निर्णय नं. ४४९९ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४९९ - अंश भाग: ३४ साल: २०४९ महिना: असार अंक: ३ फैसला मिति :२०४९/०२/२१ ४९४४ निर्णय नं. ४४९९ ने.का.प. २०४९ (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको दे.पु.नं. ६०३ फैसला भएको मिति : २०४९।२।२१।४ मा निवेदक/प्रतिवादी: गुल्मी जिल्ला दोहोली गा.वि.स. वा.नं. ७ बस्ने वर्ष ४९ को टीकाबहादुर क्षेत्रीसमेत विरुद्ध विपक्षी/वादी: ऐ.ऐ.वडा नं. ६ बस्ने खिमबहादुर बस्नेत मुद्दा : अंश (१) संशोधित ऐनमा यस ऐन प्रारम्भ हुँदा सम्ममा भन्ने उल्लेख भएबाट संशोधित ऐन लागू भएको मितिमा खडा भएको बण्डा पत्रको लिखत पारीत नभए पनि कानुनी मान्यता प्राप्त छ भन्ने पुनरावेदक तर्फका विद्वान अधिवक्ताको जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १४) (२) विपक्षी वादीले आफ्नो हिस्सा भाग शान्ति बमोजिम अंश लिई पाई नामसारी दाखिल खारेज समेत गराई भोगचलन बिक्री व्यवहार गरेको भन्ने समेतका व्यवहार प्रमाणबाट वादीले अंश पाई सकेको देखिन नआएको र त्यसरी यो यति सम्पत्ति वादीले अंश पाई सकेको भनी प्रतिवादीले भन्न देखाउन समेत सकेको देखिँदैन, यस्तो अवस्थामा कानुन विपरीतको घरसारको बण्डापत्रको लिखतलाई मान्यता दिई वादी दावी नपुग्ने ठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ बदर गरी वादीले ४ भागको १ भाग अंश पाउने ठहरी भएको क्षेत्रीय अदालतको फैसला मनासिब देखिएकोले सदर हुने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी विपक्षीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवराम अधिकारी फैसला न्या.मोहनप्रसाद शर्मा १. प.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मुल पुरुष बाबु गजवीरका २ परिवार मध्ये जेठी तर्फका छोरा सेते र कान्छी हाम्री आमा तर्फका दाजु जेठा जंगबहादुर माहिला गंगाबहादुर साहिंला हिराबहादुर अघि नै छुट्टी बेगल भई बसेका र २०२२ सालको माघमा बाबुले मलाइ मानो छुट्याई तोकुवा खर्क भन्ने जग्गामा बसेको र २०३५ सालमा बाबु परलोक हुनु भएकोले मैले २०३८।५।२८ गते सबै विपक्ष जुटाई विदेश हुने काइला बाबुको हकको जग्गा र बाबु जिम्माको चल अचल श्री सम्पत्ति बण्डा गरौं भन्दा मलाई गाली गरेकाले गाली बेइजज्ती तर्फ छुट्टै उजूर गरी पुनः २०३८।१२।३० गते अंश माग्दा दिदैनौं भनेकाले ४ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. फिराद दावी बमोजिम वादीलाई हामीले दिन बाँकी छैन २०३४।९।२७ गते नै बण्डापत्र भई आ–आफ्नो अंश भाग भोगचलन गरी आएको हुँदा वादीलाई हामीले अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिवादी । ४. वादी प्रतिवादीको साक्षीको बकपत्र मिसिल सामेल रहेछ । ५. मुलुकी ऐन अंशबण्डाको ३० नं. को विपरीत हुने र संशोधन ऐन प्रारम्भ हुँदा सम्ममा भए गरेको बण्डापत्रलाई कानुनी मान्यता दिनै पर्ने देखिँदा उक्त ऐनको ३० नं. बमोजिम अंश बण्डा गरी आफ्नो आफ्नो अंश भागको चल अचल भोग गरी आएको देखिँदा अंश पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने गुल्मी जिल्ला अदालतको फैसला । ६. उक्त फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरिपाउँ भनी वादी खिमबहादुरको प.क्षे.अ. मा परेको पुनरावेदन । ७. यसमा वादी प्रतिवादी बीच २०३४।९।२७ को घरायसी बण्डापत्र सम्म भएको देखिएको, तर सो बण्डापत्र बमोजिम आ–आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराई बिक्री व्यवहार गरेको मिसिलबाट देखिन नआएको स्थितिमा श