निर्णय नं. ६१४९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१४९ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०१/१६ ३२११ निर्णय नं. ६१४९ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५१ सालको रिट नं. २६०९ आदेश मिति २०५३।१।१९।४ मुद्दाः उत्प्रेषण । निवेदक- काठमाडौं जिल्ला का.न.पा. वडा नं. ३२ डिल्लीबजार घट्टेकुलो घर भै हाल सुर्ति विकास कम्पनीको अप्राविधीक तह १० नायब महाप्रवन्धक पदबाट अवकास प्राप्त वर्ष ५४ को शम्भु प्रसाद नेपाल विरुद्ध विपक्षी- श्री मन्त्रिपरिषद् सचिवालय, सिंहदरवार काठमाडौ श्री उद्योग मन्त्रालय, सिंहदरवार काठमाडौं श्री कृषि मनत्रालय, सिंहदरवार काठमाडौं श्री संचालक समिति, सुर्ति विकास कम्पनी महेन्द्रनगर धनुषा । श्री महाप्रवन्धक , ऐ.ऐ. श्री साधारण सभा ऐ.ऐ. श्री लिक्वीडेटर सुर्ति विकास कम्पनी (इन लिक्वीडेसन) लिक्वीडेटरको जनकपुरधाम,धनुषा। श्री जनकपुर चुरोट कारखाना लि. जनकपुर धाम धनुषा । श्री अर्थ मन्त्रालय, वागदरवार काठमाडौं सुर्ति विकास कम्पनीलाई खारेज गर्ने विषयमा मिति २०५१।१।१४ मा विशेष साधारण सभाबाट निर्णय भएको कुरामा विवाद उठाएको देखिन आएन । कम्पनी खारेज गर्ने कार्य कानून बमोजिम सम्पन्न गर्न २०५१।२।१७ मा सरकारी लिक्वीडेटर नियुक्त भएको देखियो । स्वेच्छाले कम्पनी खारेज गरेको अवस्थामा सरकारी लिक्वीडेटर नियुक्त गर्न नमिल्ने भन्ने निवेदकको जिकिरतर्फ विचार गर्दा २०५१।१।१४ को कम्पनी खारेज गर्ने निर्णय हुँदा नै पुर्ण सरकारी स्वामित्व भएको कम्पनी भएकोले सरकारी लिक्वीडेटर नियुक्त गर्न श्री ५ को सरकारलाई अनुरोध गर्ने भन्ने निर्णय भई सोही अनुसार लिक्वीडेटर नियुक्त भएको देखिन आएकोले निवेदकको भनाई स्वीकार योग्य नदेखिने । (प्र.नं. १५) निवेदक कार्यरत भएको कम्पनी नै खारेज भएकोले कम्पनीको केशमा रही रहने अवस्था नपरी अवकास दिएको र कम्पनीमा सेवा गरेको अवधिको कानून अनुसार पाउने रकम दिन तत्पर रहेको र केही कर्मचारीहरुले रकम समेत बुझी सकेको अवस्थामा रिट जारी गर्न नमिल्ने । (प्र.नं. १८) निवेदक तर्फबाट- विद्वान अधिवक्ता श्री हरि उप्रेती विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापती । अवलम्बित नजीर-× आदेश न्या. लक्ष्मण प्रसाद अर्याल- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिटको तथ्य र ठहर यस प्रकार छः- २. म निवेदक मिति २०३२।२।१९ मा कम्पनीको चिफ एकाउण्टेट पद (तह-८) मा कम्पनीको सेवामा प्रवेश गरी विभिन्न पदमा बढुवा र कार्यरत रहँदै गई मिति २०४६।२।३२ देखि कम्पनीको नायब महाप्रवन्धक पदमा रही आफ्नो जिम्मेवारीलाई कर्तव्यनिष्ठ कर्मचारीको हैसियतले पुरा गर्दै आएको थिएँ । मिति २०५१।४।३२ मा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कम्पनी खारेजीको सिलसिलामा आफु जिम्मा रहेका सम्पूर्ण नगदी जिन्सी बुझाउन ७ दिन भित्र आउनु भन्ने सूचना सरकारी लिक्वीडेटर शतीशचन्द्र लालका नाउँबाट प्रकाशित भएकोमा बुझारथ गर्न मानिसको अभावले गर्दा हाल सम्म पनि बुझारथ नगरी बस्नु परेको थियो । म कम्पनीको सेवामा नियमित रुपमा कार्यरत रहँदाकै अवस्थामा कम्पनीको सरकारी लिक्वीडेटरको नामबाट कम्पनी खारेजीको सिलसिलामा आवश्यक नपर्ने कर्मचारी तथा मजदुरहरुलाई अवकास दिने क्रममा तपाईलाई २०५१ साल आश्विन मसान्त उप्रान्त अवकाश दिएको छ, तपाई जिम्मा रहेको सम्पूर्ण नगदी जिन्सी कागज पत्र पाएको ३ दिन भित्र बुझाउनु होला भन्न