निर्णय नं. ४४९७ - अंश, अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४९७ - अंश, अंश दपोट भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४८/११/२५ २७४२ निर्णय नं. ४४९७ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको दे.पु.नं. ५६४ फैसला भएको मिति : २०४८।११।२५।१ मा पुनरावेदक/वादी: जि.सप्तरी जमुनी मध्य पुरा गा.पं. वडा नं. १ बस्ने नसिबलाल यादव विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने खुसीलाल यादव मुद्दा : अंश, अंश दपोट (१) सम्पत्तिको तायदाती नै पेश नभएको अवस्थामा सम्पत्ति लुकाई अंश दपोट गरेको भन्न नमिल्ने । (प्रकरण नं. १७) (२) फिराद ४ मा ३ भागको एक भाग आफ्नो अंश भागको र अर्को १ भाग प्रतिवादीले अंश दपोट गरे वापत निजको भागको समेत गरी विवादको सम्पत्तिको ३ भागको २ भाग आफ्नो नाउँमा कायम गराई पाउँ भन्ने उल्लेख गरेको देखिँदा आफ्नो भागको जग्गामा निजको दावी नभएको भन्न नमिल्ने । (प्रकरण नं. १७) (३) बाबुहरुको अंश छुटिएपछि सो बाबुको सम्पत्तिबाट मात्र छोराहरुको अंश हक लाग्ने हुँदा बाजेको नाउँको सम्पत्तिमा सोझै नातीहरुको अंश हक लाग्ने र सो अनुरुप निजहरुको नाउँमा समेत अंश बण्डा गरिनु पर्ने भन्ने कुरा अंशबण्डाको १ नं. तथा ३ नं. समेतको विपरीत हुने हुँदा प्रस्तुत मुद्दाबाट यी वादी प्रतिवादीको छोराहरुको अंश भाग छुट्याउनु पर्ने भन्ने कुरा नमिल्ने । (प्रकरण नं. १७) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंह विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल फैसला न्या.रुद्रबहादुर सिंह १. पू.क्षे.अ. को अन्तिम आदेश उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. विपक्षी उपर हिरालाल यादवले अंश मुद्दा दिएपछि ०३३।५।३ मा अंश छुट्याई मिलापत्र गरेका थियौं सो अवस्था प्रतिवादीले स्वर्गवास हुनु भएका निचित यादव नाउँ दर्ता भएको जि.स. गा.पं. सिम्रहा सिंगीमौन वा.नं. ४ को कि.नं. ३६२ को १–२–८ जि.स. गा.पं. वैल्ही वा.नं. २(क) कि.नं. २८२ को ०–६–३ समेत तायदातीमा देखाउँदै नदेखाई मिलापत्र गरे पछि एकलौटी खाने नियतले विपक्षीले कि.नं. को ३६२ को १–२–८ जग्गा ०३७।७।२८ मा नामसारी गरी पाउँ भन्ने मा.पो.का. मा दर्खास्त दिई २०३७।८।१० मा खुसीलालका नाउँमा दर्ता हुने गरी निर्णय भएको रहेछ । उक्त १–८–११ मध्ये ३ भागको १ भाग मेरो भएको र एक भाग ०–९–१० खुसीलालको भाग दपोट गरेवापत वादीलाई एकलौटी गराई ज.वि. ०–१९–१ मेरा नाउँमा दर्त गराई पाउँ भन्ने समेत वादी दावी । ३. २०३०।१०।२९ मा निचित यादव स्वर्गीय भएपछि ०३२।१२।१६ मा हामी मानो छुटिएर बसेका छौं त्यसो हुँदा मलाई जति सम्पत्ति थाहा हुन्छ त्यति वादीलाई पनि थाहा हुने हुँदा मैले अंश दपोट गरेको नहुँदा वादी दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र । ४. अंश लिई दिई बण्डा भाग छुट्याई दावी छोडी छोडाई मन्जूर भई मिलेका छौं भनी पर्न आएको निवेदन अनुसार नै भएको मिलापत्रमा अब वर्तमान अवस्थामा आएर उक्त मुद्दाका प्रतिवादी यी नसिवलालले समेत अंश दिई वादी हिरालाललाई छुट्याई सकेपछि प्रतिवादी खुसिलाल विरुद्ध दर्ता गर्न ल्याएको अंश दपोटको प्रस्तुत फिराद आफैंले पेश गरेको संयुक्त दर्खास्त प्रतिकूल भएको देखिएकोले लाग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु स.जि.अ. को ०४१।३।१४ को फैसला । ५. शुरुले मलाई हराई गरेको फैसलामा चित्त बुझेन उक्त इन्साफ उल