निर्णय नं. ४४९५ - नापी बदर, दर्ता बदर, दर्ता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४९५ - नापी बदर, दर्ता बदर, दर्ता कायम भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४९/०३/१७ २९८६ निर्णय नं. ४४९५ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४६ सालको दे.पु.नं. ८७५ फैसला भएको मिति : २०४९।३।१७।४ मा पुनरावेदक/वादी: विराटनगर न.पं. वडा नं. १४ बस्ने वर्ष ३१ को सतिशचन्द्र लाल कायस्त विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. वडा नं. १३ बस्ने आनन्दप्रसाद उपाध्याय अर्यालसमेत मुद्दा : नापी बदर, दर्ता बदर, दर्ता कायम (१) मुलुकी ऐनको ८५ नं. मा व्यवस्थित प्रावधान अनुसार कुनै मुद्दाका पक्षहरु एउटै हुँदैमा मात्र प्रस्तुत व्यवस्था लागू हुन सक्दैन र उक्त व्यवस्था लागू हुनको लागि मुद्दाको पक्षहरुको साथ साथै अघिल्लो मुद्दाको विवादको विषय वस्तु (Fact in issue) तथा निक्र्यौल गरिनु पर्ने कुराहरु र पछिल्लो मुद्दाको विवादको विषयवस्तु र निक्र्यौल गरिनु पर्ने कुराहरु एउटै हुनुपर्दछ र सोही कुराहरुमा अघिल्लो निर्णय केन्द्रित रही मुद्दाको एउटा पक्षले आफूले खोजे अनुसारको उपचार प्राप्त गरेको हुनुपर्छ अन्यथा यो व्यवस्था लागू हुन सक्ने अवस्था नरहने । (प्रकरण नं. १४) (२) तेरो मेरो भन्ने विवाद श्रृजना भए पनि सो विवादको निरुपण भई अघिल्लो मुद्दाको निर्णय भएको नदेखिएको र उक्त अघिल्लो मुद्दाको निर्णय हुनु भन्दा अगावै प्रस्तुत मुद्दा दायर भइसकेको समेत देखिँदा प्रस्तुत मुद्दामा अ.बं. ८५ नं. आकर्षित हुन नसक्ने । (प्रकरण नं. १५) (३) अ.बं. १३९ नं. बमोजिम बुझिएको व्यक्ति कुनै पनि हालतमा वादी कायम हुन नसक्ने । (प्रकरण नं. १६) (४) घरसारमा गरिदिएको राजीनामा प्रतिवादीहरुले पारीत नगरी दिएकोले सो जग्गामा आफ्नो हक स्थापित गराउन यी वादीको बाबु झडिलालले प्रतिवादी उपर लिखत पारीत मुद्दा दायर गरी उक्त मुद्दाका फैसला भई सो जग्गामा वादीको हक स्थापित हुनु अगावै भएको नापीमा वादीले आफ्नो नाउँमा दर्ता गराउने कानुनी आधारको अभावमा दर्ता नगराइएको कारणले मात्र सो जग्गामा वादीको हक समाप्त हुन्छ भन्न समेत मिल्दैन अतः आफ्नो हकै नपुग्ने जग्गा विपक्षी प्रतिवादीले सर्भे नापीमा आफ्ना नाउँमा दर्ता गराए पनि त्यस्तो दर्ताले मान्यता पाउन नसक्ने । (प्रकरण नं. १९) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी, विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की अवलम्बित नजीर:ने.का.प. २०२८, नि.नं. ६१९, पृ.२३६ फैसला न्या.रुद्रबहादुर सिंह १. पू.क्षे.अ. को अन्तिम आदेश उपर पुनरावेदनको अनुमति प्राप्त गरी दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. विपक्षीले मेरा पिता स्वर्गीय झडिलाल कायस्थसंग घरसारमा मिति २०२५।१।२२ मा रु.२१,०००।– लिई आनन्दप्रसादको नाउँको जि.मोरङ रानी सिकियाही गुठी संस्थान मौजाको साविक कि.नं. १२९, ९३, १०३, १२८ र १२५ समेतको ससिम ज.वि. ६–३–१८ र मदनप्रसाद उपाध्यायको नाउँको साविक कि.नं. २६५, २०३, ४२८, १६५ र ३४५ समेतको ससिम जग्गा विगाहा ५–१२–१० तथा निजकै नाउँको जि.मोरङ गुहेलीको ससिम जग्गा विगहा ३–११–१४ समेतको एउटै फार्छे राजीनामा लेखिदिनु भएको र पास गरी नदिनु भएको मुद्दा चली पास हुने ठहरी फैसला भए अनुसार ०३३।३।२९ मा रजिष्ट्रेशन पास भई मेरा पिता झडिलाल दास कायस्थको नाउँको जग्गा दर्ता भई निज परलोक भएपछि मेरा नाउँमा नामसारी भएको गुठीको जग्गाको