निर्णय नं. ६१४४ - कर्तव्यज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१४४ - कर्तव्यज्यान । भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०२/२८ २६१० निर्णय नं. ६१४४ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत २०५२ सालको फौ.पु.नं. ११२६ सा.नं. २३६ फैसला मिति २०५३।२।२८ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक- जिल्ला ओखलढुंगा पोखरे गा.वि.स. वडा नं. ३ घर भै हाल जि.प्र.का. कारागार शाखा ओखलढुंगामा प्रतिवादी थुनामा रहेको कुल प्रसाद घिमिरे विरुद्ध विपक्षी- वादी भवनाथ घिमिरेको जाहेरीले श्री ५ को सरकार वादी भवनाथ घिमिरेको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी कुलप्रसाद घिमिरे पुनरावेदक प्रतिवादी कुल प्रसाद घिमिरेले मृतक मंगलादेवीलाई घाँटी अठ्याई मारी बाच्छिनकी भनी चक्कु समेत रेटी मारेको अधिकार प्राप्त अधिकारी र अदालतमा समेत सावित देखिन्छ । उक्त साविती स्वेच्छाले होइन भन्नु पर्ने कुनै कारण पनि देखिँदैन । ज्यान मार्न आत्मबल बढाउन एक बोतल रक्सी खाई शिशी फालेको हुँ भनी बयान गरेको र प्रयोगमा ल्याईएको चक्कु समेत निजले भनेको ठाउँबाट बरामद भएको र पोष्ट मार्टम रिपोर्टबाट समेत घाँटीको ठूलो Uessls समेत Cut throat बाट मरेको भनी लेखी दिएको देखिन्छ । मृतकसँग पुनरावेदक प्रतिवादी कुल प्रसादको कुनै व्यक्तिगत रिसइवी नभएपनि मित नारद गिरीलाई सहयोग गर्न मृतक मंगलादेवीको भौतिक अस्तित्व नै मेटाई दिने मनसाय देखिन्छ । अदालतमा भएको साविती, बरामद भएको चक्कु र पोष्टमार्टम रिपोर्टबाट समेत समर्थित भएकोले निज कुल प्रसाद शंका रहित तवरले कसूरदार देखिन आएकोले निजको पुनरावेदन जिकिर पुग्न नसक्ने । ( प्र.नं. २९) पुनरावेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री भोजेन्द्र बहादुर खाती विपक्षी तर्फबाटः-× अबलम्बित नजीरः × फैसला न्या. त्रिलोक प्रताप राणा- पुनरावेदन अदालत राजविराज सप्तरीको इन्साफमा चित्त नबुझी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः- २. नेचा बतासे गा.वि.स. वडा नं. ३ मा पर्ने झाझरे भन्ने जंगलभित्र अनचिनार १ जना महिलाको लास फेला परेको भनी लास धनराईले यस चौकीमा २०४७।६।३० गते मौखिक खबर गरेकोले आवश्यक कारवाही हुन अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी चौकी नेचाको पत्र । ३. जिल्ला सोलु नेचा बतासे गा.वि.स. बस्ने धर्मानन्दको छोरा जुठे खनाललाई २०२५ सालमा विवाह गरी दिएको निजबाट १ छोरा जन्मिएको छ । जुठे खनालले ०३१ सालमा अर्को विवाह गरी छोडी दिएकोले मेरी छोरी मेरै घर ओखलढुंगा जिल्ला पोखरे गा.वि.स. वडा नं. ५ मा बसेकी थिई । २०४७।६।२७ गते नेचामा भएको बहिनीसँग भेट गर्न जान्छु भनी बहिनीको घर तर्फ आएकी निजलाई कुन मितिमा कसले मारे सो कुरा थाहा भएन, २०४७।६।३१ गते लुगा कपडा किन्न खानी भञ्ज्याङ्ग बुधबारे हटियामा आइरहेको अवस्थामा बाटोमा मैले नचिनेका मानिसहरु आई रहेको अवस्थामा बाटोमा मैले नचिनेका मानिसहरु आईरहेको रहेछन् । निजहरुले भनेको हुलिया अनुसार मेरी छोरी होकी भनी घटनास्थलमा गै हेर्दा सो बमोजिम मेरी छोरी बर्ष ३६ की मंगलादेवी खनाल मरी रहेको देखि चिनी जाहेरी गर्न आएको छु । मृतक छोरीलाई कर्तव्य गरी मारे मराएमा शंका लाग्छ भन्ने समेत व्यहोराको भवनाथ घिमिरेको जाहेरी दरखास्त । ४. उत्तर खुट्टा दक्षिण टाउको भै कम्मर देखि मुनी खुट्टा तर्फ पुरै नाङ्गो कम्मर देखि माथि टाउकै सम्म रातो सेतो बुट्टे पछ्यौराले मुख समेत छोपिएको, सो कपडा झिकी हेर्दा आँखा दुवै बन्द रहेको । नाकको दुवै प्वालबा