निर्णय नं. ४४९८ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४९८ - उत्प्रेषणयुक्त परमादेश भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४९/०२/११ २३२९ निर्णय नं. ४४९८ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रि.नं. १००७ आदेश भएको मिति : २०४९।२।११।१ मा निवेदक : ल.पु.जि. चन्दनपुर गा.वि.स. वा. नं. ३ बस्ने बलबहादुर वाइवा विरुद्ध विपक्षी : केशवप्रसाद घिमिरे अध्यक्ष सं.स. श्री कालेश्वरी प्र.मा.वि. चन्दनपुर, ललितपुरसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) बिना प्रमाण विशेष सुत्रको हवाला दिई उपयुक्त कारवाही आधार बिना संचालक समिति विघटन गराई पाउँ भन्ने विषयमा विद्यालयलमा गरेको कुराको आधार लिई उक्त जिल्ला शिक्षा समितिको निर्णयानुसार निवेदक छनौट भएको आधारबाट कानुनबमोजिम प्राथमिक तहको शिक्षकमा ६ महिनाको परीक्षण कालमा रहने गरी स्थायी नियुक्ति दिनु पर्नेमा नियुक्ति नदिने गरी भएको निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री महेन्द्र मैनाली आदेश न्या.रुद्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा निम्नानुसार छ । २. म ०४२।११।२० देखि प्रस्तावित कालेश्वरी मा.वि. चन्दनपुर ललितपुरको प्राथमिक शिक्षक पदमा काम गर्दै आएकोमा ०४५।११।६ गते देखि का.मु.प्र.अ. को काम गर्ने अख्तियारी समेत सञ्चालक समितिले दिए अनुरुप काम गर्दै आएको थिएँ । ०४५ सालमा शिक्षा शाखा ललितपुरको शिक्षक छनौट उप समितिद्वारा स्थायी शिक्षक पदपुर्तिको लागि लिएको परीक्षामा प्राथमिक तहको स्थायी शिक्षकको लागि अन्तर्वार्ताबाट समेत छनौट भएकोले प्राथमिक तहको स्थायी शिक्षक पदमा नियुक्ति दिई सो को जानकारी समेत दिनु भनी निवेदक कार्यरत भएकै मा.वि. का नाउँमा शिक्षा शाखाले ०४६।२।३१ मा च.नं. ११३० को पत्रबाट सिफारिश गरी पठाएकोले उक्त पत्र लिई विपक्षी नं. १ लाई सम्पर्क गर्न जाँदा केही दिन पछि नियुक्ति दिउँला भनी मौखिक जवाफ दिएकोले काम गर्दै आएको थिएँ । बारम्बार नियुक्तिको लागि निज विपक्षीसंग सम्पर्क गर्दा जिल्ला शिक्षामा सम्पर्क गरेर मात्र दिन्छु । अहिले नियुक्ति दिन्न भनी मलाई ०४६।५।२० मा च.नं. १४ को पत्रसाथ जिल्ला शिक्षा शाखामा पठाइयो । शिक्षा शाखाले विपक्षी नं. १ को पत्र सञ्चालक समितिको बैठकको निर्णय विपरीत देखिएकोले अविलम्ब अध्यक्ष स्वयं कार्यालयमा उपस्थित भई स्पष्ट गर्नु भनी पत्र समेत लेखेको थियो । विपक्षी नं. १ र २ बीचमा के कस्तो निर्णय भएको छ सो को जानकारी लिन विपक्षी नं. १ संग प्रयास गर्दा केही दिन ढिला हुन्छ तर नियुक्ति गरिदिउँला अध्यापन कार्य जारी नै गरे हुन्छ भन्ने मौखिक जवाफ पाएकोले साविक बमोजिम नै ०४६।९।१२ सम्म उक्त विद्यालयमा हाजिर भई कामकाज गरी आएको थिएँ । २०४६।९।१३ मा हाजिर हुन जाँदा विपक्षी नं. १ ले हाजिर हुन दिनु भएन । यस विद्यालयमा दरबन्दी खाली भए पनि म तिमिलाई स्थायी नियुक्ति दिन्न तिमीलाई स्थायी नियुक्ति नदिने निर्णय संचालक समितिबाट समेत गराई सकेको छु जानेको गर भनी प्रहरी लगाई हाजिर भई काम गर्नमा समेत रोक लगाइएकोले के कस्तो निर्णय भएको छ हेर्न दिनुहोस भन्दा अध्यक्षले सो पनि नदिई अन्याय गरी रिक्त पदमा विपक्षी नं. ३ र ४ लाई नियुक्ति गर्नु भएको छ । स्थायी सिफारिश भएको व्यक्ति मलाई आफैंले काम गरिरहेको रिक्त पदमा नियुक्ति नगरी विपक्षी नं. ३ र ४ लाई