निर्णय नं. ६१४२ - कुत दिलाई मोही निश्कासन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१४२ - कुत दिलाई मोही निश्कासन भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०२/१५ २५२८ निर्णय नं. ६१४२ ने.का.प. २०५३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत २०५३ सालको दे.पु.नं. १४८६ फैसला मिति २०५३।२।१५।३ मुद्दाः कुत दिलाई मोही निश्कासन । पुनरावेदक- जिल्ला सप्तरी गा.वि.स. ठेलीमा वडा नं. १ बस्ने कान्तलाल चौधरी प्रतिवादी विरुद्ध प्रत्यर्थी- जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ४ बस्ने निर्मलादेवी बस्नेत । वादी भूमि सम्बन्धी ऐनको दफा ३६(२) को प्रतिबन्धात्मक बाक्यांशमा बुझाउनु पर्ने कुतको नब्बे प्रतिशत भन्दा कम हुने गरी धरौटी राखेकोमा कुत नबुझाएको सरह हुने भन्ने उल्लेख भएको ऐ. ऐनको दफा २९(१) मा दैवी परी बाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक मोहीले कुत बुझाएन भने जग्गावालाले उजुरी दिएमा मोहीलाई निश्कासन गर्न आदेश दिन सक्ने र २९(३) बमोजिम मोहीबाट कुत समेत भराई दिन सक्ने कानूनी व्यवस्था रहेको देखिन्छ । प्रत्यर्थीले नब्बे प्रतिशत भन्दा कम धरौट राखेको भन्ने मिसिल प्रमाणबाट देखिन आई मोहीले कानून बमोजिमको दायित्व पुरा गरेको देखिन नआएकोले भूमि सुधार कार्यालय सप्तरीबाट मोही निष्कासन नगरेको हदसम्म उल्टी गरी पुनरावेदक प्रतिवादीलाई वादी दावी जिकिर अनुरुप मोहीबाट निस्कासन समेत हुने ठहराएको राजविराज पुनरावेदन अदालतको इन्साफ मनासिव ठहर्ने ( प्र.नं. ११) पुनरावेदक तर्फबाटः-× विपक्षी तर्फबाटः-विद्वान अधिवक्ता श्री सुरेन्द्र खड्का विपक्षी तर्फबाटः × फैसला प्र.न्या. सुरेन्द्र प्रसाद सिंह- प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. मेरो नाउँ दर्ताको जिल्ला सप्तरी गा.वि.स. ठेलिया वडा नं. (क) कि.नं. २१ को १-१-१२ दोयम जग्गा विपक्षी मोहीले कमाई आएकोमा २०४८ सालको बुझाउनु पर्ने कुत धान मन १२-१६-४ म्याद भित्र नबुझाएको र धरौट समेत नराखेकोले मोहीलाई भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) बमोजिम मोहीबाट निस्कासन गरी पाउँ तथा कुत धानको प्रतिमन रु. १९२।– ले हुने मोल रु. २३८५।– विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत वादी दावी । ३. वादी दावी अनुसारको कुत वादीले बुझि नलिएकोले मैले ऐनका म्यादमा यसै सम्मानीत कार्यालयमा रसिद नं. ८०६ मिति २०४८।११।३० गतेमा कुत वापत धरौट रु. १६६२।५० बुझाई धरौटी रसिद प्राप्त गरेको छु । विपक्षी वादीलाई कुत वापत राखेको धरौटी बुझ्न लगाई मोही हक सुरक्षित रहेन गरी इन्साफ गरी पाउँ भन्ने समेत प्रतिउत्तर पत्र । ४. वादी दावीका जग्गाको दावीका सालको कुत धरौटी नराखी घटी धरौटी राखेको र मोही प्रमाण पत्रमा जग्गाको किसिम उल्लेख नभएबाट धरौटी राख्दा यकिन हुन नसकी घटी हुन गएबाट एक पटकलाई सचेष्ट गराई सुध्रिने मौका दिई मोही हकबाट निष्कासन नगर्ने र यस कार्यालयमा राखेको धरौटी रकम रु. १६६२।५० मात्र धरौट वादीले उठाई लिन पाउने र घटी रहेको रकम रु. ७२२।५० मात्र प्रतिवादीबाट वादीले भराई पाउने ठहर्छ भन्ने समेत जिल्ला भूमि सुधार कार्यालय सप्तरीको मिति २०४९।५।२।३ को फैसला । ५. मोही निष्काशन नहुने कुराको न्यायिक आधार सम्पूर्ण मिसिलमा छैन र सचेत गराई मोही कायम राख्न मिल्ने पनि होइन । पटक पटक कर्तव्यच्युत हुने र कर्तव्य पालन नगर्ने मोहीलाई न्यायिक आधारकै अभावमा कायम राख्ने गरेको फैसलामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) तथा दफा ३६ को उपदफा २ को प्रतिवन्धात्मक वाक्यांश लगायत मि.नं. ४१९ र ने.का.प.