निर्णय नं. ६१४६ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१४६ - उत्प्रेषणयुक्त परमादेश भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०२/२६ २७१५ निर्णय नं. ६१४६ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५१ सालको रिट नं. २७८० आदेश मिति २०५३।१।१९।४ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदक- मुगु जिल्ला मुगु गा.वि.स. वडा नं. ९ घर भै हाल ऐ. जिल्ला श्रीनगर गा.वि.स. वडा नं. ५ गमगढी बस्ने आङ्ग्याल लामा विरुद्ध विपक्षी- ऐ. श्रीनगर गा.वि.स. वडा नं. ५ बस्ने पृथ्वी बहादुर हमाल जिल्ला वन कार्यालय मुगु गमगढी पुनरावेदन अदालत विरेन्द्रनगर सुर्खेत मुलुकी ऐन अदालती बन्दोबस्तको महलको नं. २९ अन्तरगत फिराद पत्र दर्ता गर्न लागेकोमा सो मुलुकी ऐन अदालती बन्दोबस्तको महलको नं. २९ को देहाय ८ मा कार्यालय उपर नालेश गर्न सक्ने प्रावधान भएको नदेखिँदा मिति २०५१।१।९ को पुनरावेदन अदालत सुर्खेतको दरपीठ आदेश कानून बमोजिम नै भए गरेको हुँदा निवेदकको मौलिक हकमा आघात पुग्न गएको नदेखिँदा रिट निवेदन खारेज हुने । (प्र.नं. १२) निवेदक तर्फबाट- विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फबाट- वरिष्ठ सरकारी अधिवक्ता श्री देवशरण प्रसाद विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने । अवलम्बित नजीर-× आदेश न्या. ओमभक्त श्रेष्ठ- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिटको तथ्य र ठहर यस प्रकार छः- २. मैले मुगु जिल्ला श्रीनगर गा.वि.स. वडा नं. ५ चैन मल्लपट्टी गाउँ बस्ने रत्नबहादुर मल्लबाट १९४६ सालमा निजको बाजे तुला मल्लको नाउँमा दर्ता भएको घर धुरौ सेर्मा रु. ।४५ लाग्ने गाई गोठ देखि पश्चिम दिप बहादुर मल्लको गडा देखि उत्तर, डाँडा देखि दक्षिण घण्टेका गडा देखि पूर्व यति ४ किल्ला भित्रको आटीको स्वाँडा विजमाना ।२ मध्ये पश्चिम तर्फ विजमान ।१ रु. ९९।– मिति २०३३।१।१५ मा र सोही जग्गाको पूर्व तर्फको विजमाना १।रु. ९९।– मा मिति २०३४।१।१५ मा दुई छुट्टा छुट्टै हदमुनीको घरसारी राजीनामा गराई लिई हक भोग गरी आएकोमा हाल मुगु जिल्लामा नापी आएका हुँदा सो जग्गा मेरा नाउँमा नापी गराउनको लागि आफ्नो नाउँमा नामसारी दाखेल खारेज गरी पाउँ भनी उल्लेखित सक्कल राजीनामा थान २ र तिरो तिरेको रसिद थान १ समेत साथै राखी माल कार्यालय मुगुमा मिति २०५०।१।१० मा निवेदन गरेको थिएँ । मैले राजीनामा गरी लिएको जग्गा आफ्नो र विपक्षी वन कार्यालयको भएकोले नामसारी रोक्का गरी पाउँ भनी विपक्षी पृथ्वी बहादुरको निवेदन अनुसार वन कार्यालयले २०३६।१२।२६ मा राजीनामा पारित भैसकेको जग्गालाई कसैले नामसारी गर्न खोजेमा रोक्का गरी पाउँ भन्ने व्यहोराको पत्र माल कार्यालय मुगुमा पठाईएकोमा माल कार्यालय मुगुले आटीको स्वाँडो भन्ने जग्गामा ३ थरीको दावी भएकोले हक बेहकमा उजुर गर्न जान सुनाई दिने पर्चा गरेपछि अ.बं. ८२ नं. तथा जग्गा पजनीको २ तथा १७ नं. र जग्गा मिच्नेको १८ नं. र अ.बं. २९ नं. को आधारमा पृथ्वी बहादुर हमाल जिल्ला वन कार्यालय उपर खिचोला मेटाई नाउँसारी समेत गरी पाउँ भन्ने विषयको मुगु जिल्ला अदालतमा फिराद दायर गर्न गएकोमा सो अदालतमा अड्डा सम्बन्धी काम कुरा सम्बन्धमा यस अदालतमा मुद्दा नलाग्ने भनी गरेको दरपीठ आदेश पुनरावेदन अदालत विरेन्द्रनगर सुर्खेतले समेत दरपीठको आदेश मुनासिव देखिँदा कानून बमोजिम गर्नु भन्ने आदेश गरी अ.बं. २९ नं. को गलत व्याख्या गरी दरपीठ आदेश र सो लाई सदर गरिएको पुनरावेदन अदालत सुर्खेतको आदेश समेत न्याय प्