निर्णय नं. ४४९४ - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४९४ - लागू औषध भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४८/११/१८ २६७४ निर्णय नं. ४४९४ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह २०४६ सालको फौ.पु.नं. ६१९ फैसला भएको मिति : २०४८।११।१८।१ मा पुनरावेदक/वादी: प्र.ना.नि. सीताराम विष्टको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी: पो.न.पं. वडा नं. ६ बस्ने गोपालबहादुर थापा क्षेत्री मुद्दा : लागू औषध (१) स्वयं आफैंले मुद्दा दायर गर्ने अदालत चयन गरी सो अदालतबाट निर्णय भइसकेपछि सो निर्णयलाई उपल्लो अदालतले अनाधिकार ठहराई बदर गरी सकेको स्थितिमा अधिकार प्राप्त निकायमा पठाउनु पर्छ भन्ने तर्कसंग सहमत हुन नसकिने । (प्रकरण नं. १५) पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु. सह न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजीर : ने.का.प. २०४२, पृ.३०५, अंक ३, नि.नं. २३१५ फैसला न्या.हरगोविन्द सिंह प्रधान १. प.क्षे.अ. को फैसला उपर चित्त नबुझी पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. पोखरा न.पं. वा.नं. ६ बेदाम तर्फ २०४३।९।१० गते गस्ती गर्दै जाँदा अल्का लज अगाडि ऐ.बस्ने गोपालबहादुर थापाले चरेश सेवन गर्नको लागि फेला पारी निजलाई केरकार गर्दा साथमा २० ग्राम चरेश समेत भेटिएकोेले मानिस यसैसाथ दाखिल गरेको छु । कानुन बमोजिम हुन अनुरोध छ भन्ने प्र.ना.नि. सीताराम विष्टको प्रतिवेदन । ३. मैले एक दिनमा २ पटकसम्म चरेश सेवन गर्दछु, यो मसंग भएको २० ग्राम चरेश विदेशी अष्ट्रेलियन नागरिक विदेश फर्कने बेलामा मलाई दिएका हुन । मैले बेदाम स्थित अलका लज अगाडि चरेस सेवन गर्न लाग्दा प्रहरीले चरेश सहित पक्राउ गरी ल्याएका हुन भन्ने समेत गोपालबहादुर थापाले जि.प्र.का. कास्कीमा गरेको बयान कागज । ४. गोपालबहादुर थापाले लागू औषध वितरण गरेको थाहा छैन । आफूले निजी सेवन गर्दछु निजको चाल चलन यस भन्दा अघि राम्रो थियो । निजले साथमा भेटिएको २० ग्राम चरेश कहाँबाट ल्याए थाहा छैन भन्ने समेतको सरजमीन मुचुल्का । ५. निज गोपालबहादुरले चरेश सेवन गर्ने मात्र वा खरीद बिक्री संचय समेत गर्ने हुन र के कस्तो सजायँको माग दावी लिने भन्ने तर्फ संकलित कागज अध्ययन गर्दा मैले चरेश सेवन गर्दछु भनी चरेश सेवन गर्नेमा आफूले साविती बयान दिएका, खरीद बिक्री संचय समेत गर्दैनन् आफूले सेवन गर्दछन भन्ने अधिकांश सरजमीनका मानिसहरुको भनाई लेखाई समेतबाट निज अभियुक्त गोपालबहादुर थापाले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को सं.स. को थप (६) को कसूर गरेबाट निजलाई सोहीको संशोधन सहित, २०४३ को दफा १४ को उपदफा (१) को (घ) अनुसार सजायँ हुन माग दावी लिई आएको प्रहरी प्रतिवेदन । ६. मिति २०४३।९।३ गते बेलुकी पोखरा न.पं. वडा नं. ६ बेदाम अल्का लजमा अं. ७।८ बजेतिर बाटोमा बसी रहँदा मेरो साथी अष्ट्रेलियन नागरिकले दिएको हाल देखाएको चरेश साथमा लिई राखेको थिएँ । सोही समयमा प्रहरीले पक्राउ गरेर लगेका हुन म बाट २० ग्राम चरेश बरामद भएको ठीक हो, २० ग्राम चरेश कहिले कहिले ढाडिने बेला सेवन गरे निको हुन्छ भनी दिएकाले मूल्य के कति पर्दछ थाहा छैन । चरेश कहिले काही मात्र सेवन गर्दछु चरेश लिई हिंडेमा वा सेवन गरेमा अपराध हुन्छ । सजायँ भोग्नु पर्दछ भन्ने मलाई थाहा थिएन । कानुनले जो ठहर्छ भन्ने समेत व्यहोराको गोपालबहादुर थापाले गण्डकी अञ्चल अदालतमा गरेको बयान । ७. प्र.गोपालबहादुर थापाले लागू औषध नियन्त्रण ऐन, २०३३ को द