निर्णय नं. ४४९१ - दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४९१ - दर्ता बदर भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४८/११/२८ २६९६ निर्णय नं. ४४९१ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४८ सालको दे.वि.नं. ५८ फैसला भएको मिति : २०४८।११।२८।४ मा विन्तपत्रवाला/प्रतिवादी : जिल्ला नवलपरासी नन्दन गा.पं. वा. नं. ३ नदवा बस्ने गणपत थारु विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने झब्बू थारुसमेत मुद्दा : दर्ता बदर (१) जग्गा मिच्नेको १८ नं. र जग्गा पजनीको १७ नं. संशोधन हुनु अघि प्रचलित ऐन बमोजिम हदम्याद नाघिसकेको देखिँदा पछि आएको ऐनको सुविधा प्राप्त गर्न नसक्ने । (प्रकरण नं. १३) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री सीताराम तिवारी र विद्वान अधिवक्ता श्री निरन्जनराज अर्याल विपक्षी/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. प.क्षे.अ. बाट मिति २०४४।२।६ मा भएको फैसला उपर इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने भई आएका हुकुम प्रमांगी बमोजिम देवानी विविधको लगतमा दर्ता भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. विपक्षी मध्येका सुखराजसंग अंश मुद्दा परी सर्वोच्च अदालतबाट अन्तिम फैसला भई बण्डा छुट्याई दिंदा सुखराजका बाबु बदलुका नाम दर्तामा रहेको निजका तायदाती बमोजिमको ज.वि. १५–१२–८१२ मध्ये ३ भागको १ भाग पश्चिमतर्फ शिवकुमारको बाबु हरिरामलाई बीचमा सुखराजले लिने र पूर्वतर्फ म झब्बूले पाएको बण्डा गोला प्रथाद्वारा भएको हरिरामको मृत्युपछि शिवकुमारमा सरेको हो । मुचुल्का बमोजिमको जग्गा सर्भे नापीका समयमा मुद्दा चल्दै रहेकोले नछुटिएको कारणले दर्ता हुन नसकी बाँकी रहेकोमा प्रत्येक कित्तालाई ३ भाग लगाई दर्ता गरी पाउँ भनी किल्ला समेत खुलाई २०३६ सालमा मालपोत कार्यालयमा निवेदन दिई राखेका थियौं, उक्त जग्गा गनपतका नाउँमा दर्ता गराएको कुरा चर्चामा आएकोले श्रेस्ता हेर्दा २०३८।१२।११ मा नक्कल लिई हेर्दा सुखराजले गनपतसंग मिली दर्ता बदर गराएको देखिएकोले हाम्रो हक जति उक्त जग्गा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. सह प्रतिवादीको २०३२।१।१५ मा दर्ता गराएको जग्गा मेरो समेतको हकको जग्गा हो । विपक्षीहरुलाई दुःख दिन आफ्नो जग्गा समेत तेश्रो व्यक्तिको नाउँमा दर्ता गराउने प्रश्न नै छैन म समेत उपरको वादी झुठ्ठा हो भन्ने समेत प्र.सुखराजको प्रतिउत्तर । ४. वादीहरु २ जनाले एउटै फिराद दायर गरेको अ.बं. ७२ नं. प्रतिकूल हुँदा दावा खारेज गरिपाउँ । वादीले दावी लिएको जग्गा मेरो हक भोगको पुरानो नम्बरी जग्गा हुँदा छुट कित्ता दर्ता गरिपाउँ भनी भू.सू.का. मा निवेदन दिई कारवाही चली मेरो नाउँमा दर्ता गराएको हो । विपक्षीहरुको हकभोगको जग्गा दर्ता गराएको होइन, झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादी गणपत थारुको प्रतिउत्तरपत्र । ५. यसमा वादी दावीको जग्गा वादीकै भए समय भित्र सबूद सहित फिराद गर्नु पर्नेमा कुनै सबूद गुज्रन नआएको हुँदा बुझिएसम्मको प्रमाणबाट वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत शुरु नवलपरासी जिल्ला अदालतको फैसला । ६. उक्त फैसलामा चित्त बुझेन, सर्वोच्च अदालत लगायतबाट हाम्रो हक भोग भई ०३१।११।४ गते बण्डा छुट्याई लिएको बण्डा मुचुल्का र फैसला समेत निष्कृय हुन गएकोले शुरु फैसला बदर गरी दावीको जग्गामा विपक्षीको दर्ता बदर गरी दर्ता गरी हक कायम समेत गरी पाउँ भन्ने समेत झलु थारु समे