निर्णय नं. ६१४८ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१४८ - जालसाजी भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०१/१२ ३५७९ निर्णय नं. ६१४८ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिशचन्द्र प्रसाद उपाध्याय सम्वत २०५० सालको फौ.पु.नं. ७६६ फैसला मिति २०५३।१।१२।४ मुद्दाः जालसाजी । पुनरावेदक- प्रतिवादी काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नं. ४ लोहसाल बस्ने शोभा गुरुङ ऐ.ऐ. बस्ने गोवर्धन गुरुङ विरुद्ध प्रत्यर्थी- वादी ऐ. वडा नं. १० कोटेश्वर बस्ने प्रकाश गुरुङ मिसिल संलग्न तारेख भरपाईबाट २०५०।१।२२।३ मा पुनरावेदन दर्ता गर्दा २०५०।३।२७ गते हाजिर हुन आउनु भनी पुनरावेदकलाई तारेख तोकिएको देखिन्छ । निजले पाएको तारेख पर्चामा मिति २०५०।३।२७ मा हाजिर भै सो मितिबाट २०५०।९।५ गतेको तारेख तोकि पाएको देखिन आउँछ । २०५०।३।२७ का दिन यिनै पुनरावेदक वा. समेत गोवर्धन गुरुङले अंश लिखत दर्ता बदर मुद्दाको पुनरावेदन दर्ता गरी २०५०।५।२७ गतेको तारेख तोकि पाएको सो २०५०।५।२७ को तारेखमा हाजिर हुन जाँदा उक्त मुद्दामा २०५०।९।५ गते हाजिर हुन आउनु होला भनी तारेख तोकि पाएको समेत मिसिल संलग्न तारेख पर्चाबाट देखिन्छ । यसरी पुनरावेदकले प्रस्तुत मुद्दामा तारेख गुजारी बसेको भनेको दिनमा समेत अंश र लिखत दर्ता बदर मुद्दाको तारेखमा हाजिर भै २०५०।५।२७ का दिनको अर्को तारेख तोकि पाएको रहेछ । यसरी यी पुनरावेदकलाई तोकिएको तारेखमा हाजिर हुन जाँदा पुनः २०५०।९।५ को तारेख तोकि पाएको देखिए पछि उक्त गुजारी बसेको भनेको २०५०।३।२७ का दिन समेत यी पुनरावेदक अदालतमा हाजिर भएको देखिने र निजले अदालतमा प्राप्त गरेको प्रस्तुत मुद्दाको तारेख भरपाईमा २०५०।३।२७ बाट २०५०।९।५ गते मात्र तारेख तोकि पाएको देखिन आएको अवस्थामा निजले प्रस्तुत मुद्दामा २०५०।३।२७ गतेको तारेख गुजारेको भन्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. १३) अदालतबाट आफुले पाएको पर्चामा तोकि पाएको तारेखका दिन उपस्थित हुन गएको अवस्था समेत देखिँदा प्रस्तुत मुद्दामा पुनरावेदकले २०५०।३।२७ को तारेख गुजारी बसेको भनी गरेको पुनरावेदन अदालत पाटनको मिति २०५०।८।९ को डिसमिस फैसला मिलेको नदेखिने । पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री कुमार कार्की प्रत्यर्थी वादी तर्फबाटः × अवलम्बित नजीरः× फैसला न्या. केशव प्रसाद उपाध्याय- पुनरावेदन अदालत पाटनबाट २०५०।८।९ मा प्रस्तुत मुद्दा डिसमिस फैसला हुने ठहर्‍याई भएको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः- २. चन्द्र विरका तीन भाई छोरा कृष्ण बहादुर गुरुङ, गोवर्धन गुरुङ र रामशरण गुरुङ । अविवाहित भाई रामशरण गुरुङ १९९५ मा मृत्यु भएको, आमा सरस्वती गुरुङ २०२७ सालमा स्वर्गीय हुनु भएको र कृष्णबहादुर २०४४।१।१० मा स्वर्गीय हुनु भएको र च्यान्टी गुरुङ २००५ सालमा मृत्यु भएको तीन भाई मध्ये अंशियार खडा जिवित म फिरादी शोभा गुरुङ र मेरो श्रीमान गोबर्धन मात्र हो । विपक्षीहरु जवान तीन मिली विपक्षी प्रकाश गुरुङलाई कृष्णबहादुर गुरुङ र च्याण्टी गुरुङको नक्कली छोरा बनाई मेरो सम्पत्ति हडप्ने प्रयास गरी कीर्ते नागरिकता बनाई का.जि.अ. मा अंश मुद्दा दिनु भएको छ । यसरी विपक्षीहरु मिली अर्कको हक मेट्ने कार्य भएकोले निजहरुले बनाएको नागरिकता जालसाजी भएकोले निजले लिएको नागरिकता बदर गरी पाऊँ । निजको आमा च्याण्टी गुरुङ २००५ सालमा नै मृत्यु भएको तर प्रकाश गुरुङले कसरी २०४४।१।१० गते मृत्यु भएको भनी मृत्यु दर्ता प्रमाणपत्र