निर्णय नं. ६१४५ - लुटपिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१४५ - लुटपिट भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५२/०५/०७ २७१० निर्णय नं. ६१४५ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत २०५० सालको फौ.पु.नं. ८२३ आदेश मिति २०५२।५।७।४ मुद्दाः लुटपिट । पुनरावेदक- वादी दैलेख बेलासपुर गा.वि.स. वडा नं. ६ बस्ने धनराज आचार्य ऐ.ऐ. बस्ने प्रेम प्रसाद आचार्य ऐ.ऐ. बस्ने मुकुन्द प्रसाद आचार्य ऐ.ऐ. बस्ने याम प्रसाद आचार्य ऐ.ऐ. बस्ने टेकराज आचार्य ऐ.ऐ. बस्ने जयकृष्ण आचार्य ऐ.ऐ. बस्ने भिमप्रसाद आचार्य ऐ.ऐ. बस्ने शान्ति प्रसाद आचार्य ऐ.ऐ. बस्ने टिकाराम आचार्य समेत जवान ९ को वा. भई आफ्नो हकमा समेत पुनरावेदन गरी पुर्पक्षमा रहने ऐ.ऐ. बस्ने जगत प्रसाद आचार्य विरुद्ध विपक्षी- प्रतिवादी कालिकोट ओदान कु. गा.वि.स. वडा नं. १ बस्ने रामप्रसाद उपाध्याय ऐ.ऐ. बस्ने नवराज काफ्ले ऐ.ऐ. बस्ने नरप्रताप काफ्ले आफ्नो सम्पत्ति सहजै कसैले लुट्ने मानिसहरुलाई लुट्न दिँदैन । वादी लेखबाट सहजै लुटपिट भएको देखिन्छ । वादी दावी प्रमाणित गर्ने भार वादीको हो । तर वादीहरुको साक्षीहरुको बकपत्रमा समेत एकरुपको बकाई देखिन्न । गाली बेइजतीको वारदात ठहर भएको कारणबाट लुटपिट भएको ठहर हुने स्थिति नहुने । ( प्र.नं. १६) पुनरावेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फबाटः-× अबलम्बित नजीरः × फैसला न्या. त्रिलोक प्रताप राणा- पुनरावेदन अदालत वीरेन्द्रनगर सुर्खेतको फैसला उपर चित्त नबुझी पर्न आएको पुनरावेदनको मुद्दाको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छः- २. कालिकोट माहावे डाडामा प्रत्येक वर्षको पर्वमा शिवजीको पुजाको लागि विधिवत पुर्खौली र सनद बमोजिम आज्ञा पुजाको लागि सामान लिई हामीहरु २०४६ साल श्रावण ३२ गते विहान शिवजीको साथमा माहावे डाँडामा गै दुधको धारा दिई पुजा पाठ गरी पुजाको सरसामान र आफ्नो पासमा भएको नगदी जिन्सी लिई २०४९।४।३२ गतेको बेलुकी ४:३० बजेको टाईममा दैलेख जिल्ला अन्तर्गत पर्ने बालुवाटार गा.पं. वडा नं. ८ पानी ढल माथिल्लो लिस्नोको ओरालोमा आई पुगेको अवस्थामा अन्यायी ५ जनाले कालिकोट जिल्लाको ८०/९० जना हामी भएको ठाउँमा आई महादेव श्री शिवजीको आज्ञा पुजा गर्ने विषयमा हामीसँग झगडा उठाई अन्यायीहरुले हामीलाई बेइज्जती गर्दै लछार पछार गरी नगदी र जिन्सी समेतको विगो रु. ६१,३२५।– को धनमाल लुटपिट गरी लगेकोले गाली बेइज्जी तर्फ छुट्टै उजुर गरेको हुँदा लुटपिटको विगो विपक्षी ५ जनाबाट बराबरका दरले हामीलाई भराई दिलाई लुटपिटको ६ न . बमोजिम सजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको टिकाराम उपाध्याय समेत जना १० को संयुक्त फिराद पत्र । ३. विपक्षी जगतप्रसाद उपाध्याय समेतले हाम्रो परापुर्वको पाला देखि आज सम्म मैले नै चलाई रहेको श्री महादेव शिवजीको पुजा आजा होम गर्ने कार्य खोसी लिन खानको लागि काल्पनिक कुरा रचि ६१,३२५।– को धनमाल लुटपिट गरी लिए भनी झुठ्ठा फिराद दिएको हुन् । विपक्षी जगत प्रसाद उपाध्याय समेतको पुजाआजा गर्ने कार्य मैले खोसेको वा पुजा गर्न नदिएको भए विपक्षीहरुले आफ्नो हक बेहकमा देवानी तर्फ मुद्दा दायर गर्नु पर्ने । त्यसतर्फ दावी नलिई हुँदै नभएको गर्दै नगरेको असम्भव विगो खोली झुठ्ठा मुद्दा दिएको हुँदा मुलुकी ऐन अ.बं. ७२ नं. ले सो मुद्दा खारेज गरी दण्ड सजायको १८ नं. बमोजिम विपक्षीहरुलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको रामप्रसाद उपाध्यायले दिएको प्रतिउ