निर्णय नं. ६१४३ - हकसफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१४३ - हकसफा भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०१/१२ २६६९ निर्णय नं. ६१४३ ने.का.प. २०५३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत २०५१ सालको दे.पु.नं. १८८७ फैसला मिति २०५३।१।१२ मुद्दाः हक सफा । पुनरावेदक- तनहुँ जिल्ला दुलेगौडा गा.वि.स. वडा नं. २ बस्ने लक्ष्मीमा खनाल वादी विरुद्ध विपक्षी- ऐ.ऐ. बस्ने मनोहर दासी खनाल ऐ.ऐ. वडा नं. १ बस्ने धनुमाया खनाल निखन्न दिनु पर्नेले दिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरा देखिन आए पैतिस दिन भित्र नालेश गर्न जानु भनी सुनाई दिनु पर्ने कानूनी व्यवस्था मुलुकी ऐन रजिष्ट्रेशनको महलको ३५(२) नं. ले गरेको पाईन्छ । यसरी निखन्न दिनु पर्ने होइन भनी प्रतिउत्तर परेपछि उक्त कानूनी व्यवस्था अनुसार नालेश गर्न जानु भनी सुनाई दिनु पर्नेमा विवादित जग्गा वादीलाई सन्धी सर्पन पर्ने ठहर गरी वादीका नाउँमा दाखेल दर्ता गरी दिने समेत ठहराएको मालपोत कार्यालय तनहुँको निर्णय पर्चा मिलेको देखिन नआउने ( प्र.नं. ९) पुनरावेदक तर्फबाटः-× विपक्षी तर्फबाटः-× अबलम्बित नजीरः × फैसला प्र.न्या. सुरेन्द्र प्रसाद सिंह- पुनरावेदन अदालत पोखराको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. मेरो पायक पर्ने जग्गा मिति २०४८।२।१५ मा रु. १८,०००।– मा मनोहर दासी दिने धनुमाया लिने गरी राजीनामा लिनु दिनु गरेछन् । तनहुँ स्थानचोक गा.वि.स. वडा नं. ३(ग) को कि.नं. १९ को ३-९-१-१ को जग्गा मेरो सन्धी सर्पन पर्ने र उक्त कित्ताकाट मेरो कि.नं. १३ र १४ को जग्गाबाट उत्तर तर्फबाट सो जग्गा पर्ने र म नजिकको हकदार हुँदा कि.नं. १९ को जग्गाबाट मलाई सन्धी पर्ने भै मेरो हक हुँदा सो कि.नं. १९ को जग्गा हक निखनाई पाउँ । विपक्षीले लेनदेन गरेको कुरा २०४८।८।१३ मा नक्कल लिँदा थाहा पाएकोले थैली रु. ८०००।– र राजीनामा दस्तुर रु- ५६०।– समेत गरी धरौटी राख्न आएकी छु सो रकम धनुमायालाई बुझाई हक निखनाई पाउँ भन्ने समेत लक्ष्मी खनालले मालपोत कार्यालय तनहुँमा दिएको दरखास्त । ३. मैले मेरो जग्गा बिक्रि गर्दा विपक्षीलाई पनि सोधखोज गरेको हुँ । विपक्षीले म किन्न सक्दिन जसलाई बिक्रि गरे पनि हुन्छ भनेकी हुन् । धरौटी राख्दा धनुमायालाई मात्र विपक्षी बनाउनु पर्नेमा मलाई समेत विपक्षी बनाएको यो उजुरी झुठ्ठा हो । विपक्षीको कि.नं. १३।१४ को जग्गा र बिक्रि भएको कि.नं. १९ को जग्गा साँध जोडिदैन बीचमा कुलाले काटी साँध छुट्टाएको छ । २०४८।२।१५ मा राजीनामा पारित गरी लिनु दिनु गरेकोमा रु. ८०००।– मात्र धरौटी र त्यसको पास खर्च रु. ५६०।– समेत जम्मा रु. ८५६०।– मात्र धरौटी राखेकोले राजीनामा रु. १८०००।– को पारित हुँदा उक्त राखेको धरौट कम हुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिवादी मनोहर दासी खनाल र धनुमाया खनालले मालपोत कार्यालय तनहुँमा चढाएको प्रतिउत्तर पत्र । ४. यसमा म्याद भित्र रु. ८०००।– राजश्व (रजिष्ट्रेशन दस्तुर) समेत धरौट रहेको र नक्सा ट्रेस हेर्दा कि.नं. १३,१४ र १९ सँग सँगै मिल्न आएको देखिने भएबाट पक्षबाट धरौट रहेको रकम विपक्षी धनुमाया खनालले पारित गरी लिएको कि.नं. १९ सन्धी सर्पन पर्ने देखिन्छ । सो देखिनाले रजिष्ट्रेशनको ३५ नं. को दफा २ अनुसार कि.नं. १९ को जग्गा पक्षका नाउँमा म्याद नाघेपछि दाखिल दर्ता गरी दिने भन्ने समेत २०४९।९।१।४ को मालपोत कार्यालय तनहुँको निर्णय