निर्णय नं. ४४९६ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४९६ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४९/०१/१० २६३२ निर्णय नं. ४४९६ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रि.नं. १०२३ आदेश भएको मिति : २०४९।१।१०।४ मा रिटनिवेदक: विराटनगर न.पा. वा.नं. ८ स्थित जगदिश राइस आयल एण्ड फ्लोर मिल्सका प्रो.भवरलाल राठी विरुद्ध विपक्षी : कर कार्यालय विराटनगरसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) कानुनको अर्को उपचारको विकल्प भएसम्म यस्तो अधिकारको संरक्षणको लागि त्यही उपचारको मार्ग अपनाउनु पर्छ सोझै यस अदालतको असाधारण अधिकार क्षेत्रबाट उपचारको माग गर्न मिल्दैन यस्तो अवस्थामा यस अदालतबाट समेत यस्तो अधिकार क्षेत्र ग्रहण गरिनु हुँदैन । (प्रकरण नं. १०) (२) कर विभागको निर्णय उपर पुनरावेदनको अनुमतिको लागि निवेदन दिन सकिने आयकर ऐनको दफा ३४(५) को प्रतिबन्धात्मक वाक्यांशलाई निश्चित कानुनी उपचारको व्यवस्था नै सम्झनु पर्ने । (प्रकरण नं. ११) (३) प्रस्तुत रिटनिवेदन दायर गर्दाका अवस्था सम्ममा वैकल्पिक उपचारको यस्तै प्रश्नहरु समावेश भएको अधिकांश मुद्दाहरुमा यस अदालतले आफ्नो असाधारण अधिकार क्षेत्रको प्रयोग गर्दै आइरहेको त्यसबाट यस अदालतले आफ्ना निर्णयहरुद्वारा पुनरावेदनको अनुमति सम्बन्धी व्यवस्थालाई निश्चित उपचारको व्यवस्था मान्न इन्कार गर्दै आई रहेकोले रिट निवेदकले रिटनिवेदन दर्ता गराउँदाको अवस्थासम्म यस अदालतबाट कायम हुन गएको कानुनी स्थिति अनुरुप नै यस अदालतको असाधारण अधिकार क्षेत्रको माध्यमबाट उपचार माग गर्न आएको देखिएकोले वैकल्पिक उपचारको बाटो रहेको भन्ने आधारमा रिट निवेदकलाई प्रस्तुत रिटनिवेदनबाट उपचार प्रदान गर्न इन्कार गर्न पनि न्यायसंगत नदेखिने । (प्रकरण नं. १२) (४) निवेदकलाई दिइएको कर विभागको निर्णयको सूचनासम्म कर कार्यालय विराटनगरबाट निजले मिति २०४६।३।१० मा प्राप्त गरेको र सो सूचना प्राप्त गरेपछि २०४६।८।२० मा निर्णयको नक्कल कर विभागबाट प्राप्त गरी मिति २०४६।१०।२५ मा रिटनिवेदन दर्ता गराएको देखिएबाट निवेदकलाई उपचार प्रदान गर्न इन्कार गर्नु पर्ने हदसम्म निजले अनुचित विलम्ब गरी आएको भन्न समेत न्यायसंगत नदेखिने । (प्रकरण नं. १३) (५) बेरित एवं कानुन विपरीतका सूचनाको आधारमा रिट निवेदकको आय कायम गरी कर निर्धारण गरिएको आदेशलाई समेत कानुन अनुरुप भए गरेको मान्न नसकिने । (प्रकरण नं. १४) रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री अनिलकुमार सिन्हा विपक्षीतर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट अवलम्बित नजीर: परशुराम झा वि. मं.प. सचिवालय समेत भएको रि.पु.नं. ५३ ने.का.प. २०४८, अंक ६, पृष्ठ २३३ र ने.का.प. २०४४, अंक २, पृ. १७९ आदेश न्या.रुद्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. कर कार्यालय विराटनगरले यस उद्योगको आ.ब. ०३६।०३७ को खूद आय निर्धारण गर्दा आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिम कुन तथ्य र आधारबाट खूद आय के कति कायम हुने भनी प्रष्ट सूचना दिनु पर्नेमा नदिई अप्रष्ट सूचना मिति २०४०।११।२४ मा गरी हचुवा एवं कल्पित आधारबाट खूद आय रु. २,१७,९३४।४५ कायम गरी त्यसमा कर र जरिवाना रु. ८३,२७५।– लगाई मिति २०४२।३।३० मा कर निर्धारण आदेश गर्नु भएकोमा सोमा चित्त नबुझी कर विभागमा निवेदन गरेकोमा उक्त विभागबाट समेत न्या