम भोग गर्न पाउँछ भन्ने उल्लेख भएकोले मालपोत कार्यालय काठमाडौंको निर्णय बदर हुन्छ भोगबन्धकी पसल निखनाई पाउने ठहर्छ भन्ने फैसला भयो । सो फैसला उपर निवेदकहरुले विपक्षी म.क्षे.अ. मा पुनरावेदनको अनुमतिको निवेदन गर्दा अनुमति प्रदान भई २०४६।६।८ गते फैसला हुँदा कान्छी श्रेष्ठनीको हक वादीमा सरी आएपछि बन्धकी निखनी पाउने हक पनि वादीमा रहेको भन्नेमा पनि विवाद देखिन आउँदैन रजिष्ट्रेशनको