निर्णय नं. ६१४१ - जग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१४१ - जग्गा दर्ता भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०२/१७ २७२० निर्णय नं. ६१४१ ने.का.प. २०५३ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत २०४९ सालको दे.पू.इ.नं. ५९ आदेश मिति २०५३।२।१७।५ मुद्दाः जग्गा दर्ता । पुनरावेदक- भक्तपुर जिल्ला, बालकुमारी गा.वि.स. वडा नं. ८ बस्ने रत्नमाया प्रजापतिको मु.स. गर्ने ऐ.ऐ. बस्ने दान प्रतिवादी बहादुर प्रजापति । विरुद्ध विपक्षी- भक्तपुर जिल्ला, चपाचो गा.वि.स. वडा नं. ८ बस्ने पूर्णमान चक्रधर समेत वादी मालपोत ऐन, २०३४ ले जग्गा दर्ता गर्नेसम्म अधिकार मालपोत कार्यालयलाई प्रदान गरेको भएता पनि हक बेहकको प्रश्न उपस्थित भै सबुद प्रमाण बुझी ठहर गर्नु पर्ने अवस्था परेमा सो को निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई भएको देखिन नआउने (प्र.नं. १३) निवेदिकाले दावी लिएको जग्गा साविक वडा नं. ४ को हो होइन भन्ने कुरामा विवाद भै प्रमाण बुझी ठहर गर्नु पर्ने अवस्था देखिन आएकोले हक कायम गरी ल्याउनु भनी सुनाई दिनु पर्नेमा निवेदिकाको नाउँमा दर्ता गर्ने गरेको मालपोत कार्यालयको निर्णयमा अधिकार क्षेत्रात्मक त्रुटि देखिने । (प्र.नं. १३) निवेदक तर्फबाट – विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर विपक्षी तर्फबाट- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल अवलम्बित नजिर- × फैसला न्या. कृष्णजंग रायमाझी- यसमा सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४६।९।१० मा छिनिएको मुद्दा दोहोर्याई पाउँ भनी परेको निवेदनमा दोहोर्याउने आदेश भै यस इजलास समक्ष पेश हुन आएको प्रस्ततु मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. साविक ठिमी क्वो. का ४ नं. पोता लगतमा दर्ता भएको जग्गा रोपनी ८।। ।। जग्गा मेरा नाममा नामसारी गरी दर्ता भोग चलन हुँदै आएकोमा २०२१ साल भाद्रमा विपक्षीहरुले नाउँ सारी बदर गरी पाउँ भनी भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । उक्त अदालतबाट मिति २०२४।७।२८ मा साविक नामसारी सदर राखी भएको फैसला उपर वागमती अञ्चल अदालतमा पुनरावदेन परेकोमा शुरु अदालतको इन्साफ सदर गरी मिति २०२५।१२।२१ मा फैसला भएको थियो । फैसला बमोजिम जग्गा दर्ता गराउन कारवाही चलाएको अवस्थामा २०३० सालमा लक्ष्मी भक्त समेतले नाउँसारी हक कायम गरी पाउँ भनी पुनः भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको कारण दर्ता सम्बन्धी कारवाही मुलतवी राखिएकोमा नामसारी हक कायम मुद्दा क्षेत्रीय अदालतबाट मिति २०३७।८।२० रत्नमायाको हक हुने गरी फैसला भयो । पहिला मुलतवी राखिएको कारवाही गराउन निवेदन दिएकोमा निवेदिकाले दावी लिएको हालको कित्ता मध्ये कतिपय कित्तामा अन्य व्यक्तिको व्यहोरा देखिँदा दावीको जग्गा यकिन गर्नु पर्ने भएकोले विपक्षीहरु झिकाई पेश गर्ने गरी मालपोत कार्यालय भक्तपुरबाट भएको आदेश । ३. दावीको दधीकोट गा.प. वडा नं. ६(क) कि.नं. ५०१, १२५८, १२५१, ३३७, १२४४, १२८३ वाँडे गा.प. वडा नं. ७ को कि.नं. २३०, २५०, २२७, २४९, २४७, २२८ ऐ वार्ड नं. १ कि.नं. ३८५, ३८९, ३८७, ३७३, ४०१, ४०८, ३७५, ४००, ४३०, बालकुमारी गा.प. वडा नं. ३ कि.नं. ६ वडा नं. ७ को कि.नं. १५, १८ पोता लगत नं. २३६, १११ नं. बाट भिड्ने हामीहरुको भोगचलनको नापीमा समेत हाम्रो नाउँमा नापी भएको हाम्रो जग्गा हो । क्षेत्रीय अदालतबाट २०३७।८।२० मा अन्तिम फैस