निर्णय नं. ४४९२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४९२ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४८/१२/०३ २६६६ निर्णय नं. ४४९२ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४८ सालको रिट नं. १४८३ आदेश भएको मिति : २०४८।१२।३।२ मा रिट निवेदक: का.न.पा. वा.नं. १० बस्ने लो.से.आ. का भू.पू.सदस्य नुतनदेव खनाल विरुद्ध प्रत्यर्थी : लो.से.आ., काठमाडौंसमेत विषय : उत्प्रेषण (१) निवेदकको प्रशिक्षण केन्द्रको सेवा र पञ्चायत नीति तथा जाँचबुझ समितिको सेवा समेतलाई लोक सेवा आयोगको सदस्य भई गरेको सेवामा जोड्न नमिल्ने । (प्रकरण नं. ७) (२) निवेदकको श्री ५ को सरकारको सेवा तथा संवैधानिक सेवामा रही काम गरेको अवधि समेत लोक सेवा आयोगको सदस्य पदमा रही गरेको सेवामा जोडाई लोक सेवा आयोग अध्यक्ष तथा सदस्यहरुको पारिश्रमिक सम्बन्धी ऐन, २०२६ को दफा ६(२) बमोजिम निवृत्तभरण तथा उपदान पाउनु पर्ने भन्ने निवेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गणेशबहादुर ढुंगाना, विद्वान अधिवक्ता श्री राधेश्याम कमारो, विद्वान अधिवक्ता श्री रामजी विष्ट प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्र श्रेष्ठ आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ । २. २०२२।१०।१ देखि २०३८ सम्म पञ्चायत विकास प्रशिक्षण केन्द्रमा द्वितीय श्रेणीमा प्रथम नियुक्ति भई त्यसपछि प्रथम श्रेणीमा बढुवा र का.मु. प्राचार्य विशिष्ट श्रेणीमा पदोन्नती हुनुका अतिरिक्त म निवेदक २०३७।७।२५ मा सगरमाथा ग्रामीण परियोजनाको समन्वयकर्ताको रुपमा समेत रही श्री ५ को सरकारको सेवा गर्दै आइरहेको अवस्थामा श्री ५ महाराजाधिराज सरकारबाट तत्कालीन नेपालको संविधानको धारा ४१(ख) अन्तर्गत गठित पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्य सचिव पदमा २०३८।८।१ मा मनोनयन गरी बक्सी ०४६।८।१६ सम्म उक्त समितिको संवैधानिक सेवामा म निवेदकले अटुट रुपमा काम गरेको र तत्पश्चात ऐ. संविधानको धारा ७७ बमोजिम व्यवस्थित लो.से.आ. को सदस्य पदमा नियुक्ति पाई २०४६।९।१ देखि २०४७।९।३ सम्म वर्तमान संविधानको धारा १०१ समेतबाट कायम भई व्यवस्थित रहेको लो.से.आ. को सदस्य भई काम गरेको मेरो कूल श्री ५ को सरकारको र संवैधानिक सेवा अवधि २५ वर्ष ३ महीना २७ दिन पुगेको र राजीनामा दिई लोक सेवाको सदस्य पदबाट अवकाश लिएको थिएँ । कानुन बमोजिम निवृत्तिभरणको सन्दर्भमा कार्यवाही चलाउँदा १ वर्ष २ दिनको लो.से.आ. मा गरेको सेवा अवधिको मात्र उपदान पाउने गरी मासिक पारिश्रमिक ४, १९० को १ १२ का दरले हुने रु. ६३१९।९१ पैसा मात्र उपदान वापत पाउने मलाई जानकारी गराउने प्रत्यर्थी लो.से.आ. को कारवाही लो.से.आ. को सदस्यहरुको पारिश्रमिक सेवाको शर्त तथा सुविधा सम्बन्धी ऐन, ०१६ को दफा ६(२) को खण्ड (क) (ख) विपरीत प्रत्यर्थी आयोगको २०४८।१।१९ को निवेदकलाई दिएको जानकारी पत्र, निजामती किताबखानाको ०४७।१२।१९ को अभिलेख, कानुन बमोजिम भएको छैन । उपदान प्राप्त गर्ने सम्बन्धमा मात्रै पनि विचार गरी हेरिएको अवस्थामा श्री ५ को सरकारको सेवा गरे वापतको अवधि बाहेक नै संवैधानिक पद पञ्चायत नीति तथा जाँचबुझ समितिमा सदस्य सचिव भई काम गरेको २०३८।८।१ देखि दुई टर्म म्याद थपिई ०४६।८।१० गते सम्म काम गरेको अवधि गणना गर्दा ८ वर्ष र लो.से.आ. मा काम गरेको १ वर्ष २ दिनको अवधि समेत जम्मा ९ वर्ष २ दिन भएको अवस्थामा संवैधानिक पदमा रही काम गरेक